• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख १४, २०८३ Mon, Apr 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

मेलम्ची खानेपानी आयोजनामा एक अर्बको क्षति

64x64
रासस बुधबार, असार ९, २०७८  १५:३९
1140x725

काठमाडौं- गत साताको निरन्तर वर्षापछि गएको पहिरोले मेलम्ची खानेपानी आयोजनामा रु एक अर्बभन्दा बढीको क्षति भएको छ। आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री र कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ।

अहिलेसम्म प्राविधिकहरू अम्बाथान नै भने पुग्न नसकेको मेलम्ची खानेपानी विकास समितिका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। उनका अनुसार मङ्गलबार आयोजनाका डिभिजनल इन्जिनीयर लगायतको टोली चनौटेबाट झण्डै सातआठ घण्टा पैदल हिँडेर गएको थियो। त्यहाँसम्म पुग्ने सडक र पुल बाढीले बगाएकाले अम्बाथानसम्म पुग्न कठिन भएको छ। उनले भने, “प्रारम्भिक अनुमानअनुसार सुरुङ र हेडवर्कबाहेक अरू संरचनामा धेरै क्षति पुगेको छ।”

निर्माणस्थलमा रहेका बालुवा, गिट्टीलगायत सबै निर्माण सामग्री र भण्डारण गर्ने ठाउँ नै बगाएको आयोजनाले जनाएको छ। त्यहाँ नै बसेर काम गर्नेका लागि बस्ने क्याम्प त्यहाँ रहेका खानेपानी, शौचालयलगायत सबै संरचना बगाएको छ। निर्माण व्यवसायीका उपकरण बगाएको सूचना अधिकारी पन्तले बताए। उनका अनुसार निर्माणस्थलमा पुगेको क्षतिले खर्च मात्रै बढाएको भन्दा त्यसलाई सफा गर्न समय बढी लाग्ने देखिन्छ। उनले भने, “कति समयमा सफा गरेर र क्षति मर्मत गर्न सकिन्छ भन्ने अझैसम्म अनुमान गर्न सकिएको छैन।”

निर्माणस्थलसम्म पुग्न सडक र पुल बगाएकाले पनि निर्माणस्थलमा काम गर्न कठिन हुने प्रवक्ता पन्तले बताए। उनका अनुसार त्यहाँको मर्मत र बाँकी काम सम्पन्न गर्न खानेपानी मन्त्रालयले सहजीकरण गरिरहेको छ। प्रधानमन्त्री कार्यालयले सम्बन्धित निकायमा निर्देशन भएमा तत्काल बेलिब्रिज राखेर काम अघि बढाउन सकिन्छ। आयोजनाले त्यहाँका पालिकाहरू र वडासँगको समन्वयमा सडक खुलाउन पहल गरिरहेको छ। 

मुख्य संरचनामा क्षति नपुगे पनि अम्बाथान अडिट सुरुङमा गिट्टी बालुवा पसेकाले तत्काल त्यो सफा गर्नुपर्ने देखिएको आयोजनाले जनाएको छ। सुरुङको परीक्षणका लागि पहिले प्रवेशमार्ग (सडक) बनाउन आवश्यक रहेको उनले बताए। आयोजनाको सुन्दरीजलमा रहेका संरचनामा कुनै क्षति पुगेको छैन भने अम्बाथानमा समस्या रहेको छ। अडिट सुरुङ टालिएकामा त्यो सफा गर्न प्रवेशमार्ग र पुल चाहिने उनले बताए। उनले भने, “पुल र सडकका विषयमा हामीले सेना र सडक विभागलाई भनिरहेका छौँ।” 

nimb
nimb
Ncell 2
Ncell 2

सुरुङको परीक्षण सम्पन्न गरेर पहिले जसरी नै वैकल्पिक माध्यमबाट पानी ल्याउन सकिने सूचना अधिकारी पन्तले बताए। त्यसका लागि पनि अम्बाथानको अडिट सुरुङ खोल्नुपर्छ। अडिट सुरुङमा रहेको अवरोध हटाएपछि मुख्य सुरुङ चलाउन सकिन्छ। हेडवर्कमा कति क्षति भएको छ र सुधार गर्न कति समय लाग्छ त्यसैका आधारमा काठमाडौँमा कहिलेसम्म पानी आउने भन्ने निर्धारण हुने देखिएको छ। उनले भने, “आयोजना सम्पन्न भइनसकेर काम भइरहेकामा अहिले सम्पन्न गर्ने अवधि बढाएको छ।” 

