फाइल तस्वीर
बागलुङ– यस वर्ष बागलुङमा पहिरोका कारण ३० हजार जनसंख्या प्रभावित हुने पूर्वानुमान गरिएको छ। बागलुङका २८ वडा पहिराको उच्च, २४ वडामा पहिराको मध्यम र आठ वडा न्यून जोखिममा रहेका छन्।
पहिराको उच्च, मध्यम र न्यून जोखिमलाई आकलन गरेर पहिरो प्रभावितको संख्या तयार पारिएको हो। मनसुन सुरु भएसँगै जिल्ला विपद् व्यवस्थापन समितिले तयार गरेको ‘मनुसन आपत्कालीन कार्ययोजना–२०७८’ले जिल्लाका अधिकांश भूभाग पहिराबाट प्रभावित हुने तथ्यांक तयार गरेको हो।
जिल्लाभर पहिराका कारण ३५ सयदेखि चार हजार घरमा क्षति हुनसक्ने अनुमान छ। पहिराको जोखिममा सामुदायिक विद्यालयसमेत परेका छन्। यस वर्ष २० सामुदायिक विद्यालय भवनमा पहिराले प्रभाव पार्नसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।
मनसुनजन्य विपतपछिको प्रतिकार्य पुनस्र्थापना र राहत तथा उद्धारका लागि विपत् व्यवस्थापन समितिले कार्ययोजना बनाएर काम थालेको हो। पूर्वानुमानअनुसार सबै तहमा व्यवस्थापनको काम भइरहेको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।