Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

राजमार्गको अवरोध एक घण्टाभित्र हटाउन प्राविधिक जनशक्तिसहित उपकरण परिचालन

64x64
रासस शुक्रबार, असार २५, २०७८  १३:२०
1140x725

रसुवा- वर्षायाममा हुने अवरोध हटाई तत्काल यहाँका राजमार्ग सञ्चालन गराउन पूर्वतयारी गरिएको छ। यस वर्ष जेठदेखि भारी वर्षा सुरु भएको र स्याउबारीदेखि रसुवागढी क्षेत्रको करिब ४५ किलोमिटर सडकका भूभागमा अनगिन्ती पहिरो जान थालेपछि सडक विभागले एक घण्टाभित्र अवरोध हटाउन प्राविधिक जनशक्तिसहित उपकरण तैनाथ गरेको हो।

सडक हेर्ने डिभिजन सडक कार्यालय नुवाकोटका दुई इञ्जिनियर उपकरणसहित तैनाथ भएकाले यस वर्षको सडक अवरोध तत्काल हट्नेमा आफूहरू आशावादी भएको चालकले बताएका छन्। यही असार १ गते आएको भीषण बाढीले सिन्धुपाल्चोकको तातोपानी नाका अवरूद्ध बनाएपछि चीनसँगको कारोवार गर्ने एकमात्र उत्तरी रसुवागढी नाका सहज पार्न जिल्ला विपद् व्यवस्थापन समितिको आग्रहमा यस वर्ष सडक विभागले विशेष चासो देखाएको छ।

आकस्मिकरूपमा आउने पहिरो पन्छाउन यतिबेला यहाँका सडकमार्गमा दुई टिपर, एक डोजर, एक लोडर र दुई स्काभेटर तैनाथ गरिसकिएको इञ्जिनियर राजेन्द्र महर्जनले जानकारी दिए। जिल्ला प्रहरी कार्यालयका अनुसार यही असार १ गतेयता २५ भन्दा बढी स्थानका सडक अवरोध हटाइएको छ।

असार पहिलो हप्ता सडकको अवरोध हटाउन सुरक्षा जनशक्ति बढी खट्नु परिरहेको अवस्थामा तैनाथ गरिएका सरकारी उपकरणले केही सहजता आएको बताइएको छ। रसुवागढी क्षेत्रका राजमार्ग खुलाउन विगतदेखि नै निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाले निरन्तर उपकरण सहयोग गरिरहेको छ। यस वर्षदेखि निर्माण चरणमा अगाडि बढिरहेको १२० मेगावाट भोटेकोशी जलविद्युत् आयोजनाले पनि पहिरो पन्छाउन उपकरण उपलब्ध गराई सहयोगी भूमिका निर्वाह गर्दै आएको छ।

यस्तै आकस्मिक कार्यका लागि सडक कार्यालयले प्रहरीलाई उपकरण दिएको भन्ने केही सञ्चारमाध्यमको सूचना यथार्थ नभएको जनाइएको छ। औजार प्राप्त भएको र आमनागरिकलाई जानकारी गराउन ती औजार प्राप्त गरेकै दिन प्रहरीको फेसबुकमार्फत् सार्वजनिक गरिएको प्रहरी प्रमुख देवेन्द्र पाण्डेले बताए। स्थानीय प्रशासनको आदेशमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलले सडक सञ्चालनदेखि लिएर विपद् व्यवस्थापनमा गरेको योगदान उल्लेखनीय भएको नागरिक समाजले जनाएको छ।

Ncell 2
Ncell 2
nimb
nimb

भारी वर्षाका कारण पहिराको जोखिम बढेपछि त्रिशूली र भोटेकोशी नदी किनारमा रहेको नयाँ राजमार्ग सुधारका सबै काम वर्षायाम भरका लागि बन्द गरिएको छ। छोटो दूरीको बेत्रावतीदेखि मैलुङ हुँदै स्याफ्रुबेँसी तर्फको राजमार्गमा जोखिम बढेपछि बेत्रावती, धुञ्चेतर्फको मार्ग मात्र सञ्चालन गराइएको गल्छी-मैलुङ-स्याफ्रु सडक विस्तार आयोजनाका प्रमुख नारायणदत्त भण्डारीले बताए।

सडक विस्तार आयोजनाका साथै डिभिजन सडक कार्यालयकोसमेत जिम्मेवारी सम्हालेका कारण पासाङल्हामु मार्गमा हुने अवरोध एक घण्टाभित्र हटाई सवारीसाधन निर्वाध सञ्चालन गराउन आवश्यक उपकरणसहित आफू पूर्वतयारीमा रहेकाले चीनबाट ल्याइने सामग्री निर्धक्क साथ आयात गर्न व्यापारी व्यवसायी वर्गलाई आग्रह गरिएको प्रमुख भण्डारीले जानकारी दिए।

विगतका तुलनामा यस वर्ष पासाङल्हामु मार्गका बेत्रावती, कालिकास्थान, धुञ्चे र स्याफ्रुबेँसी क्षेत्रका अधिकांश असहज भागका उल्लेखनीय सुधार गरिएको तथा केही भागका काम निरन्तर अगाडि बढिरहेको डिभिजन सडक कार्यालयले जनाएको छ। बेत्रावतीदेखि कालिकास्थान, धुञ्चे हुँदै स्याफ्रुबेँसीसम्मका सडक सुधारका लागि विनियोजित २० करोड रुपैयाँमध्ये करिब १० करोड रुपैयाँ रकमले असहज स्थानका सडक सतह ढलानसमेत गरिएको छ।

Xtrem
Xtrem

चीनसँगको कारोबार गर्ने व्यापारिक नाका सहज र बलियो बनाउन सरकारले रकम विनियोजन गरे पनि कार्यस्थलमा यथेष्ट काम हुन नसक्दा १० करोड रुपैयाँ फ्रिज जाने भएको छ। कोरोनाको सङ्क्रमण, निर्माण सामग्रीको अभाव, रोग नियन्त्रणका लागि स्थानीय प्रशासनको निषेधाज्ञाजस्ता कारणले विनियोजित रकम बराबरको काम हुन नसकेको सडक सुधारका कार्य गराउने इञ्जिनियर महर्जनले बताए।

इञ्जिनियर महर्जनका अनुसार साविक कालोपत्र उप्केका एक हजार २०० मिटर भागमा मर्मत, ३५० मिटरमा ग्याबिन पर्खाल निर्माण, दुई हजार ६०० मिटर सडक सतहमा ढलान र दुई किलोमिटर नाली मर्मत गरिएको बताइएको छ।

प्रकाशित मिति: शुक्रबार, असार २५, २०७८  १३:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
कांग्रेसको मतदान समय दोस्रोपटक सर्‍यो, अब दिउँसो १ बजेदेखि बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० बिहीबार, असोज २२, २०८३
आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुई-तिहाइ बहुमतले निर्वाचित बिहीबार, असोज २२, २०८३
कांग्रेसको नयाँ नेतृत्व चयन गर्न ६ बजेसम्म तीन स्थानमा मतदान हुने बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
नाना पाटेकरको हृदयघातबाट निधन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्