दाेलखा- जिल्लाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जनालाई उद्धार गरिएको छ। नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासका आज उनीहरुलाई उद्धार गरिएको हो।
बिगु गाउँपालिकाका उपाध्यक्ष सजिव ओलीको अगुवाईका डोरीको साहायताले उनीहरुको उद्धार गरेको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सुशील केसीले बताए।
उनले माथिल्लो तामाकोशी जलविद्युत् आयोजनको ड्याम साइटको माथिल्लो भागमा आउने छाँगोबाट आउन नसकेपछि १२ पुरुष र १० महिलाको डोरी लगाएर उद्धार गरिएको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।