• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बनाइएका घरटहरा डोजर लगाएर भत्काइयो

64x64
रासस सोमबार, असार २८, २०७८  १०:००
1140x725
बराहपोखरी

खोटाङ- धार्मिक तथा पर्यटकीयस्थल खोटाङको बराहपोखरीको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाइएका घर तथा टहरा डोजर लगाएर भत्काइएको छ। बराहपोखरीमा अवस्थित शङ्खेश्वर मन्दिरको गुठी र सो आसपासको सार्वजनिक जग्गा स्थानीय बासिन्दाले अतिक्रमण गरेर निर्माण गरेका घरटहरा बराहपोखरी गाउँपालिकाको जेसिभि लगाएर भत्काइएको हो।

शङ्खेश्वर मन्दिरको गुठी र आसपासको सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाउन यसअघि स्थानीय बासिन्दालाई गाउँपालिकाको तर्फबाट तीन पटक समय दिइएको थियो। गाउँपालिकाले दिएको समयलाई स्थानीय बासिन्दाले बेवास्ता गरेपछि विसं २०७७ मङ्सिर १८ गते बसेको गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार मङ्सिर २१ गते सार्वजनिक जग्गा अतिक्रमण गर्ने २७ जना व्यक्तिको नामावलीसहित अन्तिम पटक सूचना जारी गरिएको थियो।

गाउँपालिकाले जारी गरेको सो अन्तिम सूचनालाई पनि कतिपयले बेवास्ता गरेर बसेपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितिमा सार्वजनिक जग्गामा निर्माण गरिएका घरटहरा भत्काइएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले बताए। “गाउँपालिकाले सूचना जारी गरेपछि कतिपय स्थानीय बासिन्दाले आफैँ घर भत्काएका थिए”, उनले भने, “अधिकांशले एक तला तथा कतिपयले छाना भत्काइसेका थिए। तर, हालसम्म पनि अटेर गरेर बसिरहेका तीन व्यक्तिको सग्लो घरलाई भने सुरक्षाकर्मीको उपस्थितिमा गाउँपालिकाको जेसिभी हालेर भत्काउनु परेको हो।” 

nimb
nimb
Ncell 2
Ncell 2

बराहपोखरीको जग्गा अतिक्रमण गरेर बसिरहेका भुवन श्रेष्ठ, ढकबहादुर कार्की, तोर्णबहादुर कार्की, शिव श्रेष्ठ, कर्णकुमार श्रेष्ठ, खगेन्द्र राई, भीमबहादुर तामाङ, हर्कबहादुर तामाङ, भरत तामाङ, अर्जुन तामाङ, रामजी फुँयाल, तिलकबहादुर मगर, गङ्गा विश्वकर्मा, डिल्ली गिरी, महेन्द्र विष्ट, केदार राई, तिर्था तामाङ, गोकर्ण राई, डम्बरहादुर राई, पदम राई, ध्रुव गिरी, धनबहादुर राई, गणेशबहादुर राई, रामबहादुर राई, मदन राई, हिमाल राई र हरिहर खत्रीको नाममा गाउँपालिकाले घरटहरा हटाउन सूचना जारी गरेको थियो। गाउँपालिकाले जारी गरेको सूचनालाई बेवास्ता गर्दै आफैँ घरटहरा नभत्काउने स्थानीय बासिन्दाको घरमा गाउँपालिकाको जेसिभी चलाउँदा घरभित्र राखिएका दैनिक उपभोग्य वस्तु घरायसी सामान नै पुरिएको प्रत्यक्षदर्शीले बताएका छन्। 

मापदण्डविपरीत स्थानीय बासिन्दाले अतिक्रमण गरेर बनाएका घर तथा टहरा हटाएर सार्वजनिक सम्पत्तिको रक्षा गर्दै गाउँपालिकालाई सुन्दर र व्यवस्थित बनाउने एउटा अभियान सफल भएको गाउँपालिकाका सूचना अधिकारी रमेश पोखरेलले बताए। नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यको सूचीमा समावेश बराहपोखरी जिल्लाको दक्षिणी क्षेत्रमा पर्दछ।

