• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

भारतले महाकाली थुनेरै सडक निर्माण गर्दा नेपालतिरको बाटोमा क्षति

64x64
रासस सोमबार, जेठ ३१, २०७८  १६:३६
1140x725
फाइल तस्वीर

दार्चुला- गत वर्ष व्याँस गाउँपालिकाको मौराभेल क्षेत्रमा नेपाली सेनाले क्याम्प राखेर घोरेटो बाटो निर्माण गर्‍यो। भारतले लिपुलेक हुँदै मानसरोवर जोड्ने सडक निर्माणको क्रममा नेपालको व्याँस गाउँपालिका—१ छाङ्गरु तिङ्कर जोड्ने घोरेटो बाटो अवरुद्ध भएको थियो।

भारतीय सडक निर्माणको क्रममा महाकाली खोलामा पहाडै खसाल्दा नेपालतिरको बाटो अवरुद्ध भएको थियो। नेपाली सेनाले घोरेटो बाटो बनाइरहेकै बेला पटकपटक भारतले नेपाली सेनाको क्याम्प रहेको पारितिर विष्फोटक पदार्थ विष्फोट गरायो। नेपाली सेनालाई काम गर्न पटकपटक बाधा गरियो। सेनाकै क्याम्पभन्दा १०० मिटर तल भारतीय विष्फोटका कारण घोरेटो बाटो महाकालीले बगायो। गत मङ्गलबार पनि भारतले निर्माण गरिरहेको धार्चुला लिपुलेक मानसरोवर सडक खण्ड विस्तारको क्रममा शान्ति वन क्षेत्रमा पूरै पहाड भत्किदा व्याँस गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रको गोरेटो बाटो भत्किएको छ। झण्डै २५० मिटर बढी घोरेटो बाटो भारतीय सडक निर्माणको क्रममा भत्किएको छ।

घोरेटो भत्किदा व्याँस—१ र २ को सम्बन्धविच्छेदको अवस्थामा पुगेको व्याँस—२ का अध्यक्ष धिरनसिह बुढाथोकीले बताए।भारतले दशकअघिदेखि धार्चुला हुँदै लिपुलेक मानसरोवर जोड्ने सडक निर्माण गरिरहेको छ। महाकाली नदी किनारैकिनार भएर निर्माण भइरहेको सडकले नदी थुनिने सम्भावना बढेको छ। महाकाली खोला किनारैकिनार सडक निर्माणको क्रममा ढुङ्गा महाकालीमा फाल्दा खोलाकै धार परिवर्तन भइरहेको वडाध्यक्ष बुढाथोकी बताउछन् । भारतले दसगजा नछाडेर नेपालतिरबाटै उपकरण लगेर सडक निर्माण गर्ने गरेको छ।

धार्चुलाभन्दा माथिल्लो भू–भागमा भारतले खोलामा ढुङ्गा राखेर सडक निर्माण गर्दैछ। “खोलाभन्दा १० मिटर माथिबाटै सडक खन्दा ढुङ्गा महाकाली मिसिन गई खोलाको धार परिवर्तन भइरहेको छ”, बुढाथोकी भन्छन्, “खोलामा ढुङ्गाको थुप्रो लागेपछि खोला नेपालतिर कटान गर्दै आफ्नो दिशा लिइरहेको छ।”

पछिल्लो समय भारतले पुनः सडक विस्तारको क्रममा खोला थुन्ने प्रयास गरेको छ। भारतले दशकदेखि यसरी सडक निर्माण गर्दैछ। नेपालको बुदी क्षेत्रसम्म भारतले सडक निर्माणको क्रममा खोलामा ढुङ्गा फालेर खोला थुन्ने र धार परिवर्तन गराउने गरेको पाइएको छ। यसअघि पनि भारतले नेपालको महाकाली हुँदै स्काभेटर, डोजर नेपालको भूमिबाटै लगेर सडक निर्माण गरिरहेको थियो। मौराभेलभन्दा माथि बुदीसम्म ठाउँठाउँमा भारतीय सडक निर्माणको क्रममा आएका चट्टानहरु नेपाली भूभागमा प्रशस्त मात्रा देखिने गरेको व्याँसका स्थानीय दिपक खाती बताउँछन्।

गत असारमा भारतले सडक निर्माणको क्रममा फालिएको ढुङ्गा खोलामा जम्मा हुँदा घाँटीबगर क्षेत्रको नेपाली भूमि कटान भएको थियो। सडक निर्माणका क्रममा भारतले खोलामा ढुङ्गा फालेर खोलाको धारै परिवर्तन गर्नु दादागिरी भएको व्याँसका स्थानीय बताउँछन्। भारतको सो सडक निर्माणको क्रममा जताततै स्थानीयले वारपार गर्ने गरी महाकालीमा ढुङ्गा फालिएका छन्। व्यासका वडाध्यक्ष बुढाथोकी भन्छन्, “यो अहिलेको पहिरो मात्र हैन विगतमा पनि यस्तै ठाउँठाउँमा बाटो भत्काए पनि नेपाल सरकारले लगानी गरेर बाटो बनाउनु परेको थियो।”

