• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, वैशाख २२, २०८३ Tue, May 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

वीरेन्द्रनगरको बजेट एक अर्ब ५६ करोड

64x64
रासस शुक्रबार, असार ११, २०७८  १०:४७
1140x725

सुर्खेत- कर्णाली प्रदेशकै सम्पन्न मानिने वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५६ करोड ५२ लाख बजेट विनियोजन गरेको छ। नगरपालिकाको बिहीबार सम्पन्न नवौँ नगरसभामा उप्रप्रमुख मोहनमाया ढकालले रु एक अर्ब ५६ करोड ५२ लाख ६२ हजार ६०० प्रस्तावित बजेट सार्वजनिक गरेकी हुन्। कुल बजेटमा चालुतर्फ रु एक अर्ब १३ करोड १९ लाख २६ हजार र पूँजीगतर्फ रु ४३ करोड ३३ लाख ३६ हजार विनियोजन गरिएको छ।

त्यस्तै वातावरण तथा विपद् व्यवस्थापनतर्फ रु दुई करोड पाँच लाख १३ हजार र संस्थागत विकास, सेवा प्रवाह तथा सुशासनतर्फ रु छ करोड आठ लाख १६ हजार बजेट विनियोजन गरिएको उपप्रमुख ढकालले बजेट भाषणमा उल्लेख गरिन्। नगरपालिकाले अगामी आवका लागि विनियोजन गरेको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, वातावरणीय सरसफाइ, स्वच्छता र पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ। 

उपप्रमुख ढकालले नगर गौरवका रूपमा नगरभित्र गुणस्तरीय चिकित्सकीय सेवा प्रवाहका लागि कटकुवा स्वास्थ्य संस्थाको भवनलाई नगर अस्पतालका रूपमा विकास गर्ने तथा हाल कोभिड अस्पतालका रूपमा सञ्चालन भएको अस्पताललाई नगरको आधारभूत तथा चिकित्सकीय सेवासहित सञ्चालन गरिने बताइन्। त्यस्तै नर्सिङ तथा सामाजिक सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन थप विद्यालयमा विद्यालय नर्सिङ सेवा सञ्चालन गरिने नीति कार्यक्रममा उल्लेख छ।

नगरपालिकाले महिला स्वास्थ्य र रोजगारलाई प्राथमिकता दिएको उल्लेख गर्दै उपप्रमुख ढकालले ‘छोरीलाई स्यानेटरी, आमालाई सीप र स्वरोजगारी’, विपन्न तथा असहाय, कोरोना प्रकोप पीडित र अभिभावकविहीन बालबालिकाका लागि ‘विद्यालय शिक्षा सुनिश्चितता छात्रवृति कोष’ स्थापना नगरपालिका, वडा कार्यालय र विद्यालयसँगको सहकार्यमा विपन्न अभिभावकका लागि आयआर्जन कार्यक्रम सञ्चालन गरिने बताइन्।

असहाय र अभिभावकविहीन बालबालिकाको अभिभावकत्व स्थानीय तहले लिने गरी उनीहरुको माध्यमिक तहसम्मको शिक्षा सुनिश्चित गर्ने, ‘म बनाउँछु मेरो विद्यालय’ कार्यक्रम सञ्चालन गरी विद्यालयमा ‘मेरो एक दिन’ कार्यक्रममार्फत विद्यालयको समग्र विकास, शिक्षकको शिक्षण र विद्यार्थीको सिकाइ सुधार गरिने कार्यक्रममा समावेश गरिएको छ। 

nimb
nimb
Ncell 2
Ncell 2

कृषिमा व्यवसायिकताः युवामा उद्यमशीलता, जमिन बाँझो नराखौँ  सक्नेलाई गर्न दिऊँ, एक सहकारी  एक उत्पादन, एक गाउँ  एक उत्पादन, मेरो विद्यालय  मेरो जिम्मेवारी, वातावरण संरक्षण  शहरी सौन्दर्यलगायतका कार्यक्रम पनि सञ्चालन गर्ने बजेट भाषणमा उल्लेख गरिएको छ।

उपमहानगरपालिका घोषणा गर्ने प्रस्ताव

कर्णाली प्रदेशमा ५४ गाउँपालिका र २५ नगरपालिकासहित ७९ स्थानीय तह छन्। मुलुकका सात प्रदेशमा उपमहानगरपालिका भइरहँदा कर्णाली प्रदेश भने हालसम्म गाउँ तथा नगरपालिकामै सीमित छ। कर्णाली प्रदेशको राजधानी शहर वीरेन्द्रनगर पनि नगरपालिकामै सीमित छ। बढ्दो शहरीकरण तथा जनसङ्ख्या, पूर्वाधार विकास तथा सङ्घीय मर्मलाई बोध गर्दै आगामी आवबाट वीरेन्द्रनगर नगरपालिकालाई उपमहानगरपालिकाको रूपमा घोषणा गर्न प्रक्रिया अघि बढाइएको छ।

यसका लागि उक्त नगरपालिकाको नवौँ नगरसभाले वीरेन्द्रनगरलाई उपमहानगरपालिका घोषणा गर्न कर्णाली प्रदेश सरकार तथा नेपाल सरकारसमक्ष अनुरोध गर्ने प्रस्ताव अगाडि सारेको छ ।
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १०:४७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
जेठ पहिलो सातादेखि सहकारीको बचत फिर्ता गर्ने सरकारको तयारी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको पत्रकार सम्मेलनका क्रममा मन्त्री रावलले आगामी जेठको पहिलो सातादेखि बचत फिर्ता प्रक्रियाको औपच... मंगलबार, वैशाख २२, २०८३
तोलाको ३८ सयले घट्यो सुन यसअघि सोमबार सुन तोलाको २ लाख ९४ हजार ८ सयमा कारोबार भएको थियो। मंगलबार, वैशाख २२, २०८३
महासंघ अध्यक्ष ढकालले भने– नयाँ सरकारलाई अत्यधिक नियमनले बिग्रिएको लगानी वातावरण सुधार्ने अवसर छ ढकालले पैसा लगानी गर्ने मुख्य दुई निकाय सरकार र निजी क्षेत्र रहेको बताउँदै सरकारले लगानीका लागि पैसा मुख्यतया राजस्वबाटै ल्याउने र र... सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्