किमाथाङ्का- सङ्खुवासभा, खाँदबारी नगरपालिका ४ सेकाहामा सेप्टिक ट्यांक भत्किएर दुई जनाको मृत्यु भएको छ।
सेप्टिक ट्यांक भत्किएर खाँदबारी ४ सेकाहाका ३३ वर्षीय तारावीर गुरुङ र २५ वर्षीय ईश्वर राईको मृत्यु भएको हो।
गम्भीर घाइते गुरुङ र राईको जिल्ला अस्पताल सङ्खुवासभामा आज साँझ साढे ७ बजे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कविन राईले बताए। घाइते दुवैलाई स्थानीयवासीले तत्कालै उद्धार गरेर जिल्ला अस्पताल ल्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।