• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, कात्तिक ३, २०८३ Tue, Oct 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बूढीगङ्गा नदीको कटानका कारण दर्जन बस्ती जोखिममा

64x64
रासस मंगलबार, असार १, २०७८  ०९:२७
1140x725

बाजुरा- आइतबारदेखि परेको अविरल वर्षाका कारण बूढीगङ्गा नदीमा आएको बाढीका कारण सयौँ बिघा खेतीयोग्य जमीन बगरमा परिणत हुँदै गएको छ।

गत वर्ष साउन २५ गते बूढीगङ्गामा आएको बाढीले खेतीयोग्य जमीन बगाउनुका साथै बगरमा परिणत गरेको थियो। यस वर्ष पनि वर्षात्को समयमा नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्ती र खेतीयोग्य जमीन नदीले कटान गरेको छ।

बडिमालिका नगरपालिका–२ को भौनेरा, ८ को रापक र सोही नगरपालिका–६ को बीरेखोलाको सयौँ मुरी फल्ने खेतीयोग्य जमीन कटान शुरु गरेको त्यहाँका स्थानीयवासीले बताएका छन्।

त्यस्तै बूढीगङ्गा गाउँपालिका–१ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमीन बूढीगङ्गा नदीले कटान गरेको छ। त्यस्तै घागरमा गत वर्ष कटान भएको खेतीयोग्य जमीन यस वर्ष वर्षात् शुरुआतसँगै पुनः नदीले कटान गर्न शुरु गरेको छ। आफ्नो १९ मुरी धान फल्ने खेत बगाएको र घर पनि पूर्णरूपमा बगाएकाले बासका लागि निकै समस्या भएको घागरका अम्मर महतले बताए। 

यस्तै नदीका कारण बडिमालिका–६ पानीनाउलामा २५ परिवारको जग्गा नदीले पूरै कटान गरेको स्थानीयवासी धन बढुवालले बताए।  “प्रत्येक वर्ष कटान गर्दै आएको थियो, यस वर्षदेखि पूर्णरूपमा खेतीयोग्य जमीन बगाएको छ”, उनले भने। त्यस्तै त्रिवेणी नगरपालिका–३ र बूढीगङ्गा–३ को खेतीयोग्य जमीन नदीले कटान गर्दै आएको बूढीगङ्गा नगरप्रमुख दीपकविक्रम शाहले बताए। 

नदीको छेउमै रहेका ताप्रीसेरा, राप्का, घागर, बार्जुगाडा, मौरलगायतका गाउँ तथा बजार उच्च जोखिममा रहेको शाहको भनाइ छ। तलबाट नदीले कटान गर्दै आएपछि बाम्काबजार जोखिममा रहेको र केही विस्थापित भइसकेको प्रमुखले बताए।

त्यस्तै बूढीगङ्गाले छिमेकी जिल्ला अछाममा पनि खेतीयोग्य जमीन कटान गर्दै आएको साँफेबगर नगरपालिका–२ बस्ने कमल साउदले बताए। साँफेबगरको बुढाबगर, ठाँटी बजार, साँफेबगर र कालिमाटीमा खेतीयोग्य जमीन कटान गर्दै आएको छ।

जग्गा कटान गर्दै आएपछि बस्तीसमेत जोखिममा परेको स्थानीयवासीले बताएका छन्। बूढीगङ्गाले अछाममा रहेको धार्मिकस्थल बैजनाथ क्षेत्रको केही भागसमेत कटान गरेको छ। मन्दिर पनि नदीको चपेटामा परेको छ। नदीको मारमा साँफे–मार्तडी सडकखण्ड पनि परेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

अछामको साँफेबगरबाट बाजुराको मार्तडीसम्म ५७ किलोमिटरमध्ये अधिकांश सडकखण्ड नदी किनारमै रहेका कारण नदीले कटान गर्दा महिनौँसम्म सडक अवरुद्ध हुने गरेको छ। साँफे–मार्तडी सडकखण्डको ताप्रिसेराबाट पानीनाउँलासम्म २० ठाउँभन्दा बढी क्षेत्रमा पहिरो गएको छ।

यता वर्षा शुरु भएसँगै जिल्लाको गौैमुल, बडिमालिका, बूढीगङ्गा र त्रिवेणीका तटीय क्षेत्रका बस्तीमा जोखिम व्यवस्थापनमा कसैको ध्यान गएको देखिँदैन।

बूढीगङ्गा नदीको बढ्दै गएको बहावका कारण तटीय क्षेत्रमा कटान गर्दा दर्जनौँ बस्ती बगाएको छ तर तीनै तहका सकारबाट अहिलेसम्म नदी नियन्त्रणमा कुनै पहल नभएको बडिमालिका–२ का करवीर नाथले बताए। “अघिल्लो वर्षामा घागरमा बूढीगङ्गाले सयौँ बिघा खेतीयोग्य जमीन बगायो, दर्जनभन्दा बढी घर बगायो तर एक वर्ष भइसक्दासमेत कुनै तहको सरकारले व्यवस्थापनका लागि केही पहल गरेका छैनन्”, उनले भने। 

अघिल्लो वर्ष बाढी आएको केही दिनमै सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री प्रकाश शा तथा पूर्व गृहमन्त्री रामबहादुर थापा हेलिकोप्टरमा घागर पुगेर नदी नियन्त्रणका लागि घरविहीन भएकालाई घर बनाइदिने आश्वासन दिनुभएको तर त्यो नारामै सीमित भएको अर्का स्थानीयवासी प्रकाश महतले बताए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

गत साउन २५ गते गएको बाढीले एक गाउँपालिका र तीन नगरपालिकाका गरी दर्जनभन्दा बढी बस्ती जोखिममा परेका भए पनि स्थानीयवासीले सरकारबाट कुनै सहुलियत नभएको गुनासो गरेका छन् । बडिमालिका–२ र ८ जोड्ने घागरको पुलमाथिबाट नदी बग्दासमेत सम्बन्धित सरोकारवाला मौनजस्तै बनेका छन्।

घागरका ५० भन्दा बढी परिवारलाई बिरामी भएको बेला सदरमुकामसम्म आउने कुनै विकल्प छैन। थुवाकाँधको निर्माणाधीन झुलङ्गे पुलमा लठ्ठा तान्ने कामबाहेक अरु केही भएको छैन। घागरका जनतालाई सबै तहले सौतेनी व्यवहार देखाएको स्थानीयवासी अम्मराज पण्डितले गुनासो गरे।
 

प्रकाशित मिति: मंगलबार, असार १, २०७८  ०९:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो आईसीसी विश्वकप लिग-२ अन्तर्गत सोमबार ओमानलाई १० रनले पराजित गरेपछि एसीसीले सामाजिक सञ्जालमार्फत नेपालले ओडीआई मान्यता जोगाएको जनाएको... सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी उनले सशस्त्र प्रहरीका एसएसपी थापालाई अभद्र व्यवहार गरेपछि यो कसुर लागेको थियो। सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालका अनुसार घाइतेमध्ये एक जनाको अवस्था सामान्य छ भने अर्का १४ वर्ष... सोमबार, कात्तिक २, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्