• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

संगीता थापा : जिन्दगीको क्यानभासमा आफैंलाई चुनौती

64x64
नेपाल लाइभ शनिबार, जेठ १९, २०७५  ००:५५
1140x725

नेपाली कला र कलाकर्मीको प्रोत्साहन र प्रवर्द्धनमा चिन्तित रहने आर्ट क्युरेटर संगीता थापालाई दुई साताअघि सिंगापुरमा फरक खालको चिन्ताले छोप्यो। उनी त्यहाँको एक अस्पतालको शय्यामा ब्रेन ट्युमर विरुद्ध रेडियसन लिइरहेकी थिइन्। त्यो समय उनको मनमा आफ्नो जीवन तल–माथि होला कि भन्ने कुनै डर थिएन। बरु गहिरो अत्यास थियो, ‘अबदेखि कलामाथि लेख्नै नसक्ने हुँ कि!’

यस्तो अत्यास लाग्नु पछाडिको कारण थियो, उनले सिंगापुर बसाइमा लेख्न खोज्दा पनि दिमाग रित्तो हुनु। २५ साइकल रेडियसन लिएकी उनले त्यस बीचमा एक कलाकारबारे लेख्न प्रयास गरेकी थिइन्। तर, ल्यापटपको किबोर्डमा औंला फिटिक्कै सरेनन्।

ब्रेन ट्युमर विरुद्ध कठोर संघर्ष गरिरहेकी उनी पहिलोपल्ट आत्तिइन्। उनलाई डर थियो– रोगले कतै कलालाई बुझ्ने र लेख्ने क्षमता पूर्णरुपमा ह्रास त गरिदिएन? 

उपचारपछि उनी नेपाल फर्किइन्। फर्केको भोलिपल्टै उनी लेख्न बसिन् र सफल पनि भइन्। उनका आँखाबाट सुखका मोती बगे। आफूबाट जीवनको महत्वपूर्ण हिस्सा छुटेर गएको रहेनछ भनेर उनी धन्य भइन्। 

त्यसपछि उनी फेरि उही दैनिकीमा फर्किएकी छिन्, जुन विगत ३१ वर्षदेखि चलिरहेको छ। उनी नेपाली चित्रकलाबारे व्याख्या, विश्लेषण, यिनको व्यवस्थापन, दर्शकको विकास र कलाकारलाई हौस्याउने लगायतका काम गरिरहेकी छिन्, तीन दशकदेखि। 

कलाप्रतिको उनको प्रेम हेर्दा लाग्छ– जुन दिनसम्म उनका आँखाले कलाको पारख गर्छन्, त्यो दिनसम्म संगीताले रोगमाथि विजय प्राप्त गरिरहनेछिन्। जसरी अहिले गरेकी छिन्।

उनलाई लाग्छ, ‘आफ्नै कलाप्रेम र धेरै कलाप्रेमीको शुभेच्छाका कारण रोग विरुद्ध लड्न सहज भएको छ। यसैले चाँडै काममा फर्किन सकेकी छु।’

सिंगापुरमा उनको उपचार चलिरहँदा धेरै कलाकार र कलाप्रेमीले लेखिपठाए– वी वान्ट यू। 

Ncell 2
Ncell 2
nimb
nimb

कलाकार र कलाप्रेमीहरु उनले केही दिन विश्राम लिँदा पनि न्यास्रो मान्छन्।  किनभने बितेका ३१ वर्षमा उनले धेरै कलाकारलाई ग्यालरीमा पहिलो पटक मौका दिएकी छिन्, दर्शकसामु चिनाएकी छिन्। धेरैका कलाबारे उजागर गर्दै महत्व बुझाइदिएकी छिन्। धेरै कला अर्थ्याइदिएकी छिन् र कलाको वर्तमान माहोल सिर्जना गर्न निरन्तर संघर्षरत छिन्।

दिनरात कलाकै उत्थानमा समय खर्चेकी कलाप्रेमी बिरामी भएको सुन्दा उनीहरुको मन कसरी थामिन सक्थ्यो र? त्यसैले उनको सुुस्वास्थ्यको कामना गरिरहे। 

