• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, चैत २८, २०८२ Sat, Apr 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

नेपालमा भिज्‍न नसकेको ओपेरा

64x64
पुष्पा थपलिया आइतबार, साउन ३, २०७८  ०७:०६
1140x725

काठमाडौं- नेपालमा २०५२ सालदेखि १० वर्षसम्म सशस्त्र द्वन्द्व चलेको थियो। द्वन्द्वकालमा तत्कालीन नेकपा माओवादीले जनतालाई आफ्ना विचारसँग सहमत गराउन विभिन्‍न अभियान चलाएको थियो।

गोला बारुद र हातहतियारले युद्धमा लड्ने काम गरे पनि मानसिक रूपमा आफूतर्फ आकर्षित गराउने माओवादीको मुख्य हतियार थियो, ओपेरा। उनीहरू रातको समयमा राँको बालेर जनतालाई ओपेरा देखाउँथे। दमन, अत्याचारविरुद्ध बहादुर बनेर युद्धमा गएका, दुस्मनसँग लडेका र बहादुरिताका साथ सहिद भएका ओपेराले मानिसको रगत तताउँथ्यो। उनीहरू ओपेरा हेर्दाहेर्दै मर्न र मार्न कस्सिन्थे।

ओपेरा हेरेर नै त्यो समयमा कतिपय युवा माओवादीमा लागेका थिए। माओवादी शान्ति सम्झौतामा आउनेबित्तिकै यो शब्द हराउँदै गयो। केही नाटकघरमा ओपेरा देखाइए पनि त्यसले सबै जनमानसको दिमागमा माओवादीको ओपेराले जसरी ठाउँ ओगट्न सकेको छैन।

के हो ओपेरा?
डिजिटल युगमा हुर्किरहेका मानिसलाई ओपेरा भनेको इन्टरनेट चलाउने एक प्रकारको एप हो भन्‍ने लाग्ला। त्यस्तै विभिन्‍न हलिउड/बलिउड फिल्म हेरेर हुर्केका मानिसलाई ओपेरा भनेको अनौठो आवाज निकालेर गीत गाउने कला हो कि भन्‍ने पनि पर्नसक्छ। किनभने, ती फिल्महरूमा त्यस्तै अनौठा आवाज सुनेर निदाएका या रिल्याक्स गरेका दृश्य देख्न सकिन्छ। अमिर खानले बनाएको चर्चित फिल्म ‘थ्री इडियट्स’ हेर्नुभएको छ भने त्यहाँ पनि कलेजका निर्देशक डाक्टर बिरू सहस्र बुद्धे अर्थात् भाइरस, दारी काट्ने बेलामा ओपेरा सुनेर आनन्द लिएको दृश्य देख्न सकिन्छ।

तर, ओपेरा इन्टरनेट चलाउने एप या यसरी सुत्ने बेलामा सुन्‍ने अनौठो संगीत मात्रै हैन, यो सांगीतिक नाटक हो। सशस्त्र द्वन्द्वताका माओवादीले गाउँ-गाउँमा गीत गाउँदै नाच्दै देखाउने नाटक ओपेराकै एउटा रुप थियो।

४०० वर्षअघि इटालीबाट ओपेरा सुरू भएको इतिहास छ। समूहमा गीत गाउँदै, नाच्दै र अभिनय गर्दै कथा सुनाउने ओपेराको तरिका भएकाले यसलाई नाटक देखाउने सबैभन्दा पूर्ण माध्यम पनि मानिन्छ। ओपेरा गर्ने कलाकार नाच्न, गीत गाउन र अभिनय गर्न सक्षम हुन्छन्।

