• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भ्रेमाथाङ पहिरोले ढलेका हेलम्बु र मेलम्ची : उठ्नु त छँदै छ

64x64
रासस आइतबार, असार ६, २०७८  २२:५३
1140x725
बाढीले आफ्नो घर खेत बगाएपछि खोलाको डिलमा दिक्क मानेर बसेका हेलम्बु चनौटेका वृद्ध। तस्बिरः प्रदीपराज वन्त/रासस

सिन्धुपाल्चोक- यही असार १ गते साँझ हेलम्बु गाउँपालिका-१ सेमेसिदाङ हिमालमुनि रहेको भ्रेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

बाढीले विशेषगरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पुर्‍यायो। व्यक्तिगत घर, सङ्‍घसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो। साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन्। विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित हुनुपरेको छ भने सञ्चारमाध्यममा क्षति पुग्दा आमनागरिक सूचनाको पहुँचबाट टाढा हुनुपरेको छ।

कोरोनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो। विद्यार्थी भर्ना, पुस्तक वितरण जस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि सक्रियरुपमा अगाडि बढाएको थियो। मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमूना विद्यालयका रुपमा परिचित छ। असार १ गतेको बाढीले सामान्य क्षति पुर्‍याएको विद्यालयमा शनिबारको बाढीले विद्यालयको भौतिकरुपमा क्षति गर्‍यो।

विद्यालय मात्र नभएर प्रहरी चौकी र स्थानीयवासीको घरमासमेत जोखिम बढाएको छ। विद्यालयको भौतिक क्षति त भयो। यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ। गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिरहने विद्यालयका प्रधानाध्यापक कृष्ण ढुङ्‍गाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षाप्रेमीले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन? स्याउलाले बारेर खरले छाएर यस भेगमा शिक्षा दिनुपर्छ भन्दै २०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिले पनि पाएन। विभिन्न सङ्‍घसंस्था, दातृ निकाय र अभिभावकहरुको पहलमा विद्यालयको भवन निर्माण भएको थियो। २०७२ सालको भूकम्पले  विद्यालयलाई माटोमा मिलाइदियो। त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र सङ्‍घर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरुले भुल्न सक्ने अवस्था छैन।

काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो। एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म सबै कुरा अर्को कक्षाका सबै विद्यार्थीले सुन्न सक्थे। त्यतिबेलाको फाइदाचाहिँ के थियो भने विद्यालयको भवन ढले पनि जमिनचाहिँ त्यहीँ थियो। अहिले न घर छ, न जमीन। यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्नका लागि प्रयासरत छ। 

Ncell 2
Ncell 2
nimb
nimb
हेलम्बु, चनौटेका स्थानीय तथा व्यवसायीहरु सुरक्षित स्थानतर्फ आफ्नो सामान सार्दै।

विद्यालयका प्रधानाध्यापक ढुंगाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने प्रण गर्छन्। भूकम्पको बेलाजस्तै आम अभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उनले जानकारी दिए।

मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र हैन यो भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक नै हो। यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउँछन्।

इष्ट पोइन्ट एकेडेमीमा पनि क्षति
हेलम्बु गाउँपालिका-४ ढुङ्‍ग्रे बजारमा इष्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कूल छ। अहिले ५५० जना विद्यार्थी अध्ययनरत छन्। सरकारी स्कूलको सन्दर्भमा बोर्डिङ स्कूलमा पूर्णतया अङ्‍ग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कूलतर्फ केन्द्रित हुन्छ। धेरै विद्यार्थीको सम्भावना बोकेको छ। निजी विद्यालय भए पनि समुदायको धरै आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द छन्। आफ्नै घर, खेत पूरै खोलाले बगाउँदा पनि उनलाई सबैभन्दा धेरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ। घरको पिल्लर मात्र देखाउँदै उनले भने, 'मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन जिन्दगी सुम्पेको विद्यालय पनि छैन। केही सोच्नै सकेको छैन,' भावुक हुँदै उनले भने, 'प्रकृतिसँग कसैको केही नलाग्ने रैछ। भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपश्चात् गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो।'

