काठमाडाैं- बाँकेमा आजदेखि साउन ५ गतेसम्म भेरोसेलको पहिलो डोज लगाइने भएको छ। सरकारले निर्धारण गरेको लक्षित समूहलाई भेरोसेलको पहिलो डोज दिन लागिएको जनाइएको छ।
बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आज (आइतबार)देखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।
स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, जानकी गाउँपालिका र खजुरा गाउँपालिकामा भने यही साउन १० देखि १२ गतेसम्म खोपको पहिलो मात्रा दिइने जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।