वर्षेनी भारतले सडक बनाउँदा, विस्तार गर्दा नेपालतिरको घोरेटो बाटो भत्किने गरेको उनले बताए। अहिले कल्जु क्षेत्रमा भत्किएको बाटो भारतीय पक्षले नै बनाउने गरी उच्चस्तरीय पहल गरिनुपर्ने उनको भनाइ छ। सीमा क्षेत्रमा सडक निर्माणको क्रममा भारतले खोला थुनेर भइरहेको सडक निर्माणले भविष्यमा नेपालतिर खतरा हुने सङ्केत देखिएका छन्। बर्खाको समय खोलाबीचमा अड्किएका ठूला चट्टानले खोलाको बहाव नेपालतिर हान्ने र यसको असर देखा पर्ने भन्दै स्थानीय चिन्तित भएका हुन्।

महाकाली खोलावारि नेपालतर्फको बाटो भत्काउने र खोलाको प्राकृतिक बहाब नै परिवर्तन गराएको भन्दै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्रचार गरेको छ। गत बिहीबार प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले भारतको पिथौरागढ जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गर्दै भारतको तर्फबाट नेपालतर्फ क्षति पुगेको अवगत गराएका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

उनले पत्रमा लेखिएको छ, ‘व्याँस गाउँपालिका—२ कल्जुखोला नजिकै त्यहाँको  सडक निर्माण गर्ने क्रममा जेलिटिन पट्काउँदा माथिबाट पहिरो खसेर महाकालीमा पानी जम्मा भई नेपालतर्फको  घोरेटो बाटो अवरुद्ध भएकाले जम्मा भएको पानी खोली बाटोको सहज आवागमनको लागि अनुरोध छ।’

भारतीय प्रशासनलाई लेखिएको पत्रको पाँच दिनसम्म जवाफ आएको छैन। प्रजिअ जोशीले भारतको धार्चुला प्रशासनलाई पठाएको पत्रको व्यहोरासहित भारतीय गतिविधिका कारण पटकपटक महाकाली नदी नेपालतिर आउने र समस्या हुने गरेको विवरण गृह मन्त्रालयलाई जानकारी गराएका छन्। उनले जिल्ला सुरक्षा समिति बैठकबाट निर्णय गराएरै सीमा क्षेत्रमा भारतीय पक्षबाट भइरहेका त्यस्ता गतिविधि रोक्न पिथौरागढ जिल्ला अधिकारीलाई पत्राचार गरिएको जानकारी दिए। “लिखित मात्र हैन, फोनमार्फत पनि जानकारी भारतीय पक्षलाई गराएको छु, प्रजिअ जोशीले भने, “तर अहिलेसम्म गर्छु पनि भनेको छैन्।”

स्थानीयलाई सास्ती

व्यास गाउँपालिका—२ को कल्जु सिमसिम पानी क्षेत्रमा झण्डै २५० मिटर बढी घोरेटो बाटो अवरुद्ध भएपछि स्थानीयवासीले सास्ती भोग्नु परेको छ। व्याँस गाउँपालिकाको दुई वडा जोड्ने घोरेटो बाटो अवरुद्ध भएपछि अहिले स्थानीयवासीले आवतजावतमा सास्ती भोग्नुपरेको हो।

व्याँस गाउँपालिका—२ का वडाध्यक्ष धिरनसिंह बुढाथोकीले भारतीय अहिले पनि सो क्षेत्रमा विष्फोटक पदार्थ विष्फोट गराउँदा नेपालतिरको थप बाटो क्षति हुने अवस्था आएको बताए। शुक्रबार पनि थप पहिरो आएको छ। पूरै पहाड नेपालतिर पुगेको छ। महाकाली खोला पूरै नेपालतिर धार परिवर्तन गर्दै कटान गर्दैछ।

स्थानीयले दुईदेखि तीन घण्टा थप पहाड हिंडेर मात्रै बाटोमा पुग्न सकिने अवस्था रहेको उनले बताए। बर्खा निरन्तर छ। अझै उता (भारत)तर्फ बाट पहिरो आइरहेको छ। भारतमा पनि सडक अवरुद्ध भएको छ। सडक सञ्चालन भएको छैन् । चट्टान खस्ने क्रम जारी रहेकाले निर्माणमा सास्ती भएको बुढाथोकीले बताए।

कल्जुभन्दा माथिल्लो क्षेत्रमा यकिन घोरेटो बाटोे कति भत्किएको भनेर हेर्न सकिने अवस्था छैन्, सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट दुम्लीङका सशस्त्र प्रहरी निरीक्षक नरेन्द्रसिह बोहराले भने, “हेर्न जान बाटो छैन् । अहिले यो बाटो पूर्णरुपमा अवरुद्ध छ । चट्टानी ढुङ्गाहरु खोलावारी आएका छन्।”

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १६:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भइरहेको छ । सोमबार ललितपुरको ग... मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्