साङ्केतिक तस्बिर
गोरखा- गोरखाको चुमनुव्री गाउँपालिका-२ स्थित सल्लेरीमा बुढीगण्डकी नदीले चार घर बगाएको छ। आइतबार रातिदेखि परेको अविरल वर्षापछि नदीमा आएको बाढीले सल्लेरी गाउँमा पसेर घर बगाएको प्रहरीले जानकारी दिएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालका अनुसार नदीले स्थानीयबासी सूर्यबहादुर गुरुङ, सुन्दर गुरुङ, थरपती गुरुङ र लक्ष्मण गुरुङको घर बगाएको छ।
विस्थापित चारै परिवारलाई स्थानीय आमा समूहको भवनमा राखिएको छ।
नदीमा आएको बाढीले सल्लेरी गाउँका थप सात घर उच्च जोखिममा परेको उनको भनाइ छ। त्यस्तै सल्लेरीमा रहेको नेपाली सेनाको निर्माण कार्यदलको बेस क्याम्पसमेत बाढीको उच्च जोखिममा परेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।