चितवन– भरतपुर महानगरपालिका–१० घरेलु कार्यालय अगाडि बाइपास सडकमा मालवाहक सवारीले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर–१२ कस्तुरी टोलका ७६ वर्षीय वसन्तबहादुर लिम्बू रहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार बिस्कुट बोकेर विराटनगरबाट काठमाडौँ जाँदै गरेको ना६ख ४९२३ नंको डिब्बा गाडीले लिम्बूलाई ठक्कर दिएको हो।
दुर्घटनामा गम्भीर घाइते लिम्बूको भरतपुर अस्पतालमा उपचारका मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनापछि सवारी साधन र चालक जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा रहेको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।