• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक इजलासमा किन हुँदैछ धृतराष्ट्रसँग राष्ट्रपति भण्डारीको तुलना?

64x64
दुर्गा दुलाल सोमबार, असार १४, २०७८  ११:१४
1140x725

काठमाडौं– पौराणिक ग्रन्थ महाभारतमा कौरव र पाण्डकाबीच भीषण युद्ध हुनुअघि भगवान श्रीकृष्ण शान्ति वार्ताको प्रस्ताव लिएर कौरवहरुको राज्य हस्तिनापुर जाने भए। कौरव र पाण्डवका बीचमा लगभग युद्धको घोषणा औपचारिक रुपमा हुनमात्र बाँकी रहेको अवस्थामा कृष्णले त्यसलाई रोक्न अन्तिम प्रयास गरेका थिए।

युद्ध नहोस्, एकै कुलका दाजुभाइहरु मिलेर राज्य गरुन् भन्ने प्रस्ताव लिएर कृष्ण हस्तिनापुर जाँदै थिए। कृष्णले प्रस्ताव लिएर आउन लागेको थाहा पाएर कौरवतर्फ रहेका भीष्मपितामह, कुलगुरु द्रोणाचार्य, विदुरलगायतले छलफल गरेका थिए।

महामन्त्री विदुर लगायतले भीष्मपितामहलाई दृष्टिविहीन राजा धृतराष्ट्रलाई पुत्र दुर्योधन मोहबाट बाहिर निस्केर हस्तिनापुरको भविष्यबारे सम्झाइदिन आग्रह गरेका थिए। सवैको अनुरोधपछि भीष्मपितामहले राजा धृतराष्ट्रलाई सम्झाउँदै भने, ‘महाभारत युद्ध रोक्ने निर्णय अव महाराजको हातमा छ। आफ्नो पुत्रमोह भन्दा माथि उठेर पहिला हस्तिनापुरका बारेमा सोच्न र श्रीकृष्णको शान्ति प्रस्ताव स्वीकार गर्ने निर्णय लिनु हितकर छ।’ उनको पुत्रमोहले युद्धमा मात्र लैजाने जसले सम्पूर्ण वंशको नै नाश गर्ने भीष्मपितामहले धृतराष्टलाई सम्झाए।

तर, शान्ति दूत बनेर हस्तिनापुर आएका श्रीकृष्णको प्रस्ताव स्वीकार भएन। उल्टै उक्त सभामा दुर्योधनले कृष्णलाई बन्दी बनाउने प्रयास गरे। श्रीकृष्णले शान्ति प्रस्ताव राख्दै आफू कसैको पक्षवाट केही प्रस्ताव लिएर नआएको आफ्नै तर्फवाट आएको र यो प्रस्ताव पाण्डवले स्वीकार गर्ने विश्वास दिलााए। युद्धमा एक पक्षको मात्र जीत हुने भएकाले अरुको मृत्यु निश्चित भएको भन्दै धृतराष्ट्रलाई पुत्रमोहबाट आँखा खोल्न कृष्णले आग्रह गरे।  उनले यो युद्धको सवै जिम्मेबारी धृतराष्ट्रको पोल्टामा इतिहासले राख्ने पनि बताए।

हुन त धृतराष्ट्रको पुत्रमोह यसअघि धेरै गलत कार्यमा देखिएको थियो। द्रौपदीको बस्त्रहरण, द्यूत क्रीडा (जुवाको खेल)मा भएको कपट र पाण्डवलाई राज्य नै नदिने खेलमा पटक–पटक देखिएको थियो।

श्रीकृष्णले युद्ध भएमा 'न तपाईंका छोरा रहन्छन् न त अनुज पुत्र (भाइका छोरा)' भनि युद्धपछिको दृश्य देखाएका थिए। कुललाई एक ठाउँमा राख्न श्रीकृष्णले अन्तिम पटक धृतराष्ट्रलाई आग्रह गर्दै इन्द्रप्रस्थ पाण्डवलाई दिन आग्रह गरे। उक्त प्रस्ताव दुर्योधनले अस्वीकार गरेपछि श्रीकृष्णले अन्तिममा पाँच गाउँ दिन माग गरे तर, दुर्योधनको घमण्डले उल्टै कृष्णलाई बन्दी बनाउन आदेश दिए। यसरी भरिभराउ सभामा शान्ति दूत बनेर आएका श्रीकृष्णमाथि अन्याय हुँदा पनि धृतराष्ट्र पुत्रमोहका कारण बोल्न सकेनन्। 

पौराणिक ग्रन्थ महाभारतको यो कथा केही दिनदेखि सर्वोच्च अदालतमा लगातार बहसका क्रममा उठिरहेको  छ। दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनको मुद्दामा बहसका लागि इजलाससमक्ष उपस्थित भएका वरिष्ठ अधिवक्ताहरुले महाभारतमा धृतराष्ट्रले पुत्रमोह देखाए जस्तै राष्ट्रपति विद्यादेवि भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीमोह देखाएको आरोप लगाए। 