अहिले बाढीका कारण वैकल्पिक पथान्तकरण प्रणाली (हेडवर्क डाइभर्सन सुरुङ) टालिएको छ। वैकल्पिक पथान्तरण गरेर पानी ल्याउन पनि वर्षा कट्नुपर्ने देखिएको उनले बताए। वर्षामा पानी हाल्न नसक्ने भएकाले मेलम्चीमा सफा पानी आएपछि वैकल्पिक पानी पथान्तरण चलाइने उनले भने।  “त्यसका लागि दुई साढे दुई महिना लाग्छ”उनले भने। 

अम्बाथान अडिटको सुरुङ र हेडवर्क डाइभर्सन सुरुङ गरी दुई साता सुरुङ सफा गर्न सकेमा वैकल्पिक प्रणालीबाट काठमाडौँमा पानी ल्याउन सकिने आयोजनाले जनाएको छ। दुई महिनामा सुरुङ परीक्षणका लागि लाग्ने भनिएकामा  दुईचार साता त्योभन्दा केही समय बढी लाग्नसक्ने उनले भने। “अहिले हामीले पहिले जसरी नै वैकल्पिक माध्यमबाट भए पनि पानी ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौँ” उनले भने। 

वैकल्पिक पथान्तरण प्रणालीबाट चलाउन पनि हेडवर्क डाइभर्सन सुरुङ सफा गर्नुपर्छ। सुरुङ कति टालिएको छ। सफा गर्न लाग्ने समय त्यसका आधारमा निर्भर हुने सूचना अधिकारी पन्तले बताए। बालुवाले मात्र टालिएमा कामदार मात्र लगेर सफा गर्न सकिने भए पनि ठूला ढुङ्गाले टालेको भएमा सफा गर्न उपकरण नै लैजानुपर्ने उनले बताए। उपकरण लैजान पनि सडक चाहिने भएकाले वडा, पालिका र सडक विभागलाई भनिएको छ। भदौसम्ममा पहुँचमार्ग बनेमा आयोजनाले काम अघि बढाउनेछ। जनशक्ति र उपकरण लगेर डाइभर्सन टर्नेल र अम्बाथान अडिट सफा गरिने उनले बताए। उनले भने, “भित्र समस्या नभए त्यसपछि पानी चलाउन सकिन्छ।” 

अहिले विपद्का कारण तोकिएको अवधिमा काम नसकिने देखिएकाले निर्माण कम्पनीको अवधि थप गर्नुपर्ने सूचना अधिकारी पन्तले बताए। अवधि थपका विषयमा अहिले नै निर्णय भने भइसकेको छैन। निर्माणस्थलभन्दा माथिबाट आएको पहिरोका कारण आठजना बेपत्ता भएका थिए। तीमध्ये तीनवटा शव भेटिएको छ। पाँचजनाको जानकारी आएको छैन्। 

प्रकाशित मिति: बुधबार, असार ९, २०७८  १५:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
सुनको मुल्य बढ्यो नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो। आइतबार, वैशाख १३, २०८३
नेप्से सूचक आज पनि घट्यो अघिल्लो दिन २.९५ अंकले घटेको सूचक आज थप १७.०१ अंकले घट्दै २ हजार ७८७.१५ अंकमा झरेको हो । बिहीबार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्यमा सामान्य गिरावटसुनचाँदीको मूल्यमा सामान्य गिरावट आज सुन प्रतितोला ८०० र चाँदी ३० रुपैयाँले घटेको हो । बुधबार, वैशाख ९, २०८३
ताजा समाचारसबै
मन्त्रिपरिषद् बैठक बस्दै सोमबार, वैशाख १४, २०८३
स्वास्थ्यमा जनशक्ति संकट: तीन दशकको ‘डेडलक’ बालेन नेतृत्वको सरकारले तोड्ला? सोमबार, वैशाख १४, २०८३
आजदेखि कक्षा १२ को परीक्षा सुरु सोमबार, वैशाख १४, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
आजको मौसम लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो दिन सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि आइतबार, वैशाख १३, २०८३
देश र कांग्रेसको अवस्थाबारे शेखरले गरे बुद्धिजीवीहरूसँग छलफल आइतबार, वैशाख १३, २०८३
सरकार संसद्‌बाट भाग्ने होइन : ज्ञानबहादुर शाही आइतबार, वैशाख १३, २०८३
अहिलेसम्म १२ सय ७२ सुकुम्वासीका घर टहरा भत्काइए सोमबार, वैशाख १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
गृहमन्त्री सुधन गुरुङविरुद्ध पक्राउ गरी अनुसन्धान गर्न जेन-जी मुभमेन्टले दियो प्रहरीमा उजुरी मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्