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

विद्यालयको भवन त ढल्यो नै अभिभावकहरुले पनि चासो र चिन्ता लिइरहेका छन्। विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा उनी दुःखी छन्। विद्यालयमा त्यति धेरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित भएका उनले कोही नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाएका थिए। निजी विद्यालय भए पनि शिक्षा प्रदान गर्ने पुण्य थलोलाई बहिष्कार गर्दा समाजका लागि अहिलेसम्म बिताएको समय निराशाजनक भएको प्रअ भारतीको कथन छ। अबको विद्यालय के हुने? कहाँ स्थानान्तरण गर्ने? शैक्षिक गतिविधि कसरी अगाडि बढाउनेलगायतका प्रश्नको वर्षाले उनी चिन्तित छन्।

पहिरो र बाढीले प्रभावित मेलम्ची-हेलम्बु जोड्ने मोटरबाटो निर्माण गरिँदै।

रेडियो मेलम्चीको कार्यालय पनि पूर्ण क्षति
बाढीले रेडियो मेलम्ची १०७.२ मेगाहर्जको कार्यालयमा बाढीले पूर्ण क्षति पुर्‍याएको छ। बाढीको सूचना दिँदादिँदै आफैं बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नुपरेको छ। समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा मिल्दा समुदायको मन रोएको छ। समुदायसँगै सहयोग सङ्‍कलन गरेर ठडिएको भवन अहिले डुबानमा छ। रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ। ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामेरा, नगदलगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरु बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मेहम्मे भएको छ। धरै मिहिनेतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्था अर्थात् जस्ताको टहरोमा नै सीमित भएको छ। रेडियोमा भएको क्षतिले गर्दा ग्रामीण भेगका नागरिकको सारथी गुमेको छ भने रेडियोको हालत बिचल्ली भएको छ। करिब ६५ लाख लागतमा निर्माण गरिएको भवन र त्यहाँको संरचनामा पुगेको क्षतिले करिब एक करोड २० लाखभन्दा धेरैको क्षति पुगेको छ। अहिले रेडियो सञ्चालनका लागि हारगुहार गर्दै अगाडि बढ्नुको विकल्प छैन।

विभिन्न व्यक्ति तथा संस्थाले तत्कालका लागि केही सहयोग गरे पनि दीर्घकालीन रुपमा रेडियो सञ्चालनका लागि बाटो हेरिरहेको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले जानकारी दिए। रेडियो सञ्चालनका लागि तत्काल ल्यापटप, कम्प्युटर, रेकर्डर, फर्निचर, अडियो कन्भर्टर, डेबालगायत उपकरणको आवश्यक रहेको जनाइएको छ। छिटोभन्दा छिटो रेडियो व्यवस्थित ढङ्‍गले सञ्चालन गर्नका लागि सहयोग गरिदन अपिलसमेत गरिएको छ।

सिन्धुपाल्चोकको सिन्धुकोटबाट देखिएको मेलम्ची खोलाको बाढी।

अहिलेको मेलम्ची पीडितहरु विभिन्न स्थानमा छरिएर रहेका छन्। ग्रामीण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधासम्पन्न र बेँसी इलाकामा राहतको ओइरो लागेको छ। खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानीय सरकारले आग्रह गरिरहेका छन्। जोखिममा रहेका घर तथा बस्तीको अस्थायीरुपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायीरुपमा पीडितहरुका लागि के गर्ने भन्ने विषयमा स्थानीय सरकार पनि रनभुल्लमा छन्। क्षतिको विवरण सङ्‍कलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानीय सरकार मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन्। अहिले मेलम्चीदेखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए।

प्रकाशित मिति: आइतबार, असार ६, २०७८  २२:५३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्