काठमाडौं- वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन्।
तीन जना चिनियाँ, तीन जना भारतीय र दुई जना नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ।
निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत् उद्धार गरी काठमाडौँ र धुलिखेल ल्याइएको आयोजनाले जनाएको छ। उद्धार भएका सबैको अवस्था अहिले सामान्य छ।
आयोजनाको मुख्य सुरुङ, पानी प्रशोधन केन्द्र र मुख्य बाँधमा क्षति नपुगेको विवरण प्राप्त भएको आयोजनाले जनाएको छ। आयोजनाका क्याम्पहरु, उपकरण, निर्माण सामग्री, पहुँच सडक र पुल बाढीले बगाएको छ।
मङ्गलबार साँझ झण्डै सात बजे आयोजना क्षेत्रमा बाढी पसेको थियो। अम्बाथानस्थित ‘हेडवक्र्स’ भन्दा माथि परिरहेको अविरल वर्षाको कारण बाढी आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।