• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताको आग्रह– ‘एमालेहरु मिल्न थाले, माओवादी पनि मिलौं’

64x64
वीरेन्द्र ओली बिहीबार, असार २४, २०७८  २१:५७
1140x725

काठमाडौं– गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा ठूलै हलचल आयो। नेकपामा अध्यक्ष एवं प्रधानमन्त्री ओलीको पक्ष एकातिर, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालपक्ष अर्कोतिर उभिए। व्यवहारतः नै नेकपा फुटेसरह भयो। त्यतिञ्जेल प्रचण्डनिकट मानिएका पूर्वमाओवादीका नेताहरु पनि ओलीतिर लागे। 

त्यसबेला गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योगमन्त्री लेखराज भट्ट ओली क्याबिनेटमै थिए। पुस ५ पछि आफूतिर आएका टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा तामाङलाई पनि ओलीले आफ्नो क्याबिनेटमा भित्र्याए। उनीहरु नेकपालाई मान्यता नदिएर साबिकका एमाले र माओवादी केन्द्र ब्युँताउँने सर्वोच्च अदालतको फैसलापछि पनि प्रचण्डतिर फर्किएनन्, बरु माओवादी छाडेर एमाले बने। 

एमालेतर्फ लागेपछि माओवादीले उनीहरुलाई कारबाही गर्यो, अनि सांसद पद गुम्यो। दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनसँगै उनीहरुको मन्त्री पद पनि अदालतको आदेशबाट गयो। एमालेतर्फ लागेर ‘बिलखबन्द’मा परेका तिनै पूर्वमाओवादी नेताहरु फेरि एमाले छाडेर माओवादीतर्फ फर्कने पाइला उचाल्न कस्सिएका छन्। यतिसम्म कि उनीहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डदेखि अरु प्रभावशाली नेताहरुलाई भेटेर ‘पुनः माओवादीमै फर्कने वातावरण मिलाउन’ आग्रह गर्नथालेका छन्। 

‘उहाँहरुले पछिल्लो समय नेताहरुलाई भेटेर एमालेहरु मिल्न कस्सिए, अब हामी माओवादीहरु पनि मिल्नुपर्यो भनिरहनुभएको छ’, माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले नेपाल लाइभसँग भने। ती स्थायी कमिटी सदस्यका अनुसार उनीहरुले एमालेमा आफूहरुको गणना नै हुन छाडेको गुनासो गर्दै बरु माओवादीमै फर्कन चाहेको बताइरहेका छन्। 

एमालेमा रहेका पूर्वमाओवादी नेताहरुले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित नेताहरु देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा लगायतसँग यसबारे निरन्तर छलफल गरिरहेका छन्। ‘प्रचण्ड कमरेडसहित दोस्रो तहका नेताहरुसँग उहाँहरुले औपचारिक तथा अनौपचारिक रुपमै कुराकानी गरिरहनुभएको छ’, प्रचण्डनिकट स्रोतले भन्यो, ‘एमालेमा बस्दा हामीलई गाह्रो भयो। अब एमालेहरु मिल्ने भए। हामी पनि मिल्नुपर्यो, हामीलाई माओवादीमा फर्काउनु पर्‍यो भनिरहनुभएको छ।’

के एमालेमा रहेका सबै पूर्वमाओवादी नेताहरुले फर्कने जोडबल गरिरहेका हुन्। ‘बादलजीले सिधै भन्नुभएको त छैन, मुख्यतः टोपबहादुर रायमाझी, लेखराज भट्ट र प्रभु साहजीहरुले यसका निम्ति भेटघाट र छलफल गरिरहनुभएको छ’, आफूले समेत उनीहरुसँग यसबारे कुरा गरेका एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरु हरेक कुरा सल्लाहमै गरिरहनुभएको छ, त्यसकारण बादलजीको पनि यसमा रुचि छ भनेर बुझ्नुपर्यो।’

