प्रतीकात्मक तस्वीर
सिमकोट– हुम्लाको खार्पुनाथ गाउँपालिका–३ कारंगा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन्। कारंगामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा सरेका हुन्।
गाउँमाथि रहेको माटोे र ढुंगा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगेसँगै बसाइँ सरेको हस्तबहादुर शाहीले बताए।
गाउँको माथिपट्टिको भिरमा ठुलो ढुंगा रहेको र त्यो खस्न थालेपछि सात घरधुरी उच्च जोखिममा परेका हुन्। भिरमा रहेको ठूलो ढुंगा आसपास क्षेत्रबाट ससाना ढुंगा खस्न सुरु भएको छ।
बस्तीमाथिको जमीन भासिँदै गएपछि कारंगा गाउँ पहिरोको उच्च जोखिममा रहेको छ। लगातारको वर्षाले बस्तीभन्दा करिब १ सय मिटरमाथि जमिनसमेत भासिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।