काठमाडौं– पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको पुल सञ्चालनमा नआउँदै भासिएको छ। वर्षासँगै नदीमा आएको बाढीका कारण नवनिर्मित पुलको एउटा पिलर भासिएको छ।
सञ्चालनको तयारी भइरहेके बेला पुलको पिलर भासिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप कणेलले जानकारी दिए। पुलमा १२ स्पान(पिलर) छन्। तीमध्ये एउटा एक फिट भासिएको बताइएको छ।
पुलको निर्माण डिजाइनअनुसार काम नभएको वा डिजाइन नै गलत भएकाले भासिएको हुन सक्ने उनको भनाइ छ। ४७० मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल बनाउन पप्पु लुम्बिनी बिल्डर्सले २०६८ सालमा निर्माण सम्झौता गरेको थियो।
पुल निर्माण पूरा भइसकेकाले केही दिनमै सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला भासिएपछि स्थानीयवासी चिन्तित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।