‘यिनै शुभेच्छाहरु पनि हुन् मलाई चाँडै कला क्षेत्रमै फर्कन हुटहुटी दिने’, संगीता भन्छिन्। 

उपचार सकिएको छैन। डाक्टरले केही महिनापछि फेरि आउन भनेका छन्। तर, संगीता यसरी काममा होमिइसकिन् कि यसबारे थाहा नपाएकाहरुलाई लाग्छ कि केही भएकै छैन। 

Xtrem

Xtrem

चुनौतीसँग खेल्नु उनको सोख हो। चुनौती उनी अरुलाई होइन, आफैंलाई दिइरहन्छिन्। केही वर्षअघि ‘काठमाडौं ट्रेनाले’ आयोजना गरेपछि उनी बिरामी परिन्। त्यसको दौडधुप र तनावले उनलाई थला पारेको थियो। छोरीको अवस्था देखेपछि उनका बुवा (हिमालय शम्शेर)ले भने, ‘तिमी किन सधैं चुनौती मोलेर आफूलाई समस्यामा पारिरहन्छ्यौ?’

उनको प्रश्नवाचक जवाफ थियो, ‘मैले आफूलाई चुनौती दिइनँ भने योभन्दा अगाडि कसरी बढ्न सक्छु?’ 

संगीताले जीवनका ३१ वर्ष कलाको परखमै बिताइन्। नेपालमा ‘क्युरेटर’ भन्नेबित्तिकै उनकै नाम अग्रपंक्तिमा आउँछ, जो धेरै कलाकर्मी उभिने, देखिने र चिनिने मञ्च बनेको सिद्धार्थ आर्ट ग्यालरीको पर्याय नै बनेकी छन्। कलालाई देश–विदेशमा फैलाउने भोककै कारण उनी आफैंलाई चुनौती दिएर अविराम अगाडि बढिरहिन्।

त्यसो त कला प्रवर्द्धनमा सक्रिय रहँदै आए पनि आफू क्युरेटर हुँ भनेर उनलाई धेरैपछि थाहा भएको हो। सन् १९८७ देखि सन् २००२ सम्म उनले आफूलाई कलाप्रेमीका रुपमा चिनाइन्। सन् २००२ मा कला प्रदर्शनीकै क्रममा पाकिस्तान पुगेपछि उनलाई सोधियो– तिम्रो देशमा क्युरेटर को–को छन्? 

उनले प्रतिप्रश्न गरिन्, ‘क्युरेटर भनेको के हो? त्यसले के काम गर्छ?’  

कलाले भन्न खोजेका कुरा बुझ्ने र बुझाउने, त्यसमाथि लेख्ने, चित्रको थिम अनुसारको शीर्षक राख्ने र ग्यालरीमा झुन्ड्याउँदा पनि तर्कसंगत क्रम मिलाउन सक्ने मान्छेलाई क्युरेटर भनिने जवाफ पाइन्। 
उनले आफैंलाई भनिन्, ‘त्यो काम त म यत्रो वर्षदेखि आफैं गरिरहेकी छु।’ त्यसपछि उनले आफूलाई क्युरेटरका रुपमा चिनाउन थालिन्। 

कलासँग उनको चिनापर्ची पिता हिमालय शम्शेरले गराइदिएका हुन्। साहित्य र कलामा निकै रुची राख्ने हिमालय संयुक्त राष्ट्र संघका कूटनीतिज्ञ थिए। विभिन्न देश सरुवा भइरहने उनी त्यो देशका ग्यालरीहरुमा आफ्ना परिवारलाई पनि लैजाने गर्थे। उनी आफूसँग पनि कलाको संकलनै थियो। 

