• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख २०, २०८३ Sun, May 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

मेलम्चीको विपत्ति : क्षतिकै आकलन गर्न सकिएको छैन, कहिले होला पुनःस्थापना

64x64
दुर्गा दुलाल शुक्रबार, असार ४, २०७८  १८:३९
1140x725
तस्वीर : निमेषजंग राई/नेपाल लाइभ।

मेलम्ची- मंगलबार साँझ आएको बाढीले सिन्धुपाल्चोकको मेलम्ची बजार तहसनहस पारेको छ। अहिलेसम्म तीन जनाको शव फेला परेको छ भने २० जना बेपत्ता छन्। 

अर्बौं रुपैयाँको भौतिक क्षति भएको छ। सयौं जना विस्थापित भएका छन्। विस्थापितहरूलाई स्थानीय विद्यालयहरुमा लगेर राखिएको छ। खोला घटेपछि स्थायी पुनर्निर्माण सुरु हुने सिन्धुपाल्चोकवासी समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले बताए।

मेलम्चीमा कसरी बाढी आयो? कति क्षति भयो? उद्धार, राहत, पीडितको बसोबासका सन्दर्भमा के काम भएको छ? हामीले यसबारे जिम्मेवार निकायमा रहेकाहरुसँग कुराकानी गरेका छौं।

खोला घटेपछि स्थायी पुनर्निर्माण सुरु हुन्छ:  स्वाथ्यमन्त्री  तामाङ
सरकारले उचित रुपमा तथ्यांक संकलन गरिरहेको स्वास्थ्यमन्त्री शेरबहादुर तमाङले बताए। हेलम्बुको नाकोटेको डाँफेमा धेरै ठूलो पहिरो गएका कारण यो बाढी आएको देखिएको उनले बताए। यो पहिरो नरोकिएसम्म सधै जोखिम रहेको उनी बताउँछन्। 

‘मेलम्चीको पुल लगायतका धेरै पुलहरु बगाउनुका साथै घरहरुमा क्षति भएको छ’, सिन्धुपाल्चोकवासी समेत रहेका मन्त्री तामाङले भने, ‘खोला किनारामा रहेका सबै संरचना नास हुनका साथै अन्य बजारहरु थप जोखिममा परेका छन्।’  धेरै भौतिक संरचनाहरु ध्वस्त भएकाले अर्बौंको सम्पत्ति नष्ट भएको उनले बताए।  

मेलम्ची, चनौटे लगायतका बजारमा धेरै क्षति भएको देखिएको मन्त्री तामाङले बताए। अहिलेसम्म उद्धारको कार्य चलेकाले अब राहतको कार्यक्रम सुरु हुने मन्त्री तामाङ बताउँछन्।

‘मानिसहरुलाई सामूहिक रुपमा विद्यालयमा राखिएको छ। खोला घटेपछि स्थायी पुनर्निर्माण सुरु हुन्छ’, उनले भने, ‘सबै भत्काएको संरचनाको सरकारले म्यापिङ गरेर निकाल्छ। त्यही अनुसार स्थायी बसोबासको प्रबन्ध गर्छ।’ 

nimb
nimb
Ncell 2
Ncell 2

तीनवटा गौरवको आयोजना पनि बाढीले बगायो : मेलम्चीका मेयर अर्याल
मेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालले अहिले मेलम्ची र अन्य बजारसँग सम्बन्ध विच्छेद भएकोले पहिला त्यसलाई जोड्ने तयारीमा रहेको बताए। मेलम्ची नगरपालिकामा रहेका तीनवटा गौरवको आयोजना पनि बाढीले बगाएको, बसपार्क, ग्रिनसिटी पार्क र फोहोरमैलाका लागि बनाएको स्थान खोलाको बाढीले लगेको उनले बताए। 

उनका अनुसार बसपार्कको योजनामा २ करोड लगानी भएकोमा त्यो नोक्सान भएको छ। फोहोर व्यवस्थापन गर्ने योजना पनि लगभग अन्तिम अवस्थामा रहेको थियो। त्यसलाई पनि खोलाले बगाएको, ६ करोड बराबर लगानी भएको पार्कको पनि नामोनिसान नरहेको उनले बताए। 

