complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

पाँचथरमा घटेन कोरोना सङ्‍क्रमण, सङ्‍क्रमण दर अझै ४० प्रतिशत नजिक

64x64
रासस आइतबार, साउन ३, २०७८  ११:१५
1140x725

पाँचथर- कोरोना भाइरस सङ्‍क्रमणको जालो तोड्न भन्दै जारी गरिएको निषेधाज्ञा पाँचथरमा विगत ६८ दिनदेखि निरन्तर छ। हालसम्म नौपटक थप गरी निषेधाज्ञालाई निरन्तरता दिइए पनि कोरोना सङ्‍क्रमण भने घट्न सकेको छैन। यति लामो समयको निषेधाज्ञामा पनि सङ्‍क्रमण दर ३० प्रतिशतभन्दा कम हुनसकेको छैन भने सङ्‍क्रमण फैलावट नयाँ-नयाँ क्षेत्रमा पुगिरहेको छ।

लामो समयदेखिको निषेधाज्ञा र सरकारी प्रयासले समेत सङ्‍क्रमण घट्न नसकेकोप्रति यहाँका सरोकारवालाले चिन्ता व्यक्त गरेका छन्। ६८ दिनदेखि निषेधाज्ञा जारी गरिएको भए पनि यसबीचमा एक साता मात्रै कडाइका साथ निषेधाज्ञा लागू भयो। बाँकी अवधिमा भने मानवीय गतिविधि, सवारी साधन सञ्चालनमा कडाइ हुन सकेन। फलतः पाँचथरमा कोरोना सङ्‍क्रमण दर कम हुनसकेको छैन।

जिल्ला प्रशासन कार्यालय पाँचथरको तथ्यांकअनुसार शुक्रबार ८७ जनाको एन्टिजेन परीक्षण गर्दा २२ जनामा सङ्‍क्रमण देखियो। बिहीबार २६ जनाको एन्टिजेन परीक्षणमा १४ जनामा रिपोर्ट 'पोजिटिभ' आएको थियो। यस्तै बुधबार ४९ जनाको एन्टिजेन परीक्षणमा २६, मङ्‍गलबार ७५ जनाको एन्टिजेन परीक्षण गर्दा ३१, सोमबार ४५ जनाको एन्टिजेन परीक्षण गर्दा २१, आइतबार ४१ जनाको एन्टिजेन परीक्षण गर्दा १४ जनाको रिपोर्ट पोजिटिभ आएको थियो। यसरी समग्रमा यस हप्ता ३२३ जनाको एन्टिजेन परीक्षण गर्दा १२८ जनामा कोरोना भाइरस सङ्‍क्रमण पुष्टि भएको थियो। यो तथ्याङ्‍कलाई आधार मान्दा अहिले पाँचथर जिल्लामा कोरोना भाइरस सङ्‍क्रमणको दर ३९.६२ प्रतिशत देखिन्छ। समग्र मुलुकभरिमा सङ्‍क्रमण दर ३० प्रतिशतभन्दा कममा खुम्चिएको अवस्थामा पाँचथरमा सङ्‍क्रमण दर ४० प्रतिशतको हाराहारीबाट घट्न नसकेको हो।

Ncell 2
Ncell 2
nimb
nimb

स्वास्थ्य कार्यालय पाँचथरका अनुसार पाँचथरमा गत वैशाख १८ गतेदेखि गत शुक्रबारसम्म छ हजार ८९७ वटा एन्टिजेन र एक हजार ११० वटा पिसिआर गरी कूल आठ हजार सातवटा परीक्षण गरिएको छ। सोमध्ये कूल दुई हजार ५१४ जनाको रिपोर्ट पोजिटिभ आएको छ। यो तथ्याङ्‍कअनुसार जिल्लामा हालसम्म परीक्षण भएकामध्ये ३६.४५ प्रतिशतमा कोरोना भाइरस सङ्‍क्रमण देखिएको छ। यस्तै कोरोना सङ्‍क्रमणका कारण हालसम्म जिल्लामा ४३ जनाको मृत्यु भएको छ।

