प्रतीकात्मक तस्वीर
जाजरकोट– भिरबाट लडेर घाइते भएकी भेरी नगरपालिका–२ का वडासदस्य सुशीला नेपालीको गए राति निधन भएको छ।
वडासदस्य नेपालीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको नगरपालिकाका प्रवक्ता पार्वती विकले बताइन्।
नेपाली भेरी–२ डिंगास्थित घरबाट बाहुनथानामा वडास्तरीय योजना तर्जुमा बैठकमा सहभागी हुन जाँदै गर्दा लडेर घाइते हुनुभएकी थिइन्।
घाइते नेपालीलाई उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा बाटोमै निधन भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।