• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले प्रवेश गरेका नेताले आयोगमा निवेदन दिँदैमा माओवादी केन्द्र खारेज हुन्छ ? 

64x64
दुर्गा दुलाल बिहीबार, असार २४, २०७८  १५:४९
1140x725

काठमाडौं- नेकपा माओवादी केन्द्र खारेजीको माग गर्दै उक्त पार्टीबाट एमाले प्रवेश गरेका पुर्वसांसद रामबहादुर थापा ‘बादल’ पक्ष बुधबार निर्वाचन आयोग पुग्यो। बादल समूहको तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएका छन्। 

‘नेकपा माओवादी केन्द्रको दलीय हैसियत कायम गर्ने अवस्था छैन’, निवेदनमा भनिएको छ, ‘संविधान र कानुन बमोजिम दलीय हैसियत कायम हुन नसक्ने भएकाले दल दर्ता खारेजी हुनुपर्छ।’ यसरी निवेदन दिने बादलसहित टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर थारुले दल परिवर्तन गरेका कारण माओवादी केन्द्रले कारबाही गरेपछि सांसद पद गुमाएका थिए। बादल राष्ट्रिय सभा र अरु प्रतिनिधि सभा सदस्य थिए।

माओवादी केन्द्रले पार्टीको विधान बमोजिम महाधिवेशन नै नगरेकाले अवैधानिक भएको र उक्त पार्टीले कारबाही गर्न नसक्ने उनीहरुले आयोगमा दाबी गरेका छन्।

उनीहरुले आफूलाई सांसद पदबाट हटाउने निर्णयविरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुपर्ने थियो। उनीहरुका कानुन व्यवसायी बुढाथोकीले केही दिनमा सर्वोच्च पनि जाने तयारी भएको बताए। 

सर्वोच्च अदालतले गएको २३ फागुनमा नेकपा विघटन गरेर एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि उनीहरु एमालेतिर लागेका थिए। बादलबाहेकका नेता २०७४ सालको निर्वाचनमा माओवादी केन्द्रवाट विजयी भएका थिए। उनीहरुले दल त्याग गरेपछि पार्टीले कारबाही गरेको थियो। बादल भने माओवादी केन्द्रबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए।

पार्टीले गरेको कारबाहीको निर्णयलाई चुनौती दिनुको साटो उनीहरु संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधि सभाको ठूलो दलको नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले बनाएको सरकारमा मन्त्री हुन गएका थिए। तर, सर्वोच्च अदालतले उनीहरुलाई मन्त्रीबाट समेत पदमुक्त गराइदियो।

त्यसपछि प्रधानमन्त्री ओलीले दोस्रोपटक गरेको प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको फैसला नजिक आउँदा उनीहरु निर्वाचन आयोग पुगेका हुन्। प्रतिनिधि सभा नभएको अवस्थामा सांसद पदमा पुनर्बहाली माग गर्दै सर्वोच्च जान सक्ने अवस्था नभएपछि उनीहरु निर्वाचन आयोग पुगेको देखिन्छ। 

पार्टीले कारबाही गरेको चार महिनापछि आयोग पुग्नुमा उनीहरुको दुई वटा उदेश्य हुनसक्छ। पहिलो, माओवादी केन्द्रभित्र विवाद सिर्जना गराउने र दोस्रो, संसद पुनस्थापना भएमा सांसदमा फर्कन प्रयास गर्ने। उनीहरुले माओवादी केन्द्र खारेजीको माग गरेपछि कानुनसम्मत भए/नभएको जाँच गर्ने जिम्मेवारी निर्वाचन आयोगको हो। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निवेदन दर्ता भइसकेकाले अब प्रक्रियागत रुपमा जाँच गरेर निर्णय दिने बताए। 

Ncell 2
Ncell 2
nimb
nimb

उनीहरुले निवेदन दिएपछि दुई वटा कानुनी प्रश्न उठेको छ, उनीहरुको निवेदनकै आधारमा दल दर्ता खारेज हुन सक्छ? निर्वाचन आयोगले यस्तो निर्णय गर्ने अधिकार राख्छ? 

निर्वाचन आयोगमा उजुरी परिसकेपछि अब कानुनी उपचारका लागि राजनीतिक दल सम्वन्धी ऐन २०७३ र नियमावली २०७४ को व्यवस्था हेर्नुपर्ने हुन्छ। राजनीतिक दल सम्बन्धी ऐनको दफा १२ तथा नियमावलीको नियम ११ मा दल दर्ता खारेज हुने सम्बन्धी व्यवस्था छ। ‘कुनै दलले आफ्नो दलको दर्ता खारेज गर्न चाहेमा दर्ता खारेजीको लागि विधान बमोजिम केन्द्रीय समितिबाट निर्णय गरी आयोगसमक्ष निवेदन दिनु पर्ने’ ऐनमा उल्लेख छ। नियमावलीमा पनि दल खारेज गर्नका लागि पदाधिकारीले दलको विधानसहित पाँच प्रकारका विवरण आयोगमा बुझाउनुपर्ने व्यवस्था छ। 

के भन्छन् जानकारहरु?
निर्वाचन आयोगका लागि पनि यो नयाँ घटना भएको पुर्वप्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादव बताउँछन्। दल त्यागेर अर्को दलमा गएको व्यक्तिले पुरानो दल खारेजका लागि निवेदन दिने कुरा आफैमा नौलो भएकाले यसमा आयोगले अध्ययन गरेर उचित निर्णय लिनुपर्ने उनको भनाइ छ। राजनीतिक दल सम्बन्धी ऐनमा यसरी कसैको निवेदनमा पार्टी खारेज गर्ने व्यवस्था नभएको उनले बताए। 

यादव भन्छन्, ‘राजनीतिक दल खारेजीका लागि ऐनमा निश्चित व्यवस्था तोकिएकाले त्यही अनुसार हुन्छ। तर, एमाले भइसकेका व्यक्तिले माओवादी केन्द्र खारेजको निवेदन दिन मिल्ने वा खारेज हुने म देख्दिन।’

सर्वोच्च अदालतका पुर्वन्यायाधीश बलराम केसीले पनि कानुनमा यस्तो अभ्यास नभएको बताए। राजनीतिक दल सम्वन्धी ऐनमा यस्तो व्यवस्था नभएको र विगतमा पनि यस्तो अभ्यास भएको आफूले थाहा नपाएको उनको भनाइ छ। दल सम्बन्धी ऐनमा दल खारेजीको व्यवस्था छ र त्यसका लागि सर्तहरु तोकिएको छ। तर, अर्को पार्टीका व्यक्तिले निवेदन दिएर कुनै पार्टी खारेज हुने व्यवस्था नभएको उनी बताउँछन्। 

यस्तो छ ऐनको व्यवस्था:


के छ नियमावलीमा 

 

प्रकाशित मिति: बिहीबार, असार २४, २०७८  १५:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्