• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
स्थलगत

मेलम्चीको त्रासद : सुन्दर बजार यसरी बन्यो खण्डहर (भिडियाेसहित)

64x64
दुर्गा दुलाल बिहीबार, असार ३, २०७८  २३:०६
1140x725

मेलम्ची–  मंगलबारको दिन सामान्य थियो। बिहान सिन्धुपाल्चोकको मेलम्ची बजारमा ‘बाटो भिजाउनेसम्म’को वर्षा भएको थियो। दिनभरी धाम–पानी थियो। ‘घाम–पानी’ गरिरहने मौसमबाट डराउनुपर्ने आवश्यकता ठानेन् कसैले। सबै आ–आफ्नो काममा थिए। 

४ बज्नै लाग्दा भने मेलम्ची (इन्द्रावती) नदीमा धमिलो पानी बग्न थाल्यो। स्थानीयले सोचे– ‘लेकतिर चाहिँ पानी परेछ क्यारे !’ मेलम्ची र इन्दावतीको दोभानबाटै बाढी उर्लिन शुरु भइसकेको थियो। झन् उर्लिन थालेको भेलले ठूला ठूला माछाहरु बगरमा पछार्न थाल्यो। केही स्थानीय माछा टिप्न भनेर पनि बगरसम्म पुगे। 

इन्द्रावतीले माछा ल्याएको खबर बजारमा फैलिएसँगै वारी–पारी जोड्ने पुलमा मानिसको भिड पनि बढ्न थाल्यो। तर, त्यहीबीचमा हेलम्बु र आमा याङ्गी क्षेत्रबाट स्थानीय र जनप्रतिनिधिले ‘बाढी धेरै छ, आफ्नो ख्याल गर्नुहोला’ भन्दै मेलम्चीबासीलाई फोन गर्न थाले। 

बाढी धेरै छ भन्नेहरुले मेलम्ची खानेपानी आयोजनाभन्दा केही माथि पहिरो गएको र अझै माथि मेलम्ची थुनिएको ‘खबर’ पनि सुनाए। हेलम्बु र आमा याङ्गी क्षेत्रबाट आएको ‘खबर’ले मेलम्ची बजारको माहोल एकाएक त्रासदीपूर्ण बन्यो। 

बजार र आसपासका क्षेत्रमा नगरपालिका र प्रहरीले माइकिङ शुरु गर्‍यो। शशस्त्र प्रहरी र नेपाली सेनाले बजारमा भएका मानिसहरुलाई सुरक्षित स्थानमा जान र ठूलो बाढी आउनसक्ने चेतावनी दिन थाले। खोलामा पानीको बहाब बढ्दै गयो। 

वारी–पारी फैलिएको बजारको बीचमा निर्धो भएर बग्ने इन्द्रावती ‘खोलो’ विस्तारै घरको आँगनसम्म पुग्न थाल्यो। मानिसहरुको भागाभाग शुरु भयो। घर छाडेर मानिसहरु डाँडातिर लागे। बजारभन्दा माथी रहेको टार र इन्द्रेश्वरी माविको आँगनबाट नदी नियाल्नेहरु भनिरहन्थे– अहिलेसम्म बजारमा नदी पसेको छैन। यसपाली उर्लेर आएको छ, तर धेरै बेर टिक्दैन होला।

साँझलाई अँध्यारोले छोप्दै थियो, मेलम्ची बजारलाई इन्द्रावतीमा आएको लेदोमिश्रित भेलले छोप्न थाल्यो। रातभरि आँखा झिमिक्क पनि भएनन्। बुधबार बिहान अँध्यारो हट्दै गएपछि मेलम्चीको ‘दारुण रुप’ देखिन थाल्यो। बजारका स–साना घर त कहाँ छन् कहाँ, खुट्याउनै नसकिने भएका थिए। बिहान–साँझै गुल्जार हुने बजार खण्डहर जस्तै भएको थियो। लेदो भरिएको बगरका बीचमा केही घरको डुब्न बाँकी तला टाढा–टाढा मात्रै देखिन थाले।

Ncell 2
Ncell 2
nimb
nimb

‘चार बजे आएको बाढी शुरुमा केही घटेपछि हामी अब आउँदैन  घर फर्कन पाइन्छ भनेर एकसरो लगाएर निस्केका थियौं,’ होटल व्यवसाय गरेका मेलम्चीका जीवन श्रेष्ठ र रुपा श्रेष्ठले बाढीको त्रासदी सुनाउँदै भने, ‘न पैसा झिक्न पायौं, न केही अरु झिक्न पायौं। चार तले घरको छतमात्र देखिन्छ। ज्यान त बचायौँ, घर सम्पति सबै बगर भयो।’

बाढीले चन्द्र शमशेरको पालामा बनेको ऐतिहासिक झोलुङ्गे पुल पनि बगाइसकेको थियो। मेलम्ची–नवलपुर–चौतारालाई जोड्ने पक्की पुल पनि बाँकी रहेन। पाल्चोकको पुल त साँझै बगाएर ल्याएको थियो। मंगलबार दिउँसोसम्म ओहोरदोहोर गरिएका पुलहरु बुधबार बिहान हुँदासम्म थिएनन्। 

बाढी घट्छ भनेर मंगलबार साँझ घर छाड्न नमानेका ‘उचो’ घरमा बसेकाहरु बिहान गुहार माग्न थाले। बुधबार बिहान ८ बजे सेनाको हेलिकोप्टरले उनीहरुको उद्धार गर्‍यो। होचा घर हुनेहरुले साँझ नै घर छाडिसकेका थिए। जसकारण धेरे मानवीय क्षति हुन पाएन। 