विश्वमा चर्चा कमाएका सेन्ड्रिला, ह्यासल एण्ड ग्रेटल, रोमियो एण्ड जुलियट जस्ता नाटकमा पनि ओपेरा देखाइएको छ। यदि, कुनै लिखित नाटकलाई थिएटरमा संवादमार्फत् अभिनय मात्रै गरिएको छ भने त्यो मञ्चन भएको नाटक मात्रै हो। यसलाई ओपेरा भन्‍न मिल्दैन। तर, यदि कुनै लिखित नाटकलाई थियटर या कुनै ठाउँमा संगीतबद्ध गरेर त्यहीअनुसार नाच्दै अभिनय गरिएको छ भने त्यो ओपेरा हुन्छ।

nimb
nimb
Ncell 2
Ncell 2

अरू मनोरञ्जनभन्दा ओपेरा किन फरक?
इटालीबाट ओपेराको सुरू भयो भने चर्चा पनि त्यही देशबाटै कमायो। नेपालका एकल हलमा कुनै रोचक सिन आएको बेलामा हुने हल्ला र बजाइने सिठ्ठीजस्तै इटालीमा ओपेरा हेर्दा ‘ब्राभो’ भनेर चिच्याइन्थ्यो। ब्राभो शब्द अहिले पनि यस्तै उत्साहजनक या बहादुरीपूर्ण कुरामा भनिन्छ।

दिन प्रतिदिन यसको चर्चा यति धेरै बढ्दै गयो कि, पूरै युरोपभर मानिसको मुखमा ओपेराको गुनगान मात्रै सुनिन थाल्यो। मानिसको आकर्षण बढ्न थालेपछि ओपेरा फ्रान्स, जर्मनी लगायतका देशमा पनि फैलन थाल्यो। ती देशमा धनिमानी मानिसको मनोरञ्जनका लागि ओपेरा गतिलो माध्यम बन्‍न पुग्यो।

विस्तारै ओपेरा विश्वभर छायो। तर, यसको फैलावटसँगै परिवर्तन पनि आउन थाल्यो। ओपेरा अब इटालीको जस्तो मात्रै रहेन। इटालीमा अनौठो आवाज निकालेर, त्यसमा शास्त्रीय संगीत राखेर ओपेरा गाइन्थ्यो, पहिरन पनि परम्परागत गरिन्थ्यो। तर, यसको आकार बढेसँगै ओपेराले हरेक देशमा भएको कला संकृतिलाई जोड्न थाल्यो। उदाहरणका लागि नेपालमा माओवादीले विभिन्‍न लोकभाकामा जनवदी गीत गाउँदै, नाच्दै र त्यसैमा अभिनय गर्दै आफ्ना विचार फैलाउन थाल्यो। विचार प्रवाह गर्न र मानसिकता परिवर्तन गर्न माओवादीले त्यो समयमा ओपेराको सहारा लियो।

प्रविधिको विकास भइसकेपछि भने ओपेरा गर्दा रेकर्ड हुनथाल्यो। मानिसका निकै सुन्दर र कलात्मक आवाजमा ओपेरा डिजिटाइज्ड भयो। प्रत्यक्ष दर्शकको अगाडि देखाइने नाटकको आवाज अडियोमा मात्रै रेकर्ड भएपछि त्यसलाई सांगीतिक थेरापीको रूपमासमेत प्रयोग गर्न थालियो। त्यसैले अहिले ओपेरा भन्‍नेबित्तिकै मिठो निन्द्रा लगाउने संगीत बन्‍न पुगेको हो।

तर, अहिले भने इन्टरनेटका कारण ओपेरा हातहातमा आइसकेको छ। कुनै म्युजिक भिडियो हेर्ने हो भने त्यहाँसमेत ओपेराको स्वाद भेटिन्छ। तर, म्युजिक भिडियोमा भेटिएको स्वाद वास्तविक ओपेराको भने हैन।

