• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, वैशाख २३, २०८३ Wed, May 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

मनसुनजन्य विपद् : पहिरो पूर्वसूचना प्रणाली ९ जिल्लामा लागू गर्ने तयारी

64x64
रासस सोमबार, जेठ ३१, २०७८  १४:०३
1140x725

काठमाडौं- नेपालमा वर्षायाम भित्रिएसँगै विगतको अनुभवको आधारमा मनसुनजन्य विपद्को जोखिम क्षेत्र पहिचान गरी प्रभावकारी प्रतिकार्य योजना बनाएर लागू गरिएको छ। मुलुक नै अहिले जोखिम न्यूनीकरण र प्रतिकार्य योजनामा केन्द्रित भएको छ। 

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कतिपय जिल्लामा  वडास्तरीय रुपमै पहिराको जोखिम पहिचान गरी क्षति न्यूनीकरणका तयारी थालिएको छ। यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ निर्माण गरिएको र स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध सङ्घसंस्थासँगको समन्वयमा आवश्यक तयारी थालिसकिएको छ। 

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल गत सालको अनुभवको आधारमा समीक्षा गर्दै आगामी दिनका पूर्वतयारीका कार्यक्रम अपनाइएको बताउँछन्। “विगतमा बाढीको पूर्वतयारी राम्रो भए पनि पहिराको पूर्वतयारी प्रभावकारी नभएको पाइयो, चाहिने स्रोतसाधन जिल्लामा पुगेको पाइएन”, पोखरेलले भने, “अब त्यसलाई विशेष ध्यान दिएर तयारीका काम थालेका छौँ।”बाढीमा जसरी पूर्वसूचना प्रणाली छ, अहिले पहिरोका लागि पनि पूर्वसूचना प्रणाली नमूनाका रुपमा नौ जिल्लामा लागू गर्न लागिएको उनले बताए।

गत वर्ष अप्रत्यासित रुपमा आएको मनसुनजन्य विपद्बाट ४०० बढी मानिसको मृत्यु भएको थियो। एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए। पहिरो मात्रै ४०० भन्दा बढी खसेको थियो। गत साल कतिपय क्षेत्रमा हेलिप्याडको व्यवस्था समेत नभएको अबस्थामा नेपालका सबै वडामा हेलिप्याड व्यवस्थापनमा समेत जोड दिइएको छ। विगतकै अनुभवको आधारमा अन्य उद्धार सामग्रीको व्यवस्थापनका लागि आधारभूत काम गरिएको छ। 

प्राधिकरणका अनुसार क्षति भएकाको हकमा विगत लामो प्रयासबाट पुनःनिर्माण र पुनःस्थापनाका कार्यक्रम तत्कालै शुरु गर्न सक्ने भएको छ। तथ्याङ्क विष्लेषणको आधारमा कसरी पूर्वतयारी गर्न सकिन्छ भनेर अन्तरक्रिया र छलफल चलाएर सुझाव समेत लिइएको छ।

राहत तथा उद्धार सामग्री ठाउँठाउँमा पुर्‍याउन र तयारीमा लाग्न प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री खगराज अधिकारीबाट स्पष्ट निर्देशन आएकाले सोहीअनुसार तयारीमा जुटेको पोखरेल सुनाउँछन्।

सरकारबाट कुनै पनि काममा ढिला नहोस् भनेर सम्बद्ध निकायलाई निर्देशन गएको छ। सबै विपद्जन्य घटना सम्बोधनका लागि एकीकृत कार्यविधि बनाउने प्रक्रियामा अघि बढेको समेत उनले जानकारी दिए। बजेटको अभावमा कुनै पनि काम प्रभावित नहुने समेत उनले स्पष्ट पारे।

