• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सर्वोच्चको पूर्णपाठ : यसकारण प्रतिनिधि सभा विघटन राजनीतिक मुद्दा होइन

64x64
दुर्गा दुलाल बुधबार, असार ३०, २०७८  २२:०८
1140x725

काठमाडौं–

दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन उत्प्रेषणको आदेशबाट बदर गर्दै सर्वोच्च अदालतले गत सोमबार राष्ट्रपति र प्रधानमन्त्रीको नाममा परमादेश जारी मात्र जारी गरेन, बहुमत सांसदको हस्ताक्षर पेश गरेका विपक्षी गठबन्धनका उम्मेदवार शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि राष्ट्रपतिलाई आदेश दियो। सर्वोच्चको फैसलासँगै देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन्। 

फैसलाको पूर्णपाठ सार्वजनिक गर्दा सर्वोच्चले राजनीतिक प्रश्नबारे पनि व्याख्या गरेको छ। सर्वोच्चले राष्ट्रपतिबारे न्यायीक पुनरावलोकन हुनेदेखि कस्ता मुद्दामा फैसला गर्न मिल्ने वा नमिल्ने भन्नेबारे व्याख्या गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच वरिष्ठ न्यायाधीशको इजलासले सुनाएको यो फैसलाले आगामी दिनमा पनि राजनीतिक महत्व राख्नेछ। 

प्रधानमन्त्रीको तजबिजमा प्रतिनिधि सभा विघटन हुँदैन
‘संविधानमा रहेका प्रावधानको प्रयोग र पालना सम्बन्धी प्रश्नलाई राजनीतिक विवादको आवरण दिएर न्याय निरुपण गर्नबाट पन्छिन यस अदालतका लागि शोभनीय विषय हुँदैन,’ फैसलामा भनिएको छ, ‘संविधान स्वयंले प्रष्ट शब्दमा न्यायिक निरुपणको विषय हुँदैन भनी बाहेक गरेको कुरामा सामान्यतया अदालत प्रवेश पनि गर्दैन। कुनै विषय न्यायिक निरुपणयोग्य हो वा होइन भन्ने कुराको निरुपण स्वयं अदालतबाट नै हुने कुरा पनि यस प्रसंगमा स्मरणीय छ।’

संविधानद्वारा निर्धारित सीमा वा परिधि नाघेको भनी उठाइएका प्रश्नहरुको निरुपण गर्नबाट पन्छिने हो भने अदालतले नियन्त्रण र सन्तुलनको संवैधानिक जिम्मेवारी पुरा नगरेको हुन जाने फैसलामा उल्लेख छ। पुर्णपाठमा भनिएको छ, ‘विघटन सम्बन्धी प्रश्न संविधानको पालनासँग प्रत्यक्षतः सम्बन्धित भएकाले यसलाई राजनीतिक प्रत्रको आवरण दिएर यो विषयमा अदालतले प्रवेश गर्नु हुँदैन भन्न युक्तिसंगत देखिँदैन ।’  

कुनै राजनीतिक परिणाम दिन सक्तछ वा सक्तैन भन्ने आधारमा प्रधानमन्त्रीको तजबिजमा प्रतिनिधि सभाको विघटन गर्न पाउने छुट नेपालको संविधानको कुनै पनि धारा वा उपधाराले दिएको नदेखिने सर्वोच्च अदालतको ठहर छ।

कुनै राजनीतिक परिणाम दिन सक्तछ वा सक्तैन भन्ने आधारमा प्रधानमन्त्रीको तजबिजमा प्रतिनिधि सभाको विघटन गर्न पाउने छुट नेपालको संविधानको कुनै पनि धारा वा उपधाराले दिएको नदेखिने सर्वोच्च अदालतको ठहर छ। प्रतिनिधि सभाको पुनस्थापना हुँदा मुलुक थप अन्योल, अस्थिरता र राजनीतिक अराजकतामा धकेलिन पुग्छ भन्ने भनाइ आत्मनिष्ट र अमूर्त निष्कर्ष भएको पनि सर्वोच्चको ठहर छ। जननिर्वाचित विधायिकालाई कार्यकारिणीको तजविज वा स्वविवेकमा प्रतिनिधि सभा विघटन गरेर राजनीतिक अस्थिरता र अन्योल सिर्जना गर्ने अधिकार नदेखिएको फैसलामा उल्लेख छ।  

