• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
सोमबार, जेठ २६, २०८२ Mon, Jun 9, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको आग्रह– ‘एमालेहरु मिल्न थाले, माओवादी पनि मिलौं’
64x64
वीरेन्द्र ओली बिहीबार, असार २४, २०७८  २१:५७
1140x725

काठमाडौं– गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ठूलै हलचल आयो। नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्ष एकातिर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष अर्कोतिर उभिए। व्यवहारतः नै नेकपा फुटेसरह भयो। त्यतिञ्जेल प्रचण्डनिकट मानिएका पूर्वमाओवादीका नेताहरु पनि ओलीतिर लागे। 

त्यसबेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओली क्याबिनेटमै थिए। पुस ५ पछि आफूतिर आएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङलाई पनि ओलीले आफ्नो क्याबिनेटमा भित्र्याए। उनीहरु नेकपालाई मान्यता नदिएर साबिकका एमाले र माओवादी केन्द्र ब्युँताउँने सर्वोच्च अदालतको फैसलापछि पनि प्रचण्डतिर फर्किएनन्, बरु माओवादी छाडेर एमाले बने। 

एमालेतर्फ लागेपछि माओवादीले उनीहरुलाई कारबाही गर्यो, अनि सांसद पद गुम्यो। दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनसँगै उनीहरुको मन्त्री पद पनि अदालतको आदेशबाट गयो। एमालेतर्फ लागेर ‘बिलखबन्द’मा परेका तिनै पूर्वमाओवादी नेताहरु फेरि एमाले छाडेर माओवादीतर्फ फर्कने पाइला उचाल्न कस्सिएका छन्। यतिसम्म कि उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि अरु प्रभावशाली नेताहरुलाई भेटेर ‘पुनः माओवादीमै फर्कने वातावरण मिलाउन’ आग्रह गर्नथालेका छन्। 

‘उहाँहरुले पछिल्लो समय नेताहरुलाई भेटेर एमालेहरु मिल्न कस्सिए, अब हामी माओवादीहरु पनि मिल्नुपर्यो भनिरहनुभएको छ’, माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले नेपाल लाइभसँग भने। ती स्थायी कमिटी सदस्यका अनुसार उनीहरुले एमालेमा आफूहरुको गणना नै हुन छाडेको गुनासो गर्दै बरु माओवादीमै फर्कन चाहेको बताइरहेका छन्। 

एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा लगायतसँग यसबारे निरन्तर छलफल गरिरहेका छन्। ‘प्रचण्ड कमरेडसहित दोस्रो तहका नेताहरुसँग उहाँहरुले औपचारिक तथा अनौपचारिक रुपमै कुराकानी गरिरहनुभएको छ’, प्रचण्डनिकट स्रोतले भन्यो, ‘एमालेमा बस्दा हामीलई गाह्रो भयो। अब एमालेहरु मिल्ने भए। हामी पनि मिल्नुपर्यो, हामीलाई माओवादीमा फर्काउनु पर्‍यो भनिरहनुभएको छ।’

के एमालेमा रहेका सबै पूर्वमाओवादी नेताहरुले फर्कने जोडबल गरिरहेका हुन्। ‘बादलजीले सिधै भन्नुभएको त छैन, मुख्यतः टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहजीहरुले यसका निम्ति भेटघाट र छलफल गरिरहनुभएको छ’, आफूले समेत उनीहरुसँग यसबारे कुरा गरेका एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरु हरेक कुरा सल्लाहमै गरिरहनुभएको छ, त्यसकारण बादलजीको पनि यसमा रुचि छ भनेर बुझ्नुपर्यो।’

हामीले अहिले एमालेमा रहेका पूर्वमाओवादी नेता प्रभु साहलाई यसबारे सोध्यौं। एमाले केन्द्रीय सदस्य साहले आफूहरु माओवादीमै फर्किने भन्दा पनि ‘अग्रगामी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने’ पहलमा लागेको जिकिर गरे। ‘अहिले देश काल परिस्थिति तरल छ। यस्तो अवस्थामा अग्रगामी शक्तिहरुबीच छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ।’ त्यो भनेको माओवादीमै फर्कने तयारी हो त भन्ने प्रश्नमा उनले भने, ‘माओवादीमा फर्किने भन्दा पनि कम्युनिस्टहरुको एउटा सेन्टर चाहिन्छ होला। देशलाई ठिक दिशातिर लैजान अग्रगामी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प छैन। हामी त्यो पहल गरिरहेका छौं।’ अग्रगामी शक्तिहरुवीच सकेसम्म एकता, नभए पनि मोर्चाबन्दी गरेर जानुपर्ने साहले बताए। 