नगरभित्र मेलम्ची बजारको तल्लो बजार, पुरानो बजार, आम ह्यल्मो बसपार्क र नवलपुुर जोड्ने बजार पूर्ण रुपमा नष्ट भएकोले अब यसलाई पुनर्निर्माण गर्ने कि त्यहाँबाट हटाएर नयाँ बनाउने भन्नेबारे बर्षातपछि योजना बन्ने उनले बताए। नगरपालिकाले अब क्षतिको विवरण संकलन थालेकाले सबै तथ्यांकहरु आएपछि यसबारेमा क्षति अनुसारको राहतको कार्य हुने उनले बताए। 

मेलम्ची खानेपानी आयोजनाको ड्याम खोलेका कारण बाढी आएको भन्ने जुन हल्ला छ त्यसमा सत्यता नभएको उनले बताए। ‘मेलम्ची काठमाडौं लैजानुअघि पनि इन्द्रावती नदी बग्ने गरेको थियो। तर, अहिले पानी छोड्दा केही प्रभाव परेको भएपनि पूर्ण रुपमा त्यही हो भन्ने मलाई लाग्दैन’, उनले भने।  

तर, मेलम्ची खानेपानी आयोजना ड्यामहरु ध्वस्त हुनु दु:खद् भएको उनले बताए। ‘यस्ता खालका बाढीले ती संरचना भत्काउने हो भने यो निर्माण राम्रो रहेनछ भन्ने देखियो’, उनले भने, ‘प्राकृतिक दोहन र बाढी आउने कुरासँग सम्बन्ध होला तर, अहिले यसले हो भन्ने चाहिँ मलाई लाग्दैन।’

‘चार/पाँच दिनदेखि हेलम्बुको माथिल्लो क्षेत्रमा हिउँ परेर जमेको थियो। त्यो पग्लेर पहिरो ल्याएको र ठूलै पहाड ल्याएको हुनसक्ने देखिन्छ’, उनले थपे, ‘सामान्य पहिरोले मात्र यस्तो भएको हैन।’ 

मन बुझाउने अवस्था छैन : वडाअध्यक्ष दुलाल
मेलम्ची–११ का वडाध्यक्ष रुद्रप्रसाद दुलालले करिब एक सय घर पूर्णरुपमा क्षतिग्रस्त भएको बताए। बजारमा पहिलोपटक बाढी पसेको उनले बताए। ‘भन्न र बोल्न नसक्ने अवस्थामा छौं’, उनले भने, ‘मन बुझाउन सक्ने अवस्था छैन। यो अझै विकराल हुनसक्ने अवस्था छ।’ खोला निरन्तर बढेको र मनसुन भर्खर सुरु भएकाले अहिले नै खतरा टरिसक्यो भन्न नमिल्ने दुलालले बताए। 

बाढीपीडितलाई अहिले विद्यालयमा राखेर खाने र बस्ने व्यवस्था गरेको तर, बजार बगरमा परिणत भएकाले अब बस्ती कहाँ बसाउने भन्ने चिन्ता रहेको उनले बताए। 

‘मंगलबार बिहान यहाँको दृश्य भयावह थियो। साँझबाट सुरु भएको बाढी मध्यराति तहसनहस बनाउने गरी आयो। रातभर जाग्राम रहेर बिहान मैले जुन दृश्य देखेँ, त्यो  सहन नसकिने थियो’, उनले भने, ‘स्थानीय नेतादेखि आर्मीका चिफहरुलाई फोन गरेँ। स्वास्थ्यमन्त्री शेरबहादुर तमाङलाई तपाईं बरु मन्त्री छोड्नुस् यहाँ उद्धारमा आउनुस भनेँ।’ 

