• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

एमाले फुटाउने कुरा गर्दै नगरौं, केपी ओलीले रियलाइजेसन गर्नुपर्छ : ठाकुर गैरे [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ बिहीबार, असार १७, २०७८  १८:१४
1140x725

सर्वोच्च अदालतले गत फागुन २३ मा ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँताउने फैसला गर्‍यो। पुरानै पार्टी सक्रिय भएपछि एमालेमा अध्यक्ष केपी ओली र नेता माधव नेपाल पक्षबीच संघर्ष पनि चुलिएर गयो। नेपालपक्ष २०७५ जेठ २ को अवस्थामा एमालेका सम्पूर्ण कमिटी फर्काउनुपर्ने अडानमा छ। ओलीपक्ष भने आफू अनुकूल कमिटी बनाएर अघि बढिरहेको छ। यहीकारण एमाले विभाजनको डिलमा पुगेको छ। एमालेमा देखिएको विवाद र समाधानका लागि भइरहेको संवादबारे केन्द्रीय सदस्य ठाकुर गैरेसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको संवाद:
 

एमालेमा विवाद लम्बिँदै जाँदा नेपाल पक्षका नेता, कार्यकर्ता धमाधम ओली पक्षतिर जान थालेका छन्। तपाईं आफैं पनि ओली पक्षमा जाने तयारी हो ?
पार्टीमा को नेता कता गएर संख्या कुन पक्षमा बढे वा घटे भन्ने अनुमानका आधारमा व्यक्तिबारे बनाइने दृष्टिकोणका पछाडि लाग्नु हुँदैन। हामीले शुरुदेखि नै भनिराखेका छौं, सर्वोच्च अदालतले जुन विन्दुबाट एमाले पुर्नजीवित गर्ने फैसला गर्‍यो, त्यहीँबाट पार्टी सञ्चालन हुनुपर्छ। यस विषयलाई कसैले बोल्ने र बुझ्ने मामिलामा समस्याहरु भएका होलान्। व्यक्तिका आ–आफ्ना छनोट हुन्छन्, आफ्नो ब्रह्मले वा नैतिकताले उचित ठानेर लाग्ने हो।आफूले गरेको निर्णय र बनाएको दृष्टिकोण मार्क्सवादसम्मत छ कि छैन, वैज्ञानिक दर्शनसँग मिल्छ कि मिल्दैन आफैंले मनन गर्ने हो।

पार्टी एक बनाउन नेपाल पक्षका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, योगेश भट्टराई लगायत तपाईं पनि लागिरहनुभएको छ। तर, संवाद हुने सहमति नहुने अवस्था छ नि?
नेकपा एमाले एकतावद्ध हुनुपर्छ। नेपालको वाम, प्रगतिशील र कम्युनिस्ट आन्दोलनको रक्षा हुनुपर्छ। तर, यसबीचमा धेरै कुरा बिग्रेका छन्। केवल व्यक्ति मिल्ने र पार्टीको आन्तरिक एकता कायम रहने कुरा मात्रै छैन। एमालेमा धेरै ठूलो रुपान्तरण आवश्यक छ। खासगरी दलाल पूँजीवादी प्रवृत्ति, दक्षिणपन्थी अवसरवाद ज्यादै डरलाग्दो रुपमा विकास भइरहेको छ। राजनीतिमा अपराधीकरण र अपराधको राजनीतिकरण पनि डरलाग्दो रुपमा हुर्कंदै छ। हाम्रो राजनीति आफ्नै काबुमा, आफ्नै बलबुता र सामर्थ्यमा नभइ अन्त कतैबाट सञ्चालित हुने समस्या छ। यसबाट कम्युनिस्ट आन्दोलनलाई बचाउने विषय पार्टी एकतासँग जोडिन्छ। त्यस कारण हामीले र एमालेका तमाम कार्यकर्ताहरुले उठाएको कुरा कम्युनिस्ट आन्दोलनको रक्षा र रुपान्तरणसँग समेत जोडिएको छ।

