जनकपुरधाम- धनुषा जिल्लामा सात दिनका लागि फेरि निषेधाज्ञा आदेश थप गरिएको छ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाका अनुसार यसअघि घोषित निषेधाज्ञा आदेशमा सामान्य हेरफेर गरी आज राति १२ बजेबाट पुनः सात दिन थप गरी निरन्तरता दिइएको छ।
यसअघि १२ बजेसम्म आवश्यकीय पसल सञ्चालन गर्ने आदेश भएकोमा यसपटक सो समयमा परिवर्तन गरी साँझ ३ बजेसम्म सञ्चालन गर्न पाइने निर्णय गरिएको छ।
कार्यालय सञ्चालन सन्दर्भमा सरकारी, अर्धसरकारी, स्थानीय तह तथा संस्थानहरूले भीडभाड हुन नदिइ आलोपालो गरी नियमित सेवा सञ्चालन गर्न पाइने आदेशमा उल्लेख छ।
विद्यालयहरूमा भीडभाड हुन नदिइ आलोपालो गरी पुस्तक वितरण गर्न व्यवस्था गर्न सकिने, बैंक तथा वित्तीय संस्थाहरूमा नियमित सेवा सञ्चालन गर्न पाउने आदेश दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।