बुवाले यसरी उनमा कलाप्रति रस बसाइदिएपछि यो रुची बिस्तारै गहिरो लगावमा परिणत भयो। 

जन्मेको एक वर्षमै नेपाल छाडेकी उनी २२ वर्षको उमेरसम्म बुवासँगै विश्वका विभिन्न देश घुमिन् र कलाका विविधता अध्ययन गरिन्। पछि उनले फाइन आर्टमै औपचारिक शिक्षा पनि हासिल गरिन्। पढाइ सकिनेबित्तिकै सन् १९८३ मा उनको पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाका छोरा पूर्वमन्त्री सुनील थापासँग विवाह भयो।

विवाहपछि उनले नेपालका आर्ट ग्यालरी भ्रमण गरिन्। उनलाई याद छ, ‘त्यो बेला दरबारमार्गमा जे आर्ट ग्यालरी थियो। रागिनी उपाध्यायको पुमरी ग्यालरी थियो। किरणगोपाल पासा, शशिकला तिवारी लगायतका कलाकार सक्रिय हुनुहुन्थ्यो।’ 

विवाहपछि नेपालमै बसेकी उनमा आफैंले ग्यालरी सञ्चालन गर्ने रहर जाग्यो। उनले कान्तिपथमा सिद्धार्थ आर्ट ग्यालरी खोलिन्। 

विदेशमै बढेकी र पढेकी उनी नेपालमा धेरैलाई चिन्दिन थिइन्। उनले ग्यालरी खोलेपछि धेरैले भन्थे, ‘यो यसको सोख मात्रै हो। ६ महिना चलाएर बन्द गर्छे।’ 

तर, उनले खोलेको ग्यालरी ३१ वर्षदेखि निरन्तर चलिरहेकै छ। जसले नेपाली कला क्षेत्रमा प्रतिष्ठित चिनारी बनाइसकेको छ।

कलाको  बजार अहिले पनि उत्साहजनक छैन। ३१ वर्षअघि त झन् हुने कुरै भएन। थापा सम्झिन्छिन्, ‘कलाकारहरु र कलाप्रेमीको सानो सर्कल थियो। तर, माहोल भने त्यो समय पनि थियो।’

त्यो माहोल समयक्रममा माओवादी द्वन्द्वले केही हदसम्म बिथोल्यो। मानिसहरु ग्यालरी जान डराए। तर, त्यस्तो घडीमा पनि उनीहरुले माहोल बनाए। ‘शान्तिको चाहना’, ‘अब मिल्नुपर्छ’, ‘विकल्प के हो ?’ जस्ता थिममा कला सिर्जनाहरु र प्रदर्शनी भए। युद्धले कतै पुर्‍याउँदैन भन्ने भावना मानिसको मनमा हुर्काउन यी सिर्जनाले योगदान पुर्‍याएको संगीताको बुझाइ छ। 

कलाले सधैं तत्कालीन अवस्थाको चित्रण गर्दै राम्रा दिनको वकालत गर्छ। तर, आम भनाइ हुन्छ– कला बुझिँदैन!

क्युरेटर थापाको उत्तर छ, ‘हामीकहाँ कला सम्बन्धी शिक्षाको कमी छ। स्कुलदेखि नै कलाबारे पढाइ हुनुपर्छ। भर्खर–भर्खर कला पढेका शिक्षक आउँदा पनि अपेक्षा गरे अनुसार ज्ञान विस्तार हुन नसकेको हो।’

यसबाहेक कलाबारे उपलब्ध सामग्री पनि बढीजसो अंग्रेजी भाषामा हुँदा नेपालमा कलाबारे सबैतिर ज्ञान फैलिन नपाएको उनको बुझाइ छ। 

त्यस्तो अवस्थामा कलालाई करिअर बनाउन उनलाई केले उत्प्रेरित गर्‍यो होला? 

