कैलाली- कैलालीको जानकी गाउँपालिकालाई साक्षर पालिका घोषणा गरिएको छ। गाउँपालिकालाई एक कार्यक्रमबीच शिक्षा विकास तथा समन्वय एकाइ गरेका हुन्।
पालिकामा रहेका १५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशत नागरिक साक्षर भएपछि गाउँपालिकालाई साक्षर घोषणा गरिएको हो। साक्षर पालिकाका लागि राष्ट्रभाषा वा मातृभाषाका अक्षरको पढाइ र लेखाइ गर्न सक्ने, राष्ट्रभाषा वा मातृभाषामा लेखिएको मूल्यसूची र बिलको पढाइ, आफ्ना परिवारका सदस्यको नाम, उमेर, मोबाइल र क्यालकुलेटरका अङ्क तथा अक्षर पहिचान र प्रयोग गर्न जान्ने, शून्यदेखि नौसम्मका अङ्कका अक्षर लेखाइ, एकदेखि १०० सम्म गणना, लेनदेनको हिसाब राख्नेलगायतका सूचक छन्।
पालिकामा रहेका सबै निरक्षर नागरिकले यी सबै सूचक पूरा गरेपछि साक्षर घोषणा गरिएको शिक्षा अधिकृत धर्मानन्द कपाडीले बताए। सरकारले २०७६ भित्र देशका सबै जिल्ला नै पूर्ण साक्षर घोषणा गरी नेपाललाई नै साक्षर देश घोषणा गर्ने लक्ष्य राखेको थियो। तर, नेपालमा कोरोना महामारी फैलिएपछि सबै सूचक पूरा गरे पनि घोषणा कार्यक्रममा केही ढिलाइ भएको बताइन्छ।
कैलालीमा अझै पनि तीन प्रतिशत नागरिक निरक्षर रहेको तथ्याङ्क छ। एकाइका प्रमुख सुवेदीले गाउँपालिकाले साक्षर घोषणा कार्यक्रमलाई निरन्तरता दिनुपर्ने बताए।
उँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले शिक्षाको विकासले गाउँपालिकाको अन्य विकासमा पनि सहयोग पुग्ने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
राष्ट्रिय शिक्षा प्रारम्भिक कार्यक्रमका कार्यक्रम संयोजक उषा जोशीले गाउँपालिकालाई कैलालीको दोस्रो साक्षर पालिका घोषणा गर्न आफूहरु सहयोगीका रूपमा रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।