‘प्रतिनिधि सभा विघटनको कारणमा सरकारमा रहेको राजनीतिक दलको आन्तरिक समस्यालाई समेत अगाडि सारेको देखिन्छ। राजनीतिक दलभित्र जेसुकै आन्तरिक समस्या भए पनि त्यस प्रकारका दलीय आन्तरिक समस्यालाई प्रतिनिधि सभा विघटन गर्ने वैध कारण मान्न सकिँदैन’, फैसलामा भनिएको छ, ‘ताजा जनादेशको नाउँमा आफ्नो सुविधा र इच्छा अनुकूल जहिलेसुकै र जुनसुकै कारणबाट निर्वाचन गर्ने/गराउने कुरालाई संविधानले स्वीकृति दिँदैन।’ 

nimb
nimb
Ncell 2
Ncell 2

ताजा जनादेश प्राप्त गर्ने समयावधि निर्धारित रहेको फैसलामा उल्लेख छ। ‘संविधानको धारा ७६(७) को अवस्थामा बाहेक प्रत्येक पाँच वर्षमा ताजा जनादेश प्राप्त गर्नु पर्ने हुन्छ,’ फैसलामा भनिएको छ, ‘प्रतिनिधि सभाका निर्वाचित सदस्यहरुलाई पाँच वर्षको एक कार्यावधिका लागि ताजा जनादेश प्राप्त जनप्रतिनिधिहरु मान्नु पर्दछ।’  

राष्ट्रपतिका काम कारबाहीकाे न्यायिक परीक्षण हुन्छ

राष्ट्रपतिलाई सामान्यतया रिट निवेदनका सन्दर्भमा प्रत्यर्थीको रुपमा उल्लेख गर्ने संवैधानिक अभ्यास नरहेकोले मात्र विपक्षी नबनाएको रिटमा उल्लेख गरिएको थियो। सर्वोच्चले संविधानको प्रयोग, पालना, व्याख्या वा कार्यान्वयनको विषयमा राष्ट्रपतिबाट गरिएका काम कारबाहीहरुमा त्रुटि छन् भने त्यस्ता कार्यको न्यायिक परीक्षण गर्न मिल्ने फैसला गरेको छ। ‘अन्य सम्बन्धित निकाय वा पदाधिकारीलाई प्रत्यर्थीको रुपमा उल्लेख गरेर परेका रिट निवेदनहरुको माध्यमबाट न्यायिक उपचार प्रदान गरिएका उदाहरणहरु धेरै वटा पाउन सकिन्छ,’ फैसलामा भनिएको छ। 

प्रतिनिधि सभा विघटन गर्न सक्ने गरी पूर्ववर्ती संविधानले दिएको अधिकार वर्तमान संविधानमा समावेश नगरिएको कुरा संविधान निर्माण प्रक्रिया सन्दर्भका अभिलेखहरुबाट पनि प्रष्ट भएको फैसलामा उल्लेख छ। ‘विघटन गर्ने अख्तियारीको खुकुलो वा हलुको प्रयोगका कारणबाट अधिकारको दुरुपयोग हुन सक्ने, असामयिक रुपमा पटक–पटक हुने मध्यावधि निर्वाचनको आर्थिक भार पर्ने, राज्य कोषको अपव्यय हुन जाने, राजनीतिक अस्थीरता पैदा हुने, राजनीतिक अकर्मण्यताले थप प्रश्रय पाउने सम्भावना रहन्छ भन्ने मान्यता राखेर नै संविधानसभाले संविधानको माध्यमबाट विघटनको अवस्थालाई सीमाबद्ध गरेको देखिन्छ’, फैसलामा भनिएको छ, ‘संविधानमा कुनै कुरा प्रष्ट शब्दमा समावेश गरिएको छ भने सो बाहेकका अन्य कुराहरुलाई समावेश नगरिएको अर्थमा लिइनु पर्दछ।’ 

प्रधानमन्त्री दिन नसकेको अवस्थामा प्रतिनिधि सभा स्वत: विघटन

२०४७ सालको संविधानमा रहेका प्रावधान समावेश नगरी (हटाइ) अहिलको संविधानले प्रतिनिधि सभा विघटनको सीमा बन्देज निर्धारण गरेको अवस्थामा अब यसलाई राष्ट्रपति वा प्रधानमन्त्री कसैको पनि तजबिजको विषय बनाउनु मनासिव र संविधानसम्मत् नहुने ठहर सर्वोच्चको छ। 

वर्तमान संविधानले राजनीतिक दलहरुका बीच उच्चतम् समझदारी र सहकार्यको अपेक्षा राख्ने फैसलामा उल्लेख छ। राजनीतिक समस्याको समाधान समझदारीका आधारमा गर्नु पर्ने र शासन प्रणालीमा स्थायित्व कायम हुनु पर्ने मान्यता संविधानले आत्मसात् गरेको सर्वोच्चको ठहर छ।