‘म करिअर बनाउँछु भनेर आएकी होइन’, उनले स्पष्ट पारिन्, ‘मलाई मेरो प्यासनले ड्राइभ गरेको हो।’

उनले फाइन आर्ट पढिन्। तर, त्यसभित्र काम गर्ने क्षेत्र रोज्दा आफूले बनाउने होइन, अरुले बनाएको कला प्रवर्द्धन गर्ने पेसा रोजिन्। यसमा कारण खुलाइन्, ‘त्यो समय राम्रा–राम्रा कलाकार हुनुहुन्थ्यो। तर, उहाँहरुका कलालाई व्यवस्थापन र मार्केटिङ गर्ने प्रशासकको कमी देखेँ।’

राजनीतिको केन्द्रभागमा रहेका सूर्यबहादुर थापाको परिवारकी बुहारी हुन् उनी। घरमा राजनीतिको ‘कोलाहलपूर्ण’ माहोल थियो, तर उनी कलाको शान्तिमै रहिन्, रमाइन्।  

बरु उनी नेताको घरकी जनता भइन्। कला मार्फत उनले राजनीति र राजनीतिज्ञप्रतिको जनचाहना पोखिन्। 

सन् २००६ मा उनकै नेतृत्वमा सिद्धार्थ आर्ट ग्यालरीमा ‘खुला ढोका’ कार्यक्रम भयो। राजा, माओवादी र राजनीतिक दलबीच संवाद नभइरहेका बेला कला र साहित्यको माध्यमबाट वार्ताका लागि दबाव सिर्जना गरिएको थियो। उनले भनिन्, ‘हाम्रो कार्यक्रमको उद्देश्य समाधान वार्ता नै हो र वार्ताको ढोका खुला हुनुपर्छ भन्ने थियो।’ 

कला क्षेत्रमा हिँडिरहँदा उनलाई कहिल्यै पनि यसमा राजनीति मिसाउन मन लागेन। त्यसैले राजनीतिको कतै र कुनै भागमा पनि जोडिन चाहिनन्। उनी भन्छिन्, ‘म राजनीतिमा आफ्नै बलबुताले माथि पुगेकी भए पनि ‘फलानीकी बुहारी भएकाले’ भन्ने आरोप सदा रहन्थ्यो। आफ्नो पहिचान आफैं बनाउनुपर्छ। म मेरो कामले चिनिनुपर्छ भन्ने लागेर त्यतातिर सोच्दै सोचिनँ।’

नाम चलेको व्यक्तित्वको छोरी–बुहारी हुनुका नाफाघाटा अनेक छन्। त्यसमध्ये उनले घाटा नहुने बाटो रोजिन्। परिवारका अरुको पहिचान नमिसिएर आफ्नै पहिचान बन्ने– कला क्षेत्र। 

नेपाली कला क्षेत्र अझै संघर्षरत छ। भर्खर–भर्खर बन्न लागेको माहोल २०७२ को भूकम्पले भत्काइदियो। भूकम्पले ललितकला, सिर्जना फाइन आर्ट कलेज, एकेडेमी अफ फाइन आर्ट र सरकारको संग्रहालयमा क्षति गर्‍यो। बनिरहेको माहोल पनि भूकम्पको कारण केही सुस्ताउँदा संगीता खिन्न छिन्। 

नेपालमा गुणस्तरीय पेन्टिङ बन्छन्। तर, त्यस अनुसार ग्राहक नभएको उनी बताउँछिन्। उनी भन्छिन्, ‘पेन्टिङको महत्व बुझ्ने ग्राहक हुँदा हुन् त हामीले निकै प्रगति गरिसकेका हुन्थ्यौं।’

अहिले नेपाली पौभा चित्र र थाङ्काको बजार चिनियाँ पारखीका कारण बढेको उनले देखिकी छिन्। चीनको अर्थतन्त्रको वृद्धिका कारण परम्परागत कला पौभा चित्रको माग बढेको उनी बताउँछिन्। भन्छिन्, ‘थाङ्का र पौभा त हामीले किन्न नसक्नेगरी महँगो भइसक्यो, तर त्यस अनुसार आधुनिक कलाको माहोल भने बनिसकेको छैन।’