हामीले अहिले एमालेमा रहेका पूर्वमाओवादी नेता प्रभु साहलाई यसबारे सोध्यौं। एमाले केन्द्रीय सदस्य साहले आफूहरु माओवादीमै फर्किने भन्दा पनि ‘अग्रगामी शक्तिहरु एक ठाउँमा उभिनु पर्ने’ पहलमा लागेको जिकिर गरे। ‘अहिले देश काल परिस्थिति तरल छ। यस्तो अवस्थामा अग्रगामी शक्तिहरुबीच छलफल गर्नुपर्ने आवश्यकता देखिएको छ।’ त्यो भनेको माओवादीमै फर्कने तयारी हो त भन्ने प्रश्नमा उनले भने, ‘माओवादीमा फर्किने भन्दा पनि कम्युनिस्टहरुको एउटा सेन्टर चाहिन्छ होला। देशलाई ठिक दिशातिर लैजान अग्रगामी शक्तिहरु एक ठाउँमा उभिनुको विकल्प छैन। हामी त्यो पहल गरिरहेका छौं।’ अग्रगामी शक्तिहरुवीच सकेसम्म एकता, नभए पनि मोर्चाबन्दी गरेर जानुपर्ने साहले बताए। 

भित्रभित्रै माओवादी फर्काउने वातावरण बनाउन आग्रह गरिरहेका उनीहरुले बुधबार भने निर्वाचन आयोगलाई गुहारेर माओवादी केन्द्र खारेजीको माग गरेका छन्। महाधिवेशन नगरेर संविधान र कानुनको व्यवस्था उल्लंघन गरेको दाबी गर्दै उनीहरुले त्यहीकारण दल दर्ता खारेज हुनुपर्ने जिकिर गरेका छन्। माओवादी केन्द्रका एक नेता भने खारेजीको माग गरेर माओवादीमा फर्काउन दबाब बढाउन खोजेको बताउँछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

गत असार ४ गते पनि रायमाझी र साह निर्वाचन आयोग पुगेका थिए। त्यहाँ पुग्नुअघि रायमाझीले प्रचण्डलाई फोन गरेका थिए। त्यसबेला पनि उनले आफूहरुलाई माओवादीमा फर्काउन आग्रह गरेको प्रचण्डनिकट स्रोतले बतायो। जवाफमा प्रचण्डले तत्काल माओवादीमा फर्कंदा पार्टीमा समस्या हुने भएकाले केही समय एमालेमै रहन आग्रह गरेको अर्का एक स्थायी कमिटी सदस्यले बताए। ‘उहाँहरुले हामी नेकपामा हुँदा ओली पक्षमा गएका हौं, एमाले बनाउने भए जाने थिएनौं, सर्वोच्च अदालतले हामीलाई एमाले बनायो भनिरहनुभएको छ’, ती स्थायी कमिटी सदस्यले भने, ‘एमाले भएपछि एमालेहरु मिल्न थाले। हामीलाई पुरानै पार्टीमा फर्काउनु पर्‍यो भनेर प्रचण्ड कमरेडलाई आग्रह गर्नु भएछ।’ 

प्रचण्डले माओवादीमै फर्किने वातावरण नबनाएपछि रायमाझी र साह निर्वाचन आयोग गएर हाम्रो पार्टी कुन हो भन्दै हेरिदिन आग्रह गरेका थिए। अदालतले एमालेको दशौं महाधिवेशन आयोजक कमिटीका निर्णयलाई मान्यता नदिएपछि पूर्वमाओवादी समुहका नेताहरु ‘पार्टी खोज्न’ निर्वाचन आयोग पुगेका थिए।

तत्कालीन नेकपामा संकट चुलिएपछि रामबहादुर थापा ‘बादल’ गत पुस ९ गते केन्द्रीय कमिटी बैठकमा सहभागी भएर ओलीपक्षमा खुलेर लागेका थिए। लेखराज भट्ट बादल भन्दा अघिदेखि नै ओलीपक्षमा खुलेर लागेका थिए। टोपबहादुर रायमाझी, मणि थापा, प्रभु साह, गौरीशंकर थारु र दावा तामाङ ओलीले मन्त्री बनाएपछि गत पुस १० गते मन्त्री पदको सपथ लिएर ओलीपक्षमा खरो उत्रिएका थिए। 

