• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
स्थलगत

मेलम्चीको त्रासद : सुन्दर बजार यसरी बन्यो खण्डहर (भिडियाेसहित)

64x64
दुर्गा दुलाल बिहीबार, असार ३, २०७८  २३:०६
1140x725

मेलम्ची–  मंगलबारको दिन सामान्य थियो। बिहान सिन्धुपाल्चोकको मेलम्ची बजारमा ‘बाटो भिजाउनेसम्म’को वर्षा भएको थियो। दिनभरी धाम–पानी थियो। ‘घाम–पानी’ गरिरहने मौसमबाट डराउनुपर्ने आवश्यकता ठानेन् कसैले। सबै आ–आफ्नो काममा थिए। 

४ बज्नै लाग्दा भने मेलम्ची (इन्द्रावती) नदीमा धमिलो पानी बग्न थाल्यो। स्थानीयले सोचे– ‘लेकतिर चाहिँ पानी परेछ क्यारे !’ मेलम्ची र इन्दावतीको दोभानबाटै बाढी उर्लिन शुरु भइसकेको थियो। झन् उर्लिन थालेको भेलले ठूला ठूला माछाहरु बगरमा पछार्न थाल्यो। केही स्थानीय माछा टिप्न भनेर पनि बगरसम्म पुगे। 

इन्द्रावतीले माछा ल्याएको खबर बजारमा फैलिएसँगै वारी–पारी जोड्ने पुलमा मानिसको भिड पनि बढ्न थाल्यो। तर, त्यहीबीचमा हेलम्बु र आमा याङ्गी क्षेत्रबाट स्थानीय र जनप्रतिनिधिले ‘बाढी धेरै छ, आफ्नो ख्याल गर्नुहोला’ भन्दै मेलम्चीबासीलाई फोन गर्न थाले। 

बाढी धेरै छ भन्नेहरुले मेलम्ची खानेपानी आयोजनाभन्दा केही माथि पहिरो गएको र अझै माथि मेलम्ची थुनिएको ‘खबर’ पनि सुनाए। हेलम्बु र आमा याङ्गी क्षेत्रबाट आएको ‘खबर’ले मेलम्ची बजारको माहोल एकाएक त्रासदीपूर्ण बन्यो। 

बजार र आसपासका क्षेत्रमा नगरपालिका र प्रहरीले माइकिङ शुरु गर्‍यो। शशस्त्र प्रहरी र नेपाली सेनाले बजारमा भएका मानिसहरुलाई सुरक्षित स्थानमा जान र ठूलो बाढी आउनसक्ने चेतावनी दिन थाले। खोलामा पानीको बहाब बढ्दै गयो। 

वारी–पारी फैलिएको बजारको बीचमा निर्धो भएर बग्ने इन्द्रावती ‘खोलो’ विस्तारै घरको आँगनसम्म पुग्न थाल्यो। मानिसहरुको भागाभाग शुरु भयो। घर छाडेर मानिसहरु डाँडातिर लागे। बजारभन्दा माथी रहेको टार र इन्द्रेश्वरी माविको आँगनबाट नदी नियाल्नेहरु भनिरहन्थे– अहिलेसम्म बजारमा नदी पसेको छैन। यसपाली उर्लेर आएको छ, तर धेरै बेर टिक्दैन होला।

साँझलाई अँध्यारोले छोप्दै थियो, मेलम्ची बजारलाई इन्द्रावतीमा आएको लेदोमिश्रित भेलले छोप्न थाल्यो। रातभरि आँखा झिमिक्क पनि भएनन्। बुधबार बिहान अँध्यारो हट्दै गएपछि मेलम्चीको ‘दारुण रुप’ देखिन थाल्यो। बजारका स–साना घर त कहाँ छन् कहाँ, खुट्याउनै नसकिने भएका थिए। बिहान–साँझै गुल्जार हुने बजार खण्डहर जस्तै भएको थियो। लेदो भरिएको बगरका बीचमा केही घरको डुब्न बाँकी तला टाढा–टाढा मात्रै देखिन थाले।

Ncell 2
Ncell 2
nimb
nimb

‘चार बजे आएको बाढी शुरुमा केही घटेपछि हामी अब आउँदैन  घर फर्कन पाइन्छ भनेर एकसरो लगाएर निस्केका थियौं,’ होटल व्यवसाय गरेका मेलम्चीका जीवन श्रेष्ठ र रुपा श्रेष्ठले बाढीको त्रासदी सुनाउँदै भने, ‘न पैसा झिक्न पायौं, न केही अरु झिक्न पायौं। चार तले घरको छतमात्र देखिन्छ। ज्यान त बचायौँ, घर सम्पति सबै बगर भयो।’

बाढीले चन्द्र शमशेरको पालामा बनेको ऐतिहासिक झोलुङ्गे पुल पनि बगाइसकेको थियो। मेलम्ची–नवलपुर–चौतारालाई जोड्ने पक्की पुल पनि बाँकी रहेन। पाल्चोकको पुल त साँझै बगाएर ल्याएको थियो। मंगलबार दिउँसोसम्म ओहोरदोहोर गरिएका पुलहरु बुधबार बिहान हुँदासम्म थिएनन्। 

बाढी घट्छ भनेर मंगलबार साँझ घर छाड्न नमानेका ‘उचो’ घरमा बसेकाहरु बिहान गुहार माग्न थाले। बुधबार बिहान ८ बजे सेनाको हेलिकोप्टरले उनीहरुको उद्धार गर्‍यो। होचा घर हुनेहरुले साँझ नै घर छाडिसकेका थिए। जसकारण धेरे मानवीय क्षति हुन पाएन। 