जिल्लामा सङ्‍क्रमणको अवस्था चुनौतीपूर्ण रहे पनि समुदायस्तरबाट सजगताको अवस्था निकै कमजोर छ। यहाँ पछिल्लो दुई सातादेखि निषेधाज्ञा नाम मात्रैको छ। मानवीय चहलपहल, सवारी आवागमन, भीडभाड हुने क्षेत्र प्रायः खुला छ। निषेधाज्ञामा बिहान ५ बजेदेखि मध्याह्न १ बजेसम्म भीडभाड हुने स्थानबाहेक अन्य सेवा सञ्चालन गर्ने भनिए पनि त्यसको पालना हुनसकेको छैन। स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो पारे पनि सङ्‍क्रमणदर नघटेकातर्फ सर्वसाधारणको ध्यान पुग्न नसक्दा सङ्‍क्रमण झनै फैलने खतरा देखिएको हो।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

निषेधाज्ञा खुकुलो हुनेबित्तिकै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न छाड्ने तथा सङ्‍क्रमण हटेको बुझ्ने प्रवृत्तिले समस्या बढाउँदै लगेको हो। लापरवाहीको परिणाम व्यवहारमा देखिन थालिसकेको छ। तमोर तटीय क्षेत्रमा पर्ने जिल्लाको कुम्मायक गाउँपालिका-५ स्याबरुम्बाको तीनघरे र निगाले टोलमा बिहीबार र शुक्रबार मात्रै ४१ जनामा कोरोना सङ्‍क्रमण पुष्टि भएको छ। अन्यत्रजस्तै यहाँ पनि टोलका अधिकांश घरमा सङ्‍क्रमित फेला पर्न थालेका हुन्। जिल्लाको हिलिहाङ गाउँपालिका-३ गोपेटारमा गएका चार दिनमा ३० जनामा तथा हिलिहाङ-६ भारपामा शनिबार मात्रै छ जनामा सङ्‍क्रमण पुष्टि भएको छ।

'सङ्‍क्रमणको अवस्थालाई नियन्त्रण गर्न जिल्लावासीको सबैभन्दा ठूलो भूमिका छ,' प्रमुख जिल्ला अधिकारी पुण्यप्रसाद ढकालले भने, 'सबैले आ-आफ्नो जिम्मेवारी पूरा गरिदिए मात्रै सहज हुन्छ।' उपचारात्मक व्यवस्थालाई संवर्द्धन गर्न सरकारी तथा गैरसरकारी निकायले भरमग्दुर प्रयत्न गर्दै आएको उल्लेख गर्दै प्रजिअ ढकालले नागरिकस्तरबाटसमेत महामारी नियन्त्रणको अभियानमा उत्तिकै सहयोग हुनुपर्ने बताए। निषेधाज्ञा खुकुलो भए पनि सङ्‍क्रमण भने नघटेको कुरा सबैले बुझ्नुपर्ने उनको भनाइ छ।

स्वास्थ्य कार्यालय पाँचथरका निमित्त प्रमुख नादरमुनि सुवेदी क्वारेन्टिन र आइसोलेसनको उपयुक्त प्रबन्ध नहुँदा सङ्‍क्रमण नियन्त्रण चुनौतीपूर्ण भएको बताउँछन्। 'सङ्‍क्रमितलाई होम आइसोलेसनमा राख्ने व्यवस्था प्रभावकारी नहुँदा सङ्‍क्रमण फैलन मद्दत गरेको पाइन्छ,' शुक्रबार आयोजित एक अन्तक्र्रियामा सुवेदीले भने, 'कोभिड-१९ को पहिलो लहरमा जस्तै क्वारेन्टिनको प्रबन्ध गर्न सकिएको भए गाउँगाउँमा सङ्‍क्रमण फैलने थिएन।' आर्थिक वर्षको समाप्तिमा बढेको मानवीय गतिविधिले सङ्‍क्रमणको फैलावटमा झनै वृद्धि गर्ने सरोकारवालाको चिन्ता छ।

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ११:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्