त्यसपछि प्रदेश सभाबाट ८ जना र स्थानीय तहका विभिन्न जिल्लाबाट १८ जना एमाले प्रवेश गरेका थिए। गत जेठ ६ गते सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनलाई गैरसंवैधानिक भन्दै पूर्वमाओवादीबाट मन्त्री बनेकाहरुलाई पदमुक्त गरेपछि पूर्वमाओवादी समूहका ७ जना मन्त्री सरकारबाट बाहिरिएका थिए। अदालतले मन्त्रिपरिषद विस्तारलाई खारेज गरेपनि त्यसमा प्रधानमन्त्री ओलीको ‘सेटिङ’ रहेको बुझाई पूर्वमाओवादी नेताहरुमा छ। हुँदाखाँदाको मन्त्री पद पनि यसरी खोसिएको बुझाई भएपछि पूर्वमाओवादी नेताहरुले आफ्नो पुरानो पार्टी सम्झिएको बताइन्छ। 

एमाले प्रवेश गरेका पूर्वमाओवादी नेतामध्ये अहिलेसम्म एक जना पनि फर्किएका छैनन्। ओलीले एमाले प्रवेश गरेका २३ जना नेतालाई एमालेको केन्द्रीय कमिटीमा राखेका छन्। माओवादीबाट एमाले प्रवेश गर्ने नेताको संख्या धेरै भएपनि स्थानीयस्तरबाट कार्यकर्ताले साथ नदिएपछि एमालेमै बस्न सकस भएको हो। एमालेमा चलिरहेको एकता प्रयास सफल भएमा वरिष्ठ नेता माधवकुमार नेपालपक्ष समेत एमालेमै रहने भएपछि पूर्वमाओवादी समूहका नेताहरुलाई थप कठिनाई महसुस भएको हो। यसले पनि उनीहरुलाई पुरानै पार्टीमा फर्काउन दबाब बढाएको बताइन्छ। 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
एनआरएनएका माग सम्बोधन हुन्छन् : रास्वपा नेता गणेश पराजुली गैरआवासीय नेपाली संघ युरोप क्षेत्रीय १७औँ सम्मेलनको सोमबार आयरल्यान्डको डब्लिनमा आयोजित उद्घाटन सत्रलाई सम्बोधन गर्दै सांसद पराजुलील... मंगलबार, साउन २६, २०८३
दिउँसो १ बजे प्रतिनिधि सभा बैठक, ११ बजे दुई संसदीय समितिका बैठक बस्दै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा ‘ २०८२ भदौ २३ र २४ गते भएको आन्दोलन र घटनाका कारण जलेका स्रेस्ता सम्बन्धमा’ छलफल गर... मंगलबार, साउन २६, २०८३
पत्रकारसँग प्रचण्डका १० कुरा : बालेनदेखि रवि, संविधान संशोधनदेखि वाम–लोकतान्त्रिक सहकार्यसम्म सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
आयरल्यान्डलाई हराउँदै अफगानिस्तान २०२७ को विश्वकपमा छनोट मंगलबार, साउन २६, २०८३
अर्थमन्त्री र बहुराष्ट्रिय ठूला करदाता कम्पनीबीच छलफल, नेपालमा २०० अर्ब लगानी थपिँदै मंगलबार, साउन २६, २०८३
रहेनन् वरिष्ठ साहित्यकार डा. राजेन्द्र बिमल, शोकमा डुब्यो जनकपुर मंगलबार, साउन २६, २०८३
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् मंगलबार, साउन २६, २०८३
ब्रोड पिक’ हिमपहिरोमा निधन भएका ३ नेपालीको शव आज काठमाडौँ ल्याइँदै मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
‘सिंहदरबार’ नाममाथि बहस चल्दा शङ्कर पोखरेलले सम्झाए सिंहका ६ विशेषता सोमबार, साउन २५, २०८३
काठमाडौं विश्वविद्यालयको कुलपतिका लागि तीन जनाको नाम सिफारिस सोमबार, साउन २५, २०८३
नेपाली क्रिकेटको कप्तानीमा फर्किए सन्दीप, एसीसीसी प्रिमियर कपका लागि टोली घोषणा सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
किशोरीको डिम्ब निकालेको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले? आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्