फाइल तस्वीर
भरतपुर– पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध भएको छ। भरतपुर महानगरपालिका–२९ सेती दोभानमा शनिबार राति १० बजे पहिरो खसेको हो।
राति पहिरो खसेसँगै दुईतर्फी सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। पहिरो पन्छाउनका लागि डोजर त्यसतर्फ जाँदै गरेको र पानी परिरहेकाले पन्छाउन केही समय लाग्ने कार्यालयले जनाएको छ।
शुक्रबार राति खसेको पहिरो शनिबार बिहान ९ बजे पन्छाएँंगै खुलेको थियो। बिहीबारदेखि यस सडकखण्डमा पटकपटक पहिरो खस्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।