नेपाली सेनाको हेलिकोप्टरमार्फत् तीन जनाको उद्धार भएको उनले बताए। अहिले सेना, सशस्त्र र स्थानीयको सहयोगमा उद्धार कार्य चलिरहेको छ। ‘अहिले पनि खोलाको बहाव कम नभएको र खोलामा बाढी आइरहेकाले त्रास कायमै रहेको छ’, उनले भने ‘असार, साउन र भदौसम्म पानी पर्ने भएकाले के होला भन्न सकिँदैन।’ 

दिउँसोको सूचनाले ज्यान जोगायो : रञ्जीत श्रेष्ठ, बाढीपीडित 
विगत ८ वर्षदेखि होटल सञ्चालन गर्दै आएका श्रेष्ठ अहिले इन्द्रेश्वरी विद्यालयमा शरण लिइरहेका छन्। मेलम्चीको पुरानो बजारमा चारतले घर भएका उनको तीन तला बाढीले पुरिएको छ। इन्द्रावती नदिबाट २ सय मिटर पर उनीहरुको होटल थियो। मंगलबार दिनभर उनीहरुले होटलमा व्यापार गरेका थिए। केही दिनअघि मात्र उनले होटलमा ४० लाखको लगानी थपेका थिए।

‘चार तलाको घरको माथिल्लो तला मात्र बाँकी छ। हामी पाँच परिवार अहिले स्कुलमा बसेका छौं’, उनले भने, ‘बाढी आयो भनेर होहल्ला भयो। होटल बन्द गरेर लगाएको लुगामै यहाँ आयौं। केही निकाल्न पाइएन।’ 

बजार क्षेत्रमा दिउँसो सूचना पाएका कारण धेरैको ज्यान जोगिएको उनी बताउँछन्। बाढी रातिको समयमा आएको भए सबै सखाप हुने श्रेष्ठले बताए। 

‘नाकोटेमा पहिरो गएको भन्ने सुनिन्छ तर, कसरी एकछिनमा घट्ने बढ्ने भयो हामी पनि अचम्मै परेका छौं’, उनले भने, ‘मेरो ३५ वर्षको बसोबासमा यस्तो कहिल्यै देखेको थिइनँ। अहिले बजार नै बगर भएको छ। अब यो बस्ती हुँदैन।’  

न घर रह्यो न पसल, अब के गर्ने?
पुरानो बजारमा हार्डवोयरको राम्रो व्यवसाय गरिरहेकी पूर्णिमा श्रेष्ठको सबै नोक्सान भएको छ। ‘बेलुका पाँच बजेदेखि बाढी आएको कुरा बजारमा हल्ला भएको थियो। तर, हार्डवेयरको सामान न निकाल्न सकिने न बोक्न सक्ने, सटर बन्द गरेर हिँडें’, श्रेष्ठले भनिन्, ‘मध्यरातिसम्म टारको डिलमा बसेर घर हेरेँ। हेर्दाहेर्दै घर डुब्यो। अहिले छतमात्र देख्छु। पसल र गोदाम सबै डुबायो।’ 

उनले पससमा करिब ५५–६० लाखको सामान रहेको बताइन्। ‘धारा, बत्ती, घरका अन्य सामानहरु थियो। अब त सबै पुरिएको छ। न ती सामानको अतित्व छ न त फेरि त्यहाँबाट निकाल्न सक्ने अवस्था नै छ’, उनले भनिन्, ‘तीन तलासम्म पुरेको छ। मुनि तल्लामा रहेको पसलमा त पुरै बाढी पसेको छ। गोदाम माथिल्लो तलामा थियो, त्यो पनि पुरिएको छ।’  

विपत्तिले भएको एउटा घर पनि लगेको र व्यवसाय पनि लगेकाले एकैपटक सडकछाप बनेको उनले बताइन्। ‘भोलिदेखि गरेर खाने केही पनि छैन। न पसल छ न सम्पत्ति भनेको घर छ। बैंकमा ऋण छ। भोलिदेखि किस्ता के ले तिर्ने हो थाहा छैन’, उनले भनिन्।  