नेपालमा यति धेरै कला, संस्कृति छन्। अहिले चलचित्र विकास बोर्डले मौलिक कथामा फिल्म बनाउने भन्दै स्टोरी बैंकको अवधारणा ल्याएको छ। गीत गाउँदै, नाच्दै अभिनय गर्ने कतिपय नेपाली संस्कृति नै छन्। ती पनि विस्तारै लोप हुँदै गइरहेको विभिन्‍न अध्ययनले देखाएको छ। लोक गीतसम्बन्धी एक कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले पनि लोप हुँदै गएका संगीत र संस्कृतिको बारेमा बहस हुन जरुरी रहेको बताएका थिए।

(अनलाइनमा उपलब्ध विभिन्‍न सन्दर्भ सामग्रीको आधारमा)

प्रकाशित मिति: आइतबार, साउन ३, २०७८  ०७:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
आज स्वरसम्राट नारायणगोपालको स्मृति दिवस साँस्कृतिक संस्थानका महाप्रबन्धक रहँदा उनले बागीना (बाजा, गीत, नाच) नामक नेपालकै पहिलो सांगीतिक पत्रिका प्रकाशन गरेका थिए। शुक्रबार, मंसिर १९, २०८२
रचना रिमाल र माधब सुनुवारको स्वर रहेको गीत ‘दुइ दिनको जिन्दगीमा’ सार्बजनिक गीतमा शब्द/संगीत पनि गायक सुनुवार कै रहेको छ। दिपक काउछा मगरको एरेन्ज रहेको गीतलाई नरेश बिबिसीले मिक्सिङ गरेका हुन। बुधबार, असोज ८, २०८२
गंगा सोनाम बनिन् छैटौँ नेपाल आइडल गंगा सोनाम सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१०, बडहरे की २० वर्षीया युवती हुन्। उनी पिता ध्रुव सोनाम र माता सीता सोनामकी कान्छी स... सोमबार, भदौ १६, २०८२
ताजा समाचारसबै
इस्लामावादमा इरान–अमेरिकाबीच शान्तिवार्ता सुरु शनिबार, चैत २८, २०८२
गौरीबहादुर कार्की आयोगको प्रतिवेदन नेकपा संयुक्तद्धारा अस्वीकार शनिबार, चैत २८, २०८२
०४८ सालपछि सार्वजनिक जीवनमा बसेका सबैको सम्पत्ति छानबिन गरौं : नेता पुन शनिबार, चैत २८, २०८२
आइतबार ‘ओपिडी’ सञ्चालन गर्न सकिँदैन : चिकित्सक संघ शनिबार, चैत २८, २०८२
सम्पूर्ण छानबिनका लागि म तयार छु : प्रचण्ड शनिबार, चैत २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
उपसभामुख पदका लागि आज निर्वाचन हुँदै शुक्रबार, चैत २७, २०८२
मन्त्रिपरिषद् विस्तार, उद्योगमन्त्री बनिन् गौरीकुमारी, श्रममन्त्रीमा यादव शुक्रबार, चैत २७, २०८२
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी शुक्रबार, चैत २७, २०८२
उपसभामुखको निर्वाचनबारे छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्दै शुक्रबार, चैत २७, २०८२
अमेरिका र इरानबीच आज पाकिस्तानमा उच्चस्तरीय वार्ता शुक्रबार, चैत २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
ट्रम्पको ‘पूरै सभ्यता नष्ट हुन सक्ने' चेतावनीलगत्तै इरानको खार्ग टापुमा आक्रमण मंगलबार, चैत २४, २०८२
पूर्वगृहमन्त्री अर्याललाई राष्ट्रिय सभामा सिफारिस गर्ने निर्णयविरुद्धको रिट सर्वोच्चद्वारा खारेज बुधबार, चैत २५, २०८२
युद्धविरामको घोषणाबिच खाडी यूएईमा मिसाइल प्रहार, साउदीमा उच्च सतर्कता बुधबार, चैत २५, २०८२
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
मन्त्रिपरिषद्को मर्यादाक्रम हेरफेर, सुधन गुरुङ तेस्रोबाट पाँचौमा मंगलबार, चैत २४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्