तर, सडक र पैदल पार गर्न मिल्ने पक्की तथा झोलुङ्गे पुल बाढीले बगाइ दिएपछि मेलम्ची अहिले एक्लो भएको छ। २०४० सालपछि एकपछि अर्को घर थपिँदै सिन्धुपाल्चोककै प्रमुख बजारको रुपमा स्थापित मेलम्चीको अहिले धेरै ठाउँसँग सम्बन्ध विच्छेद भइसकेको छ। 

हेलम्वुका बजार पनि उस्तै 
मंगलबारको बाढीले मेलम्चीभन्दा धेरै क्षति हेलम्बुमा भएको छ। बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम, मेलम्ची खोलाको किनारामा रहेका ट्राउट फर्महरु बगाइदिएको छ। तिम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ लगायतका क्षेत्र खण्डहर जस्तै बनेका छन्। 

बाढीले हेलम्बुमा रहेको प्रहरी, सशस्त्र र सेनाको क्याम्प बगाइदिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले हालसम्म कसरी, कुन पहाडबाट पहिरो गयो भन्ने विषयमा कुनै तथ्ययुक्त जानकारी प्राप्त नभएको बताए। धेरैले मेलम्चीको ड्याम फुटेको, हेलम्बुमा केही दिन अघि ठूलो मात्रामा हिउँ परेकाले हिमताल जमेर फुटेको वा हिउँका कारण पहाड नै खसेको भनेर थरी थरीका अनुमान लगाइरहेका छन्। तर, यी सबै अनुमान मात्रै भएको, हालसम्म लेदो मिश्रित बाढी के कारणले आयो भन्ने प्रमाणित नभएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालको भनाइ छ। 

निद्राबाट ब्यूँझिदा छाप्रो त डुबिसकेको थियो
मेलम्चीको बाढीमा फसेकाहरुको उद्धारका लागि नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर बुधबार बिहानै प्रभावित क्षेत्रमा पुगेको थियो। बाढीमा फसेका धेरैको बिहान १० बजेसम्म नै उद्धार भइसकेको थियो। तर, मेलम्ची बजारको एउटा घरमा बुधबार मध्याह्न १२ तिर केही हल्लिरहेको देखिएपछि हेलिकोप्टरसहित नेपाली सेनाको उद्धार टोली बाढीले पुरिएको एउटा घरमाथि पुगेको थियो। 

निर्माण सम्पन्न नभएको, छतको ढलान मात्रै गरिएको घरमा एक व्यक्ति बोरा हल्लाइरहेको देखियो। झन्डै १५ घण्टा बाढीमा फसेका ती व्यक्ति हुन्– ओखलढुङ्गा स्थायी घर भएका ४६ वर्षीय राजु राई। मेलम्चीका स्थानीयको घर निर्माणमा खटिएका उनी बाढी आउँदासम्म आफ्ना साथीसँगै खाना खाइवरी निर्माणाधीन घर छेउकै छाप्रोमा सुतिसकेका थिए। राति साथीहरु को कता गए थाहा पाएनन्। आफू सुतेको ओछ्यान चिसो भएपपछि मात्रै उनको निद्रा खुल्यो। निद्रा खुल्दासम्म उनी सुतेको छाप्रो लगभग डुबिसकेको थियो।

‘बाढी आएपछि साथीहरु कताबाट कति खेर निस्केछन् पत्तो नै पाइन,’ राईले भने ‘तर राती एक्कासी ओछ्यान चिसो भयो। निद्रा खुल्दा त म सुतेको छाप्रो डुबिसकेको थियो। छाप्रोको धुरीमा चढेर बल्ल नजिककैको निर्माणाधीन घरमा चढेर ज्यान जोगाएँ।’

मरिसकेको आफूलाई भगवानले नै बचाएको ठान्छन् राई। ‘धेरैपटक अव बाँचिदैन भन्ने लागेको थियो। डर र भोकले श्वासै सुक्यो। जिउमा टिसर्ट मात्र थियो,’ उद्दार पछि नेपाली सेनाको ब्यारेकमा भेटिएका उनले भने। 

यसरी उद्दार हुनेमा एक जोडी पनि थियो। भारतीय मुलका ती जोडी स्थानीय रोज होटलमा फसेका थिए। प्रहरीले हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो बाढी आएकाले सुरक्षित स्थानमा जान भन्दै माइकिङ गरेको थियो। प्रहरीले उक्त जोडीलाई होटल छोडेर सुरक्षित स्थानमा जान भनेर मंगलबार साँझ नै आग्रह गरेको थियो। तर, उनीहरुले प्रहरीको आग्रहलाई ‘हल्का’ रुपमै लिए। 

तर, राती आएको बाढीले उनीहरु बसेको होटलको माथिल्लो तला बाहेक सबै तला पुरिए। बुधबार बिहानैदेखि उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए। पछि ८ बजेतिर मात्रै नेपाली सेनाले हेलिकोप्टरमार्फत उनीहरुको उद्धार गर्‍यो। 

तस्वीरहरु : निमेषजंग राई

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द चिया, चाउमिन, मम लगायतको मूल्य नै तोकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनाले मंगलबार प्रतिनिधिसभाकै बैठकमा क्यान्टिन स... मंगलबार, असोज ६, २०८३
बी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ६ सदस्य नियुक्त नियुक्त हुनेमा रमिला शिल्पकार, सुरेन्द्र गौचन, शान्ति भुर्तेल, दिपेन्द्र दास, इशा प्रधान र डिल्लीराम भण्डारी छन् । मंगलबार, असोज ६, २०८३
भोटेकोशी बाढी प्रभावितको पुनर्स्थापनाका लागि ३,२७९ रोपनी जग्गा पहिचान भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट गठित केन्द्रीय समितिले अध्ययन गरी पुनर्स्थापनाका लागि सम्भावित... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्