संविधानको धारा ७६ को १ अनुसार बहुमतको प्रधानमन्त्री रहेका ओलीले पार्टीभित्रको विवाद मिलाउन नसक्दा संविधानले नदिएको अधिकार प्रयोग गर्दै पुस ५ गते प्रतिनिधि सभा विघटन गरिदिए। असंवैधानिक रुपमा भएको विघटनमा उनले आफूसँग ६५ प्रतिशत मत रहेको बताउँदै अदालतले  विघटन सदर गर्न नसक्ने दावी गरे। तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले फागुन ११ उक्त विघटनलाई गैरसंवैधानिक ठहर गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपनि प्रधानमन्त्री ओलीको गैरसंवैधानिक कार्य रोकिएन। ओलीको निर्णयहरु संविधान अनुकुल छन् त? भनेर राष्ट्रपति भण्डारीले एक पटक पनि सोधिनन्। सवैधानिक परिषद् सम्बन्धी अध्यादेश दोस्रो पटक जारी गर्ने, नागरिकता अध्यादेश, गैर–सांसदलाई मन्त्री बनाउनेदेखि पटक–पटक मन्त्रिपरिषद विस्तार गर्ने कार्यमा राष्ट्रपतिले मौनता साधेर ओलीलाई सहयोग गरिरहिन्।

हरेक पटक चाल्ने गैरसंवैधानिक कार्यअघि राष्ट्रपति भण्डारीसँग ओलीले सल्लाह गर्ने गरेका थिए। जसले उनलाई थप विवादमा ल्यायो। पहिलो पटक विघटन बदर भए पनि फेरि प्रतिनिधि सभा विघटन गर्न उनले ओलीको सिफारिसमा २१ घन्टामा प्रधानमन्त्री पदमुक्त नै नहुँदै धारा ७६ को ५ को प्रक्रिया आह्वान गरिन्। उक्त प्रक्रियामा भाग लिन अयोग्य रहेका ओलीको निवेदन स्वीकार गर्दै बहुमत सांसदको हस्ताक्षरसहित पुगेको विपक्षी गठवन्धनको प्रस्तावलाई अस्वीकार गर्दै जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन सदर गरिन्। 

जेठ ७ गते कार्यालय समयमा संवैधानिक कानुनका जानकार र दलहरुसँगको परामर्शपछि राष्ट्रपतिले संविधानको संरक्षकको भूमिका निभाएर काम गर्नुपर्नेमा जोड दिइएको भएपनि प्रधानमन्त्री ओलीलाई मध्यरात ११ वजे मन्त्रिपरिषद वैठक बोलाउन लगाएर विघटन सदर गरिन्। यसरी बहुमतले सरकार बनाउने विकल्प दिँदादिँदै ओलीले संविधानको धारा ७६ को उपधारा ५ अनुसारको सरकार बनाउँदा विश्वासको मत नपाउने देखेपछि राष्ट्रपति भण्डारीले विघटन गरेकी थिइन्।

धारा ७६ को १ हुँदै उपधारा २ मा विश्वासको मत नपाएका ओलीलाई राष्ट्रपतिले असंवैधानिक रुपमा धारा ७६ को ३ को सरकारको नेतृत्व दिइन्। त्यस्तै उपधारा ५ अनुसार सरकारको जिम्मेबारी पनि दिन नसक्ने देखेपछि उनले दोस्रो पटक प्रतिनिधि सभा विघटन गरिन्।

यी सवै घटनाहरु एउटै व्यक्तिलाई सत्तामा टिकाइराख्न केन्द्रित भएपछि बहसका क्रममा वरिष्ठ अधिवक्ताहरुले महाभारतमा धृतराष्ट्रको पुत्र मोहसँग राष्ट्रपति भण्डारीलाई तुलना गरेका थिए। बिहीबार बहसका क्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहालले महाभारतको प्रशंग इजलासमा सुनाउँदै राष्ट्रपतिले देखाएको ओली मोहलाई त्यसैसँग तुलना गरे। 

वरिष्ठ अधिवक्ता दाहालले राष्ट्रपतिमा एक व्यक्तिप्रतिको मोह देखिँदा संवैधानिक संकट आएकोसमेत आरोप लगाए।  
‘राष्ट्रपतिमा केपी ओलीमोह देखियो। ओलीले सिफारिस गर्नेवित्तिकै मध्यरातमै विघटन गर्ने। प्रधानमन्त्रीले सिफारिस गर्नेवित्तिकै एक मिनेट पनि नरोकी अध्यादेशहरु तात्तातो जारी गर्नु पर्ने कारण के हो?’, दाहालले इजलाससमक्ष भनेका थिए, ‘महाभारतमा जसरी धृतराष्ट्रमा पुत्रमोह देखिएको थियो, अहिले राष्ट्रपतिमा ओलीमोह त्यस्तै देखियो।’ 