प्रतिनिधि सभाबाट संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकार गठन हुन नसक्ने भएको अवस्थामा मात्र धारा ७६(७) बमोजिम संसद विघटन हुन सक्ने भएकाले यसलाई बाध्यात्मक परिस्थितिको उपज वा प्रधानमन्त्री चयन गर्न प्रतिनिधि सभा असफल भएको कुराको परिणामको रुपमा लिन सकिने फैसलामा उल्लेख छ। राजनीतिक वा अन्य कुनै कारणबाट विघटन हुने नभएर प्रधानमन्त्री नियुक्तिका लागि अन्तिम विकल्प अपनाउँदा पनि नियुक्त हुन नसकेको वा विश्वास प्राप्त गर्न नसकेको अवस्थामा मात्र विघटन हुन सक्ने भएकाले धारा ७६(७) को कुरामा राष्ट्रपति वा प्रधानमन्त्री कसैको तजबिज प्रयोग हुने अवस्था नै नरहने फैसलामा जनाइएको छ।  

‘संविधानको धारा ७६(५) बमोजिम वैकल्पिक सरकार गठन हुन नसक्ने भएपछि प्रतिनिधि सभा विघटन हुने भएकाले अल्पमतका वा प्रतिनिधि सभामा विश्वास प्राप्त गर्न नसकेका प्रधानमन्त्रीले सिफारिस गरेको भन्ने प्रश्नको कुनै औचित्य वा प्रयोजन नै रहँदैन’, फैसलामा भनिएको छ। संविधानमा रहेको प्रावधान प्रतिकूल ‘ताजा जनादेश’ भनी असामयिक रुपमा प्रतिनिधि सभा विघटन गर्नु संविधान अनुकूल नहुने ठहर पनि गरिएको छ। 

वर्तमान संविधानले राजनीतिक दलहरुका बीच उच्चतम् समझदारी र सहकार्यको अपेक्षा राख्ने फैसलामा उल्लेख छ। राजनीतिक समस्याको समाधान समझदारीका आधारमा गर्नुपर्ने र शासन प्रणालीमा स्थायित्व कायम हुनुपर्ने मान्यता संविधानले आत्मसात् गरेको सर्वोच्चको ठहर छ। फैसलामा भनिएको छ, ‘यस अवस्थामा प्रतिनिधि सभा विघटन हुनु संविधानले निर्धारण गरेको सीमा, परिधि तथा आत्मसात् गरेको राजनीतिक दर्शनका दृष्टिले मनासिब देखिँदैन।’

प्रतिनिधि सभा विघटनको विषय न्यायिक निरुपणयोग्य प्रश्न

‘राज्यका प्रत्येक निकायले आफ्नो अधिकारको प्रयोग गर्दा संविधान र कानुनद्वारा निर्धारित सीमाभित्र रहनु पर्दछ। अर्को अङ्गलाई निषेध गर्ने वा निष्प्रभावी तुल्याउने कुराले शक्तिपृथकीकरण तथा नियन्त्रण र सन्तुलनको सिद्धान्तको प्रयोग र पालनामा अनुचित अवरोध पैदा हुन जान्छ,’ फैसलाको पुर्णपाठमा भनिएको छ, ‘लोकतान्त्रिक सरकार भन्नाले सिमित सरकार हो। संविधानले अनुमति नदिएको कुरामा कार्यकारिणी अधिकारको प्रयोग हुन सक्तैन।’ 

संसदीय प्रजातन्त्र तथा शक्तिपृथकीकरणको सिद्धान्तको प्रयोग गर्ने शैली, तरिका वा मोडल पनि प्रचलनमा रहेको संविधानको सापेक्षतामा नै अनुशरण गरिने फैसलामा उल्लेख छ। प्रतिनिधि सभाको निरन्तरता वा विघटनको विषयमा राजनीतिक अर्थ र सम्बन्धहरु रहनु स्वभाविक भएको भन्दै अदालतले यही सम्बन्धलाई प्रतिनिधि सभा विघटन गर्ने संविधान अनुकूलको पर्याप्त कारण वा तर्क मान्न नमिल्ने जिकिर गरेको छ।

‘अहिले यस अदालतले हेर्ने भनेको हाल प्रचलनमा रहेको संविधानमा रहेका प्रावधानहरु नै हुन्। संविधानले अनुमति नदिएको कुरामा आवश्यकता, व्यवहारिकता वा औचित्यलाई मात्र हेरेर यस अदालतले विवादको निरुपण गर्न मिल्दैन,’ फैसलामा भनिएको छ, ‘संविधान वा कानुनमा रहेका प्रावधानलाई अनदेखा गरेर वा एकातिर पन्छाएर आवश्यकता, व्यवहारिकता वा औचित्यका जिकिरलाई मान्यता दिएर विवादको निरुपण गर्न थालियो भने त्यसको परिणामस्वरुप स्वेच्छाचारिताले नै प्रश्रय पाउने खतरा रहन्छ।’ 