केपी ओलीले पार्टी अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद दिन तयार भए पनि माधव नेपालले मान्नु भएन। नेपाल पक्षले चाहेको के हो?
कसले के पद पाउँछ? प्रधानमन्त्री कसले पायो? पार्टी अध्यक्ष को भयो? भन्ने विषय महत्वपूर्ण होइन। पार्टीमा उत्पन्न समस्या लेनदेनको भनेर बुझ्नु हुँदैन। र, त्यस रुपमा टुंगिनुहुँदैन। लेनदेनमा खास/खास नेताहरुको पद मात्र सुनिश्चित गरेर एकता हुँदैन। यदि त्यस्तो भए झन् डरलाग्दो अवस्था हुन्छ। अदालतले एमालेलाई पुनजीवित गर्नुको तात्पर्य नवौं महाधिवेसनले निर्वाचित गरेको अध्यक्षसहित पदाधिकारी र केन्द्रीय कमिटीलाई पुनजीवित बनायो। नवौं महाधिवेशनले पास गरेको नीति सिद्धान्त, विचार, दृष्टिकोण र  कार्यदिशालाई पुनजीवित गर्‍यो। तर, अध्यक्ष त्यसअनुसार नहिंडेर ट्रयाक बदलेपछि यो समस्या उत्पन्न भएको हो। त्यस कारण एमालेलाई २०७५ जेठ २ गतेको अवस्थाबाट क्रियासिल बनाउनुपर्छ। त्यो नै एकताका लागि टेक्ने ठाउँ हो।

केपी ओली जेठ २ मा फर्किन नमान्ने, तपाईंहरु जेठ २ मै जानुपर्छ भन्ने अवस्थामा कसरी एकता हुन्छ?
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलापछि महाधिवेशन आयोजक कमिटी वा अरु कुनै नाममा गरिएका बैठक, निर्णय र क्रियाकलापलाई एमालेको विधानले चिन्दैन। नेपालको संविधानले समेत चिन्दैन। त्यसबारे पनि सर्वोच्च अदालतको समेत फैसला आइसक्यो। त्यसकारण हामीले उठाएको विषय सही छ। त्यसले गर्दा जेठ २ बाटै पार्टीलाई सक्रिय बनाएर एकता कायमगर्नुपर्छ। त्यसपछि दक्षिणपन्थी अवसरवाद, विकृति र विसंगतपूर्ण राजनीतिलाई सच्याउन पार्टीलाई विचारप्रधान बनाउनुपर्छ। पार्टी विधिसम्मत सञ्चालन गर्नुपर्छ। पार्टीलाई संस्थागत जीवनमा लैजानुपर्छ। पार्टीमा सामुहिकता स्थापना गर्ने, गरिखाने वर्ग, श्रमजीवी, सर्वहारा, किसान र मजदुरहरुको हितको पक्षमा बोल्ने पार्टी बनाउनुपर्छ। 

तपाईंहरु दुवै पक्ष लामो विवादमा तानिँदा पार्टी छिन्नभिन्न हुने अवस्था छ। एमाले एक हुने उपाय देख्नुहुन्छ कि हुन्न?
हिजो एमालेमा आवद्ध भएका नेता, कार्यकर्ता कुनै नाता सम्बन्ध परेर एक ठाउँमा उभिएका होइनौं। मामा–भान्जा, छोरी–ज्वाइँ, जेठान, छोरी, बुहारी भएर एमाले भएका होइनौं। हामीलाई मार्क्सवादी सिद्धान्तले एक ठाउँमा उभ्यायो। मार्क्सवादी विचार, दर्शन, सिद्धान्त र भ्रष्टाचारविरोधी आन्दोलनले एक भएका हौँ। राष्ट्रियता पक्षधर र देशभक्तिपूर्ण आन्दोलनले एक ठाउँमा उभिने बनायो। एउटा श्रमिकले बगाउने पसिनाको मूल्यको सम्मान हुनुपर्छ भन्ने मान्यताले एक ठाउँमा बनायो।