तर, उनको हेराइमा नेपालमा गरिबीका कारण नभई कलाको महत्व नबुझेर यसको बजार कमजोर रहेको हो। उनले भर्खरै एक ग्यालरी घुम्न गएका व्यक्तिको कुरा उद्धृत गर्दै सुनाइन्, ‘एकजनाले पेन्टिङको मूल्य सोधेपछि प्रतिक्रिया दिएछन्– यो भन्दा त सुनको चुरा किनेर लगाउन ठीक छ।’

यो दृष्टिकोणको कुरा हो जस्तो उनलाई लाग्छ। कहिलेकाहीँ उनलाई लाग्छ, ‘मान्छेमा कलाप्रतिको भोक किन घट्दै गयो?’ 

उनी कला भनेपछि यति हुरुक्क हुन्छिन्, आफैंले आयोजना गरेको प्रदर्शनीमा पनि एउटा लोभी दर्शक उनीभित्रबाट हरदम चियाइरहेको हुन्छ। हरेक प्रदर्शनी नियाल्दा उनलाई सबै पेन्टिङ आफैं किनौं जस्तो लाग्छ। तर, त्यो कहाँ सम्भव हुन्छ र? 

सम्भव नहुँदा नहुँदै धेरै पेन्टिङ उनले जम्मा पारेर राखेकी छिन्। ती पेन्टिङले उनको घर भरिसक्यो। उनी भन्छिन्, ‘छोरा (सिद्धार्थ थापा)को घर भरिसकेँ। अब राख्ने ठाउँ छैन।’

उनी सबै प्रकारका पेन्टिङकी पारखी हुन्। तर, बिहान उठ्नेबित्तिकै धार्मिक विषयका कला हेर्न रुचाउँछिन्। त्यसबाहिर उनका रुचीका पेन्टिङ आधुनिक र ऐतिहासिक हुन्। 

‘दिमागको एक साइड साइन्स र अर्को साइड कला हुन्छ रे। मेरो त  एक साइड(कला बुझ्ने) मात्रै विकास भएछ कि’, उनी आफूमाथि व्यंग्य गर्छिन्। 

एक समय उनले कला र साहित्यलाई एकसाथ लगिन्। हिमालयन टाइम्समा कला र साहित्यका विषयमा नियमित स्तम्भ लेख्थिन्। उनको स्तम्भ लोकप्रिय पनि थियो। बुद्धिसागरको कविताकृति ‘हज्जारौं पृथ्वी हज्जारौं आकाश’ पनि प्रकाशन गरिन्। तर, एकजना पाठकले उनलाई सुझाए, ‘यसरी धेरै क्षेत्रमा हात हाल्नुभन्दा तपाईं कलामै केन्द्रित भएर लेख्नुहोस्। मान्छेहरु त्यसैका लागि सम्झिऊन्।’ 

त्यसपछि उनले साहित्य चटक्कै छाडिन् र निरन्तर कलाका बारेमा कलम चलाइरहेकी छिन्। 

कला क्षेत्रमा बिताएका जीवनका ३१ वर्ष नियाल्दा उनी सन्तोष नै भेट्छिन्। उनको ग्यालरीमा पहिलो पटक प्रदर्शनी गरेका धेरै कलाकार आज स्थापित भइसकेका छन्। पहिलेको तुलनामा कला चेतनाको स्तर बढ्दो क्रममा छ। मुख्य कुरा, आफ्नो रुचीको क्षेत्रमा रमाउँदै बाँच्न पाएकी छिन्। 

काठमाडौं कला पारखीको गन्तव्यस्थल बन्न सक्ने लाग्छ उनलाई। भन्छिन्, ‘दक्षिण एसियामा सबैसँग भ्रातृत्व भएको देश हो हाम्रो। पाकिस्तानलाई भारतमा कला प्रदर्शन गर्न गाह्रो छ। बंगलादेशका कलाकारलाई पाकिस्तानमा गाह्रो छ। तर, नेपालमा सबै आउन सक्छन्।’ 

सरकारले यसमा सहयोग गरिदिँदा सहज हुनसक्ने देखेकी छिन्। कला बुझ्ने सरकार भने कहिल्यै भेटेकी छैनन्। 