‘संविधानमा अभिव्यक्त शब्द, वाक्य वा भावलाई एकातर्फ पन्छाएर व्यवहारिकता, राजनीतिक स्थायित्व जस्ता तर्कका आधारमा निष्कर्षमा पुग्नु न्यायिक मूल्य, मान्यता, सिद्धान्त र प्रचलन अनुकूल हुँदैन। संविधानले आत्मसात् गरेका आदर्श र अभिष्ट प्राप्तिका लागि आवश्यकता, व्यवहारिकता वा औचित्य जस्ता विषय व्याख्याको सन्दर्भमा सहयोगी बन्ने छ’,  फैसलामा उल्लेख छ। 

प्रतिनिधि सभा विघटनको विषयसँग राजनीतिक सम्बन्ध जोडिएका हुने भए पनि आधारभूत रुपमा यो संवैधानिक प्रावधानको अनुशरण भए–नभएको विषयसँग सम्बन्धित न्यायिक निरुपणयोग्य प्रश्न भएको फैसलामा जनाइएको छ। सर्वोच्चले भनेको छ, ‘विगतका दृष्टान्तहरु हेर्दा प्रतिनिधि सभा विघटनको विषय केवल राजनीतिक विषय मात्र नभएर संविधानको व्याख्या र प्रयोग सम्बन्धी न्यायिक निरुपणयोग्य विषय हो भनी यस अदालतबाट व्याख्या भैसकेको देखिन्छ।’ 

संविधानले देशको राजनीतिक संस्था, संरचना, गतिविधि र राज्य सञ्चालन विधि निर्धारण गर्ने भएकाले राजनीतिसँग अवश्य नै सम्बन्ध रहेको फैसलामा उल्लेख छ। संविधान अन्तर्गत नै राजनीति सञ्चालित हुने भएकाले राजनीतिक सम्बन्ध देखिनु स्वभाविक भएको र संविधान केवल राजनीतिक दस्तावेज मात्र नभएर कानुनमध्येको मूल कानुन पनि भएको फैसलामा उल्लेख छ। 

संविधानमा रहेका कुनै प्रावधानको प्रयोग र व्याख्या सम्बन्धी प्रश्न उठाई अदालतमा प्रवेश गरिएको अवस्थामा त्यस प्रकारका प्रश्नहरुको निरुपण गर्नु अदालतको कर्तव्य नै बन्ने फैसलामा उल्लेख छ। 

‘संविधानभन्दा माथि कोही पनि र केही पनि हुँदैन; राज्यका सबै निकाय, सबै पदाधिकारी तथा सवै कानुनहरु संविधानकै अधिनस्थ रहन्छन्’, फैसलामा भनिएको छ, ‘संविधानको कार्यान्वयनका क्रममा लोकतान्त्रिक मूल्य मान्यतालाई भन्दा निहित स्वार्थ, शासकीय हैसियतमा रहेका पात्रहरुको व्यवहारिक सहजता र सुविधा, दलीय शक्ति सन्तुलनको अवस्था, राजनीतिक शक्तिमा रहने अवाञ्छित तहको सत्तामोह आदिलाई महत्व दिइयो भने संविधानद्वारा घोषित अभिष्ट पुरा नहुने अवस्था आई पर्दछ।’ 

संविधान लोकतान्त्रिक भए पनि यसको अलोकतान्त्रिक शैलीको प्रयोग हुन पुग्यो भने संवैधानिक दुर्घटनाका सम्भावनाहरु देखा पर्ने फैसलामा उल्लेख छ। ‘संविधानले अगाडी सारेका मूल्य मान्यता र आदर्शलाई एकातर्फ पन्छाएर तथा संविधानमा रहेका प्रावधानको सरल अर्थ ग्रहण नगरी छिद्रावेषण गरेर आफ्नो निहित स्वार्थ र सुविधा अनुसार शासन व्यवस्था सञ्चालन गर्ने चेष्टा गरियो भने संविधानवादको मान्यता खलबलिने अवस्था रहन्छ,’ फैसलामा भनिएको छ, ‘यस प्रकारका प्रवृत्तिले स्वेच्छाचारितालाई नै बढावा दिन पुग्दछन्। प्रतिनिधि सभा विघटनको विवादका सन्दर्भमा उल्लिखित कुराहरुतर्फ पनि दृष्टि दिनु सान्दर्भिक छ।’

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  २२:०८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा नेपाली कांग्रेस लुम्बिनी प्रदेश संसदीय दलकी सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्... मंगलबार, साउन १२, २०८३
कर्णालीको मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाहीको दाबी पेस उनलाई नेकपा एमालेले समर्थन गरेको छ । दाबी पेस कार्यक्रममा एमालेबाट प्रमुख सचेतक टेकराज पछाई सहभागी थिए । मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो यस्तै, कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायब महानिरीक्षक (डीआईजी) विनोद घिमिरेलाई प्रहरी प्रधान कार्यालय, काठमाडौं तानिए... सोमबार, साउन ११, २०८३
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्