सप्तरी– रुपनी गाउँपालिका–३ कटैयामा करेन्ट लागेर घाइते भएका एक ट्युबवेल मिस्त्रीको आइतबार मृत्यु भएको छ।
ट्युबवेल (चापाकल) जडान गर्दा करेन्ट लागेर घाइतचे भएका स्थानीय सञ्जीव लौगीको मृत्यु भएको स्थानीयवासी मिठु माझीले बताए। उनका दाजु सुरेन्द्र लौगी घाइते छन्। घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ।
दुवै दाजुभाइ स्थानीय बचाइ माझीको आँगनमा ट्युबवेल जडान गरिरहेका थिए। माथि झुण्डिएको बिजुलीको तारमा फलामको पाइप छोइएर करेन्ट लागेको माझीले जानकारी दिए।
करेन्ट लागेको थाहा पाएर छोडाउन गएका बचाइका छोरा शिवकुमार माझीसमेत सामान्य घाइते भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।