सिन्धुपाल्चाेक- सरकारले मेलम्ची–हेलम्बु क्षेत्रका बाढीपीडित नागरिकलाई प्रतिपरिवार ५० हजारका दरले सहयोग गर्ने घाेषणा गरेकाे छ।
हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाको स्थलगत निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित पालिकाहरूलाई राहत कोष तथा सामग्री हस्तान्तरण गरेका हुन्।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट ३६६ घरपरिवारलाई ५० हजारका दरले जम्मा एक करोड ८३ लाख सहयोग हस्तान्तरण गरिएको हो।
मेलम्ची खानेपानी आयोजनाबाट हेलम्बु गाउँपालिकालाई दुई करोड ५० लाख, मेलम्ची नगरपालिकालाई एक करोड ३६ लाख, पाँचपोखरी थानपाल गाउँपालिकालाई दुई करोड र इन्द्रावती गाउँपालिकालाई १५ लाख बराबरको तारजाली हस्तान्तरण गरिएको हो।
त्यसैगरी साल्टट्रेडिङ कर्पोरेशन लिमिटेडबाट एक हजार ५०० बण्डल जस्तापाता उपलब्ध गराइएको छ।
त्यसैगरी निर्माण व्यवसाय प्रवद्र्धन कोषबाट हेलम्बु गाउँपालिकालाई छ लाख र मेलम्ची नगरपालिकालाई चार लाख सहयोग घोषणा गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।