भूकम्पबाट भन्दा ठूलो क्षति भयो
२०४८ सालदेखि होटल व्यवसाय गर्दै आएका स्थानीय सुविन्द्र श्रेष्ठले अब आफूहरु घर न घाटको भएको सुनाए। ‘करिब एक करोड मूल्य बराबरको घर अहिले छानो मात्र बाँकी रहेको छ। भूकम्पबाट क्षति भएपछि फेरि घर मर्मत गरेर बस्नयोग्य बनाएका थियौं। तर, अहिले त्यो भन्दा ठूलो क्षति भएको छ’, उनले भने, ‘अब त बस्ने बास पनि छैन। खाने गास पनि छैन। जीवनभर दुःख गरेर बनाएको घर बगर भयो।’

लगाएको लुगाबाहेक केही पनि निकाल्न नसकेको उनले बताए। उनको चार जनाको परिवार अहिले विद्यालयमा आश्रय लिएर बसेको छ। ‘हामीलाई त्यहाँ बसोबास गर्ने अवस्था छैन। अब बासको पहल भए हुन्थो। हामी त सुकुम्वासी बराबर भएका छौं’ उनले भने। 

उद्धारमा सक्रिय छौं : प्रहरी
अहिलेसम्म ४४ वटा घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए। घरमा फसेका सामान निकाल्ने काम भइरहेको उनले बताए। ‘क्षतिको अहिले आकलन हुने सम्भावना छैन’, उनले भने, ‘हेलम्बुको क्षतिको अनुमान मात्र हो। १९ जना हराएको र एक जनाको शव फेला परेको छ।’

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स क्षेत्रसमेत रहेको गाउँपालिकामा अझै कतिपय मानिस हराइरहेका हुनसक्ने उनले बताए। भौतिक क्षति कति भयो भन्ने आकलन गर्ने अवस्था नै नरहेको सापकोटाले बताए।  

‘हालसम्म बाढीमा परी २० जना सम्पर्कविहीन भएका छन्। जसमा तीन जना चिनियाँ नागरिक र तीन जना भारतीय नागरिक पनि छन्। अरु १४ जना नेपाली नागरिक रहेका छन्’, उनले भने, ‘हालसम्म एक चिनियाँसहित दुईजनाको शव फेला परेको छ।’

सम्पर्कविहीन हुनेहरू :


 

प्रकाशित मिति: शुक्रबार, असार ४, २०७८  १८:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
आज ग्याल्पो ल्होसार, विभिन्न कार्यक्रम गरी मनाइँदै पर्वको अवसरमा शेर्पा समुदायमा आफ्नो गाउँघर, टोलमा रहेका बाटोघाटो तथा पानीका मूलहरूको सरसरफाइ गर्ने, नौ प्रकारको अन्न मिसाइएको परिकार... बुधबार, फागुन ६, २०८२
माघे सङ्क्रान्ति जस्ता पर्वले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्ने राष्ट्रपतिको विश्वास माघे सङ्क्रान्ति एवम् माघी पर्व, २०८२ का अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र... बिहीबार, माघ १, २०८२
आज तमु ल्होसार पर्व मनाइँदै, सार्वजनिक बिदा ल्हो को अर्थ ‘वर्ष’ र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । मंगलबार, पुस १५, २०८२
ताजा समाचारसबै
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
खोला किनाराका सुकुम्वासीको सुरक्षित स्थानान्तरण गर्न चैत मसान्तसम्म योजना अघि बढाउन रास्वपाको सुझाव आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
नदी किनारका विस्थापितलाई सम्पर्कमा आउन सरकारको आग्रह आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा थप तीनवटा अध्यादेश जारी शनिबार, वैशाख १९, २०८३
शंखमुल क्षेत्रमा १५० वटा पक्की घर भत्काइयो शनिबार, वैशाख १९, २०८३
आज सातै प्रदेशमा असिना पानीको सम्भावना आइतबार, वैशाख २०, २०८३
रास्वपा सचिवालय सदस्य सागर ढकालले लिए पद तथा गोपनीयताको शपथ आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्