‘विश्वासको मत छैन, म चलाउँदिनँ भनेर सार्वजनिक रुपमै भनेका प्रधानमन्त्री धारा ७६ (५) को प्रधानमन्त्रीमा दाबेदारी पेस गर्न विपक्षी गठबन्धनभन्दा अघि कसरी पुगे?', दाहालले यसरी पुगेको प्रस्तावलाई स्वीकार गर्ने राष्ट्रपतिको कदम ओली मोह नै भएको दावी गरे। दाहालले यो सबै राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भएको देखिएको बताए। राष्ट्रपतिको दुराशयका बारेमा ठहर गर्नु पर्ने बेला भएको पनि दाहालले तर्क गरे। ‘राष्ट्रपतिले गरेको कार्य दुराशययुक्त छ। राष्ट्रपति ओलीको मात्र हैन, ३ करोड नेपालीको हो,’ उनले भनेका थिए, ‘ओलीले देउवा गठवन्धनमा कसले हस्ताक्षर गरे भनेर कसरी थाहा पाउनु भयो? राष्ट्रपतिजस्तो निकायले वालुवाटारको मात्र कुरा सुन्न मिल्दैन।’ 

यो क्रम आइतबार पनि निरन्तर रह्यो। आइतबार बहसमा आएका वरिष्ठ अधिवक्ता शतिषकृष्ण खरेलले पनि यही कुरा दोहोर्‍याए। राष्ट्रपतिको नियतमै प्रश्न उठेको र दुवैको मिलेमतोमा असंवैधानिक कार्य हुने गरेकाले यस पटक अदालतले आदेश निश्चित क्षेत्र तोकेरै दिन जरुरी भएको उनको तर्क थियो। 

‘मैले विश्वासको मत पाउने सम्भावना छैन त्यसैले मार्गप्रशस्त गरेँ भनेर प्रधानमन्त्रीले भन्नु भयो, दिउँसोसम्म पत्रकारसम्मेलन गरेर सरकार चलाउन मन नै छैन भन्नु भयो, तर राष्ट्रपति कार्यालय पुगेर फेरि धारा ७६ को उपधारा ५ अनुसारको सरकारको पनि दावी गर्नुभयो,’ खरेलले भने, ‘अघिल्लो दिन विश्वासकोे मत छैन भनेको प्रधानमन्त्रीकोे निवेदन भोलिपल्ट कसरी स्वीकार गर्नुभयो? जव प्रधानमन्त्रीले यसअघि नै विश्वासको मत गुमाएर अर्को धारा अनुसार नियुक्ती लिएर बसेको छ।’ राष्ट्रपति संवैधानिक दायित्ववाट चुकेको उनको तर्क थियो।  

बहुम सांसद, १४९ जनाले समर्थन गरेका देउवालाई ७६ (५) अनुसार नियुक्त गर्नु भनेर अदालतले परमादेश जारी गर्नुपर्ने उनले माग गरे। ‘एक पटक सविधानको उल्लंघन राष्ट्रपति र प्रधानमन्त्रीबाट भएको अदाललते भनिसकेको छ,’ खरेलले भने, ‘फागुन ११ मा भएको फैसला अदालतको अभिलेखमा छ।’   

‘सासदहरु विशेष अधिवेशन आवश्यक भयो भनेर जाँदा कुराएर राख्ने, सचिव नै भगाएर स्वीकार नै नगर्ने अनि ओलीले गरेका निर्णय चाहिँ मध्यरातमा गर्ने कसरी हुन्छ?’, खरेलले भने, ‘यो धृतराष्ट्र पुत्रको मोहमा लपेटिएको जस्तो देखियो।’ 

महाभारतमा धृतराष्ट्रले पुत्रमोहका कारण दुर्योधनलाई कुनै पनि गलत कार्य गर्नबाट रोक्न नसक्दा महाभारत युद्ध भएको भन्दै उनले राष्ट्रपतिमा ओलीमोह देखिएको बताए। 

उनले अदालतले अव विघटनबारेमात्र भनेर नपुग्ने भन्दै राष्ट्रपति र प्रधानमत्रीको बदनियतवारे पनि बोल्नु पर्ने बताए । जेठ ९ गते चलेको अन्तिम बहस सोमबारबाट करिब २० घन्टा चल्ने छ। करिव ५–६ दिनमा यो बहस समाप्त हुने छ। बहस समाप्त भएसगै सर्वोच्चले विघटनबारे आफ्नो फैसला सुनाउने छ। सर्वोच्चको यो फैसलाले नेपालको राजनीतिक भविष्यको दिशानिर्धारण गर्ने छ।

प्रकाशित मिति: सोमबार, असार १४, २०७८  ११:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्