अहिले चाहिँ किन मिल्नुभएन त?
हामी सबैले एमालेको नवौं महाधिवेसनले पारित गरेको विधि, विधान र सिद्धान्त मान्नु पर्छ। त्यस महाधिवेशनले पारित गरेको केन्द्रीय कमिटी, स्थायी कमिटीलाई वैधानिकता दिएर बैठक बोलाउनु पर्छ। यो बीचमा भएका सबै कमीकमजोरी रियलाइज गरेर आगामी दिनमा नदोहोर्‍याउने प्रतिवद्धता व्यक्त गर्नु पर्छ। अदालतमा विचाराधीन अवस्थामा भएका विषयमा न्यायोचित ढंगले फैसला होस् भन्नु पर्ने हुन्छ। अदालतले गरेको फैसला सबैले मानेर जाने आम सहमति बनाउनुपर्छ।

तपाईंहरुले यसो भन्दै आएको पाँच महिनाभन्दा धेरै भइसक्यो। तर, मिल्ने छाँटकाट नै छैन त?
हामीले पाँच महिनादेखि भन्दै आएको कुरा जायज छ। त्यस कारण ढिलो वा चाँडो त्यो ठाउँमा पुग्छौं।

तपाईंहरु आफ्नो अडान छाडेर मिल्ने कि केपी ओलीलाई तपाईंहरुले उठाएको विषय मान्न बाध्य पारेर मिल्ने?
मैले अघि नै भनिसकेँ, केपी ओलीले बनाएको महाधिवेहन आयोजक कमिटीलाई पार्टी विधानले चिन्दैन्थ्यो। हामीले विचार समुहको नाममा गरेको गतिविधिलाई पनि विधानले चिन्दैन। अब विधानले चिन्ने ठाउँमा जम्मा हुनुपर्छ। विधानको र विचारको मातहतमा बसौं। त्यसलाई बोकेर अगाडि बढौं।

Ncell 2
Ncell 2
nimb
nimb

केपी ओलीले माधव नेपाललाई ‘प्रचण्डको पुच्छर’ भन्नुभयो। कांग्रेसमा प्रवेश गर्न लागेको आरोप पनि लगाउनुभयो। यस्तो तिक्ततापूर्ण अवस्थामा तपाईंहरु मिलाउन लागिरहनुभएको छ। मिल्न सम्भव छ त?
त्यस्ता अभिव्यक्तिले कसैको श्रीवृद्धि गर्दैन। त्यसले स्वयं आफैंलाई कमजोर बनाउँछ। सायद उहाँ (केपी ओली)ले आफूले बोलेको कुरा सुनेर मनमनमा ‘मैले यस्तो नबोल्नु पर्थ्यो’ भनेर महसुस गरी सक्नु भएको होला। गर्नु भएको छैन भने गर्नुपर्छ।

पार्टीभित्र प्रतिस्पर्धा छ। पार्टी–पार्टीबीचमा पनि प्रतिस्पर्धा छ। हामी २०४६ र २०६२/६३ सालको आन्दोलनमा वामपन्थीहरुले एउटा हातमा हँसिया हथौडा र अर्को हातमा मसाल बोकेर हिँडेका हौं। काग्रेसका मान्छेहरुले पनि त्यसरी नै आन्दोलन गरेर आएका हुन्। हामीलाई लाठी हान्ने पुलिस एउटै थियो। हामीलाई अश्रुग्यास हान्ने र हवाई फायर गर्ने पुलिस एउटै थियो। हामीले संगै ल्याएको संविधान र गणतन्त्रको रक्षा गर्दै त्यसलाई दीगो विकासको प्रक्रियामा लैजाने दिशातिर जानु पर्छ। यो आन्दोलन कम्युनिस्ट पार्टीको नेतृत्वमा सफल भएको हुनाले प्राप्त उपलब्धीलाई रक्षा गर्ने र कार्यन्वयन गर्ने दायित्व समेत कम्युनिस्ट पार्टी र त्यसको नेताको हो।