तर, सडक र पैदल पार गर्न मिल्ने पक्की तथा झोलुङ्गे पुल बाढीले बगाइ दिएपछि मेलम्ची अहिले एक्लो भएको छ। २०४० सालपछि एकपछि अर्को घर थपिँदै सिन्धुपाल्चोककै प्रमुख बजारको रुपमा स्थापित मेलम्चीको अहिले धेरै ठाउँसँग सम्बन्ध विच्छेद भइसकेको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हेलम्वुका बजार पनि उस्तै 
मंगलबारको बाढीले मेलम्चीभन्दा धेरै क्षति हेलम्बुमा भएको छ। बाढीले मेलम्ची खानेपानी आयोजनाको ड्याम, मेलम्ची खोलाको किनारामा रहेका ट्राउट फर्महरु बगाइदिएको छ। तिम्बु, चनौटे, ग्याल्थुम, तालामाराङ लगायतका क्षेत्र खण्डहर जस्तै बनेका छन्। 

बाढीले हेलम्बुमा रहेको प्रहरी, सशस्त्र र सेनाको क्याम्प बगाइदिएको छ। इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टिकाराम राईले हालसम्म कसरी, कुन पहाडबाट पहिरो गयो भन्ने विषयमा कुनै तथ्ययुक्त जानकारी प्राप्त नभएको बताए। धेरैले मेलम्चीको ड्याम फुटेको, हेलम्बुमा केही दिन अघि ठूलो मात्रामा हिउँ परेकाले हिमताल जमेर फुटेको वा हिउँका कारण पहाड नै खसेको भनेर थरी थरीका अनुमान लगाइरहेका छन्। तर, यी सबै अनुमान मात्रै भएको, हालसम्म लेदो मिश्रित बाढी के कारणले आयो भन्ने प्रमाणित नभएको मेलम्ची नगरपालिकाका मेयर डम्बर बहादुर अर्यालको भनाइ छ। 

निद्राबाट ब्यूँझिदा छाप्रो त डुबिसकेको थियो
मेलम्चीको बाढीमा फसेकाहरुको उद्धारका लागि नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर बुधबार बिहानै प्रभावित क्षेत्रमा पुगेको थियो। बाढीमा फसेका धेरैको बिहान १० बजेसम्म नै उद्धार भइसकेको थियो। तर, मेलम्ची बजारको एउटा घरमा बुधबार मध्याह्न १२ तिर केही हल्लिरहेको देखिएपछि हेलिकोप्टरसहित नेपाली सेनाको उद्धार टोली बाढीले पुरिएको एउटा घरमाथि पुगेको थियो। 

निर्माण सम्पन्न नभएको, छतको ढलान मात्रै गरिएको घरमा एक व्यक्ति बोरा हल्लाइरहेको देखियो। झन्डै १५ घण्टा बाढीमा फसेका ती व्यक्ति हुन्– ओखलढुङ्गा स्थायी घर भएका ४६ वर्षीय राजु राई। मेलम्चीका स्थानीयको घर निर्माणमा खटिएका उनी बाढी आउँदासम्म आफ्ना साथीसँगै खाना खाइवरी निर्माणाधीन घर छेउकै छाप्रोमा सुतिसकेका थिए। राति साथीहरु को कता गए थाहा पाएनन्। आफू सुतेको ओछ्यान चिसो भएपपछि मात्रै उनको निद्रा खुल्यो। निद्रा खुल्दासम्म उनी सुतेको छाप्रो लगभग डुबिसकेको थियो।

‘बाढी आएपछि साथीहरु कताबाट कति खेर निस्केछन् पत्तो नै पाइन,’ राईले भने ‘तर राती एक्कासी ओछ्यान चिसो भयो। निद्रा खुल्दा त म सुतेको छाप्रो डुबिसकेको थियो। छाप्रोको धुरीमा चढेर बल्ल नजिककैको निर्माणाधीन घरमा चढेर ज्यान जोगाएँ।’

मरिसकेको आफूलाई भगवानले नै बचाएको ठान्छन् राई। ‘धेरैपटक अव बाँचिदैन भन्ने लागेको थियो। डर र भोकले श्वासै सुक्यो। जिउमा टिसर्ट मात्र थियो,’ उद्दार पछि नेपाली सेनाको ब्यारेकमा भेटिएका उनले भने। 

यसरी उद्दार हुनेमा एक जोडी पनि थियो। भारतीय मुलका ती जोडी स्थानीय रोज होटलमा फसेका थिए। प्रहरीले हेलम्बु र पाँचपोखरी क्षेत्रमा ठूलो बाढी आएकाले सुरक्षित स्थानमा जान भन्दै माइकिङ गरेको थियो। प्रहरीले उक्त जोडीलाई होटल छोडेर सुरक्षित स्थानमा जान भनेर मंगलबार साँझ नै आग्रह गरेको थियो। तर, उनीहरुले प्रहरीको आग्रहलाई ‘हल्का’ रुपमै लिए। 

तर, राती आएको बाढीले उनीहरु बसेको होटलको माथिल्लो तला बाहेक सबै तला पुरिए। बुधबार बिहानैदेखि उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए। पछि ८ बजेतिर मात्रै नेपाली सेनाले हेलिकोप्टरमार्फत उनीहरुको उद्धार गर्‍यो। 

तस्वीरहरु : निमेषजंग राई

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २३:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्