भित्रभित्रै माओवादी फर्काउने वातावरण बनाउन आग्रह गरिरहेका उनीहरुले बुधबार भने निर्वाचन आयोगलाई गुहारेर माओवादी केन्द्र खारेजीको माग गरेका छन्। महाधिवेशन नगरेर संविधान र कानुनको व्यवस्था उल्लंघन गरेको दाबी गर्दै उनीहरुले त्यहीकारण दल दर्ता खारेज हुनुपर्ने जिकिर गरेका छन्। माओवादी केन्द्रका एक नेता भने खारेजीको माग गरेर माओवादीमा फर्काउन दबाब बढाउन खोजेको बताउँछन्। 

Ncell 2
Ncell 2

गत असार ४ गते पनि रायमाझी र साह निर्वाचन आयोग पुगेका थिए। त्यहाँ पुग्नुअघि रायमाझीले प्रचण्डलाई फोन गरेका थिए। त्यसबेला पनि उनले आफूहरुलाई माओवादीमा फर्काउन आग्रह गरेको प्रचण्डनिकट स्रोतले बतायो। जवाफमा प्रचण्डले तत्काल माओवादीमा फर्कंदा पार्टीमा समस्या हुने भएकाले केही समय एमालेमै रहन आग्रह गरेको अर्का एक स्थायी कमिटी सदस्यले बताए। ‘उहाँहरुले हामी नेकपामा हुँदा ओली पक्षमा गएका हौं, एमाले बनाउने भए जाने थिएनौं, सर्वोच्च अदालतले हामीलाई एमाले बनायो भनिरहनुभएको छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘एमाले भएपछि एमालेहरु मिल्न थाले। हामीलाई पुरानै पार्टीमा फर्काउनु पर्‍यो भनेर प्रचण्ड कमरेडलाई आग्रह गर्नु भएछ।’ 

प्रचण्डले माओवादीमै फर्किने वातावरण नबनाएपछि रायमाझी र साह निर्वाचन आयोग गएर हाम्रो पार्टी कुन हो भन्दै हेरिदिन आग्रह गरेका थिए। अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई मान्यता नदिएपछि पूर्वमाओवादी समुहका नेताहरु ‘पार्टी खोज्न’ निर्वाचन आयोग पुगेका थिए।

तत्कालीन नेकपामा संकट चुलिएपछि रामबहादुर थापा ‘बादल’ गत पुस ९ गते केन्द्रीय कमिटी बैठकमा सहभागी भएर ओलीपक्षमा खुलेर लागेका थिए। लेखराज भट्ट बादल भन्दा अघिदेखि नै ओलीपक्षमा खुलेर लागेका थिए। टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारु र दावा तामाङ ओलीले मन्त्री बनाएपछि गत पुस १० गते मन्त्री पदको सपथ लिएर ओलीपक्षमा खरो उत्रिएका थिए। 

त्यसपछि प्रदेश सभाबाट ८ जना र स्थानीय तहका विभिन्न जिल्लाबाट १८ जना एमाले प्रवेश गरेका थिए। गत जेठ ६ गते सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनलाई गैरसंवैधानिक भन्दै पूर्वमाओवादीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेपछि पूर्वमाओवादी समूहका ७ जना मन्त्री सरकारबाट बाहिरिएका थिए। अदालतले मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपनि त्यसमा प्रधानमन्त्री ओलीको ‘सेटिङ’ रहेको बुझाई पूर्वमाओवादी नेताहरुमा छ। हुँदाखाँदाको मन्त्री पद पनि यसरी खोसिएको बुझाई भएपछि पूर्वमाओवादी नेताहरुले आफ्नो पुरानो पार्टी सम्झिएको बताइन्छ। 