भौतिक पूर्वाधार निर्माण तथा स्तरोन्नतिको कामसमेत भइरहेको बराहपोखरीको चौतर्फी विकास गर्न गाउँपालिकाको लगानीमा कृषि, पर्यटन, प्राकृतिक सम्पदा र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर गुरुयोजना निर्माण शुरु गरिएको छ। कृषिलाई पहिलो प्राथमिकतामा राखेर निर्माण शुरु गरिएको आवधिक गुरुयोजनामा सोही गाउँपालिकामा रहेको धार्मिक तथा पर्यटकीयस्थल सुनापत्ताल, घोप्टेथलो, गोकुलथुम्कालगायतका धार्मिक तथा पर्यटकीय क्षेत्रसमेत समेटिएका छन्।

चारैतिर घना वनजङ्गलको बीचमा एकनासले अचल भएर बसेको विशाल बराहपोखरीमा संसारकै लोपोन्मुख रातो माछा पाइन्छ। मुहान र निकास केही नदेखिने बराहपोखरीको लम्बाई ३३० मिटर र २१० चौडाइ मिटर लामो रहेको छ। जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट करिब १६ कोस टाढा पर्ने बराहपोखरीमा हरेक वर्षको हरिबोधिनी एकादशीमा ठूलो मेला लाग्ने गर्छ। बाह्रै महिना हरियो र टम्म भरिएको पानी देखिने बराहपोखरीमा नुहाए तथा पूजाआराधना गरे मोक्ष प्राप्त हुने जनविश्वास रहेको छ। विशेष गरी धामीझाँक्रीको मेला लाग्ने बराहपोखरीमा रामनवमी, शिवरात्रि, बालाचतुर्दशी र माघे सङ्क्रान्तिका दिन सतबीज छर्ने प्रचलन छ। करिब पाँच वर्गकिलोमिटर क्षेत्रफल ओगटेको बराहपोखरीमा जीवनमा शान्ति मिलोस् भनी जोडी परेवा उडाउनुका साथै शुद्धताका लागि पोखरीको पानीले नुहाउने चलन छ।

प्रचारप्रसार तथा प्रवद्र्धन अभावमा ओझेलमा रहेको बराहपोखरी परापूर्वकालमा १२ घर मगर बस्ती डुबेर बनेको ताल भएकाले यसको नाम बराहपोखरी भनिएको किंवदन्ती छ। एउटा घरको अगेनोबाट माछा निस्किएपछि त्यसलाई पोलेर खाँदा त्यहाँबाट पानी निस्किएर १२ घर मगर बस्ती डुबेको जनविश्वास रहेको छ। 

प्रकाशित मिति: सोमबार, असार २८, २०७८  १०:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु दार्चुलाबाट आज बुधबार प्रेस विज्ञप्ति जारी गर्दै सरकारले आफ्ना मागहरूप्रति देखाएको संवेदनहीनता र बेवास्ताका कारण डा.केसीले २२ औँ पटक... बुधबार, साउन ६, २०८३
पहिरो खस्दा आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने नेपाल प्रहरीले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपाल थोक–कटुन्जेबेँसी ख... बुधबार, साउन ६, २०८३
अण्डाको मूल्य बढ्यो नेपाल लेयर्स कुखुरापालक संघले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ । बुधबार, साउन ६, २०८३
ताजा समाचारसबै
वीपी स्मृतिमा सुरु भयो कांग्रेस इतर समूहको छुट्टै कार्यक्रम बुधबार, साउन ६, २०८३
सुर्खेतमा फोर्स गाडी दुर्घटना : १९ जना घाइते, ३ जनाको अवस्था गम्भीर बुधबार, साउन ६, २०८३
हस्तकला क्षेत्रका माग सम्बोधन गर्न प्रधानमन्त्री शाहको प्रतिबद्धता, नीतिगत सुधारमा जोड बुधबार, साउन ६, २०८३
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु बुधबार, साउन ६, २०८३
बागमती सरकारबाट एमाले बाहिरियो, समर्थन पनि फिर्ता बुधबार, साउन ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्