स्याङ्जा- स्याङ्जामा यही असार २५ गतेसम्म निषेधाज्ञा थप गरिएको छ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले मंगलबार सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार २५ गतेसम्म कायम रहने जनाएको छ।
प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी सूचनामा गत वैशाख २१ गतेदेखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमणको जोखिम जिल्लामा कायमै रहेकोले थप गरिएको उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।