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतामध्ये अहिलेसम्म एक जना पनि फर्किएका छैनन्। ओलीले एमाले प्रवेश गरेका २३ जना नेतालाई एमालेको केन्द्रीय कमिटीमा राखेका छन्। माओवादीबाट एमाले प्रवेश गर्ने नेताको संख्या धेरै भएपनि स्थानीयस्तरबाट कार्यकर्ताले साथ नदिएपछि एमालेमै बस्न सकस भएको हो। एमालेमा चलिरहेको एकता प्रयास सफल भएमा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष समेत एमालेमै रहने भएपछि पूर्वमाओवादी समूहका नेताहरुलाई थप कठिनाई महसुस भएको हो। यसले पनि उनीहरुलाई पुरानै पार्टीमा फर्काउन दबाब बढाएको बताइन्छ। 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची आजको सम्भावित दैनिक कार्यसूचीमा राष्ट्रिय सभाका सचिव डा. सुरेन्द्र अर्यालले “जलस्रोत विधेयक, २०८१” का सम्बन्धमा प्रतिनिधि सभाबाट प्र... सोमबार, जेठ २६, २०८२
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची यसैगरी, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘सङ्घीय निजामती सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर... सोमबार, जेठ २६, २०८२
भिजिट भिसा प्रकरणबारे विपक्षी दलबीच छलफल जारी रहेपनि सहमति भएको छैन : हितराज पाण्डे आइतबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले सत्तापक्ष र प्रतिपक्षीबीच छलफल भइरहेको भन्दै अहिलेसम्म कुनै सहमति... आइतबार, जेठ २५, २०८२
ताजा समाचारसबै
ठगी रोक्न प्रत्यारोपणमा उपयोग हुने वस्तु सरकारी फार्मेसीमै अनिवार्य गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र सोमबार, जेठ २६, २०८२
मेनपावर कम्पनी नवीकरण गर्दा गुगल लोकेसन अनिवार्य (सुचनासहित) सोमबार, जेठ २६, २०८२
नयाँ कार्यक्रमका लागि कृषिमा छैन बजेट, किसानलाई निराश पार्ने बजेट सोमबार, जेठ २६, २०८२
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
लुम्बिनी केबलकार चढ्न पुगे दुई वर्षमा साढे तीन लाख पर्यटक सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली
काठमाडौँको कीर्तिपुरस्थित क्रिकेट रंगशाला निर्माणको निरीक्षण गर्दै प्रधानमन्त्री केपी शर्मा ओली सोमबार, जेठ २६, २०८२
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो)
नेताहरुको योगदानका बारेमा प्रचार प्रसार गर्न आवश्यक छ (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो)
प्रधानमन्त्रीद्वारा अनेरास्ववियुको महाधिवेशन उद्घाटन (भिडियो) आइतबार, जेठ २५, २०८२
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो)
धुलिखेल–खावा सडक : दुई वर्षदेखि सास्ती खेपिरहेका सर्वसाधारण (भिडियो) आइतबार, जेठ २५, २०८२
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो)
प्रतिपक्षीले विरोध जनाएपनि प्रतिनिधिसभाको बैठक सञ्चालन हुने (भिडियो) आइतबार, जेठ २५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अमेरिकाबाट ‘डिपोर्ट’ गरिएका नेपाली लिएर आउँदै अमेरिकी चार्टर्ड विमान आइतबार, जेठ २५, २०८२
स्कटल्यान्डसँगको थ्रीलर गेममा नेपाल २ रनले पराजित, तीन ब्याटरको अर्धशतक आइतबार, जेठ २५, २०८२
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन आइतबार, जेठ २५, २०८२
नेपाल टेलिकमकी प्रबन्ध निर्देशक पहाडीसहितलाई भ्रष्टाचार मुद्दा आइतबार, जेठ २५, २०८२
अमेरिकाबाट डिपोर्ट गरिएका ३७ नेपाली काठमाडौँ आईपुगे सोमबार, जेठ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
अवुधावीमा मनाइयो गणतन्त्र दिवस नेपाल लाइभ
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
आजको मौसमः देशभर आंशिक बदली, केहि स्थानमा भारी वर्षाको सम्भावना बुधबार, जेठ २१, २०८२
बरु ६ महिना यात्रा नगरौँ, यातायात व्यवसायीको धम्कीबाट नडराऔँ : सांसद शाही मंगलबार, जेठ २०, २०८२
माधव नेपालको सांसद पद निलम्बन बिहीबार, जेठ २२, २०८२
सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त मंगलबार, जेठ २०, २०८२
भिजिट भिसा प्रकरण : संसद् खोल्न कांग्रेसले राखेको प्रस्ताव रास्वपाद्वारा अस्वीकार बिहीबार, जेठ २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्