ऐतिहासिक र समय सान्दर्भिक कला सरकारले किनिदिए कलाकार र देश दुवैलाई फाइदा हुने उनी बताउँछिन्। सरकारले संरक्षण गर्न नसक्दा धेरै ऐतिहासिक महत्वका नेपाली कला विदेश पुगेको देखेर उनलाई चित्त बुझेको छैन। उनी भन्छिन्, ‘अहिले हाम्रा महत्वपूर्ण मूर्ति र कला हेर्न खोज्यो भने विदेश जानुपर्ने अवस्था छ। आफ्नै इतिहास हेर्न पनि अरुको देश जानुपर्ने यो कस्तो विडम्बना!’

विगत एक वर्षदेखि कलालाई उपचारको माध्यम बनाउने कार्यमा समेत उनी लागेकी छिन्। अस्पतालजन्य फोहर संकलन गरेर तिनलाई कलामा परिवर्तन गर्ने कार्य एक वर्षदेखि चलिरहेको छ। ‘हेल्थ ट्रान्सफर्म बाइ आर्ट’ नामक उक्त परियोजना कान्ति बाल अस्पतालमा सञ्चालित छ। 

जोखिमरहित अस्पतालजन्य फोहरको प्रयोग गरेर अस्पतालका भित्ता र खाली ठाउँमा चित्र राख्ने यो कार्यक्रमको उद्देश्य हो। यो कार्यको सुरुवात गर्दा सरकारी असहयोग खेप्नुपरेछ। अनुमति पाउनै धेरै समय लागेको तीतो यथार्थ पोखिन् उनले। उनलाई यो परियोजनामा अनोज सुवेदी, राजु गिरि र सृष्टि शाक्यले सघाएका छन्।

आर्ट थेरापिस्ट लज्जा दीक्षितले यो अवधारणालाई जीवन्त तुल्याउन महत्वपूर्ण भूमिका खेलेकी छिन्। भित्तेचित्र डिजाइन र चित्रण कलाकार किरण महर्जन र श्रद्धा श्रेष्ठले गरेको उनी बताउँछिन्। 

‘जोकोहीलाई अस्पताल पुगेपछि तनावको मात्रा बढ्छ नै। एकछिन तिनै चित्रतिर आँखा डुलाएर तनाव भुल्न सहयोग होस् भन्ने हाम्रो चाहना हो’, थापाले भनिन्। 

उनी आफैं पनि त आफ्नो रोगको एउटा औषधि यही कलालाई बनाइरहेकी छिन्। जसले जस्तोसुकै पीडाको क्यानभासमा पनि हरदम खुसी सजाइरहेकी छिन्।

प्रकाशित मिति: शनिबार, जेठ १९, २०७५  ००:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द
आज विदेशी मुद्राको विनिमय दर कति ?
सम्बन्धित सामग्री
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना हाल देशभर मनसुनी वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाश... सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द चितवन र धादिङमा निरन्तर वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि नारायणगढ–मुग्लिन सडकखण्ड र पृथ्वी राजमार्गमा सबै सवारी साधनको आवागम... सोमबार, असोज १२, २०८३
भेरी नदीको टापुमा फसेका चार जनाको हेलिकोप्टरबाट उद्धार जाजरकोटको भेरी नगरपालिका–१३ कुदुस्थित भेरी नदीमा दाउरा निकाल्न गएका चार जना आइतबार दिउँसो नदीको बीच टापुमा फसेका थिए । नदीमा पानीको... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
देशभर आंशिक बदली, हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना सोमबार, असोज १२, २०८३
निरन्तर वर्षापछि नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा सवारी आवागमन बन्द सोमबार, असोज १२, २०८३
आज विदेशी मुद्राको विनिमय दर कति ? सोमबार, असोज १२, २०८३
संघीय संसद्का दुवै सदनको बैठक बस्दै सोमबार, असोज १२, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्