केपी ओली एमाले मिलाउने दिशामा जानुभएन भने माओवादी केन्द्र र जनता समाजवादी पार्टीको बाबुराम भट्टराई तथा उपेन्द्र यादव पक्षसँग एकता गरेर जानुहुन्छ कि छुट्टै पार्टी बनाउनुहुन्छ?
अहिले नमिल्ने र नमिलाउने कुरै नगरौं। एमाले मिल्ने, मिलाउने र एकतावद्ध बनाएर नेपालको कम्युनिस्ट आन्दोलन रक्षा गर्ने दिशामा जानुपर्छ। कम्युनिस्ट पार्टीले यत्रो लामो बलिदानीपूर्ण सघर्ष गरेर प्राप्त गरेको उपलब्धीहरुको रक्षा गर्ने र थप उपलब्धीका लागि सघर्ष गर्ने कुरा गर्नुपर्छ।

एमालेका दोस्रो र तेस्रो तहका नेता अवसरवादी भएका हुन्?
कम्युनिस्ट पार्टीभित्र गलत प्रवृत्तिविरुद्ध विद्रोह हुन्छ। संसद विघटन ठिक थियो भन्ने कति छन्? त्यो त गलत थियो। सरकार बन्ने बनाउने अवस्था कायम रहेसम्म संसद विघटन गर्न हुँदैन थियो। संविधान हामीले बनाएको हो। त्यसकारण त्यो संविधानको पक्षमा हामी छौँ। त्यसैले पार्टीभित्र यो तहको विद्रोह जन्मिनुको कारण नै प्रधानमन्त्रीले गर्नुभएको असंवैधानिक काम हो। असहमति जति भए पनि त्यसलाई विभाजनको  बाटोमा होइन वार्ता, संवाद र छलफलको माध्यमबाट हल गर्नुपर्छ। गलत काम र प्रवृत्तिलाई रुपान्तरण गर्दै फेरि असल काममा लाग्ने हो।

Xtrem

Xtrem

हामी कुनै बेला प्रतिगमन आधा सच्चियो भनेर सरकारमा गयौं। पछि यो गलत थियो भनेर पुष्टि गर्‍यौं। लोकमानसिंह कार्कीको नियुक्ति कम्युनिस्ट पार्टीकै नेतृत्वमा भयो, तर त्यो गलत थियो। २०४६ सालको परिवर्तनपछि लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा हाम्रा प्रधानमन्त्रीका उम्मेदवार भए। त्यसले आन्दोलनलाई क्षति गर्‍यो। हामीले त्यत्रो दुइटा कम्युनिस्ट पार्टी मिलेर बनेको नेकपा जोगाउन सकेनौँ। दुईतिहाइ जोगाउन सकेनौँ। आज नेकपा एमालेको एकता पनि जोगाउन नसक्ने हो भने त्योभन्दा ठूलो अक्षमता के हुन्छ?

एमालेभित्रको विवाद कहिलेसम्म निरुपण होला त?
अब धेरै दिन पर्खिनु नपर्ला। 

त्यसको आधार देखिएको छ?
जेठ २ मा फर्किने कुरामा लगभग आमसहमति भएको ‘फ्लेबर’ छ। त्यो आफैंमा ठूलो उपलब्धि हो। सकारात्मक कुरा हो। त्यसपछि यसबीचमा भएका गलत निर्णयहरु बदर गर्ने र आगामी दिनमा नीति र विधान बमोजिम सामूहिक ढंगले चल्ने प्रतिबद्धता गरेर अगाडि बढ्दा हामी ठीक ठाउँमा पुग्न सक्नेछौँ। ती आधार देखिएको छ।

प्रकाशित मिति: बिहीबार, असार १७, २०७८  १८:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित)
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
के छ विश्वप्रकाश शर्माको प्रतिवेदनमा ? (प्रस्तावसहित) सोमबार, असोज १९, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु सोमबार, असोज १९, २०८३
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्