विपद्मा उद्धार राहत गर्नुपर्ने अबस्थामा आवश्यक व्यवस्थापकीय सामग्री भण्डारण, बाढी र कोभिड तथा पहिरो र कोभिडको जोखिम कस्तो छ? कुनकुन जिल्लामा कस्तो प्रभाव पर्न सक्छ भन्ने छुट्याएर सरोकारवालासँगको समन्वयमा प्रतिकार्य योजना तयार पारेको प्राधिकरणका सहसचिव विश्वप्रकाश अर्यालले जानकारी दिए।  

nimb
nimb
Ncell 2
Ncell 2

नेपालमा पहाडी जिल्ला पहिरो र तराईका जिल्ला बाढीबाट बढी प्रभावित छन्। हिमाली क्षेत्र हिउँ पहिरो र हिमपातबाट प्रभावित हुन्छ। नेपालमा भिरालो जमीन, कमजोर भौगोलिक अबस्था, यत्रतत्र सडक खन्ने काम, जोखिम क्षेत्रमा बसोवास, अव्यवस्थित शहरीकरण, डढेलो तथा अव्यवस्थित वन, प्लटिङ्ग, प्राकृतिक सम्पदाको दोहन, जलवायु परिवर्तन, बहुप्रकोपको प्रभाव र चेतनाको अभावले मनसुनजन्य विपद्लाई बढावा दिइरहेको विज्ञहरुले औँल्याएका छन्। 

यसवर्ष मुलुकभर नै सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिसकिएको छ। त्यसमध्ये पनि उच्च हिमाली र पहाडी जिल्ला बढी पानी पर्ने आँकलन छ। यसपालि मनसुनका बेला १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ। यसपालि प्राधिकरणले नौ जिल्लाका ३६ पालिकामा प्रभावमा आधारित मनसुन पूर्वसूचना प्रणाली प्रयोगमा ल्याउन लागिएको जनाइएको छ। यस्तै शहरी क्षेत्रका १५५ खुला स्थान पहिचान गरिसकिएको छ। आपत्कालीन अवस्थामा मानिसलाई त्यहाँ व्यवस्थापन गरिने छ। 

विपद् प्रभावितको पुनःस्थापनका लागि निजी आवास पुनःनिर्माणको काम पनि जारी रहेको प्राधिकरणको भनाइ छ। यसअन्तर्गत १० जिल्लामा पहिलो किस्ताको रकम पठाइसकेको जनाइएको छ। आपत्कालीन अवस्थाका लागि परिचालन हुने स्रोत साधनको समेत व्यवस्था गरिएको तथा विषयगत मन्त्रालय र अन्य निकायको जिम्मेवारी पहिचान गरी सम्बन्धित समितिलाई परिचालन गरिएको प्राधिकरणको भनाइ छ।

सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर विष्णुदेव यादव बाढीको प्रभाव न्यूनीकरणका लागि तटबन्धलगायतका प्रभावकारी कार्यक्रम अपनाई बाढी तथा जोखिम न्यूनीकरणको कार्यक्रम जारी राखेको जानकारी दिए। बोरा तारजालीलगायतको भण्डारण शुरु भइसकेको छ । उनले सीमावर्ती क्षेत्रको बाँधका कारण तराईमा हुने डुबान आउन नदिन तयारी थालिसकिएको र भारतसँग समन्वय भइरहेको बताए। उनले विगतको भन्दा क्षति न्यूनीकरण हुँदै गएको दाबी समेत गरे।

नेपालमा यही जेठ २८ बाट भित्रिएको वर्षायाम आइतबारदेखि नै मुलुकभर फैलिसकेको छ। देशैभरि मनसुनी वायु रहेको छ। देशका धेरै स्थानमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश २, वाग्मती, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाकी विभूति पोखरेल मनसुन मुलुकभर नै सक्रिय भएकाले केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको हुँदा सतर्कता अपनाउनु सुझाव दिइन्।  

खानी तथा भूगर्भ विभागका महानिर्देशक राजेन्द्र भण्डारी विश्वकै अग्लोदेखि निकै होचो भूभागसमेत नेपालमा रहेकाले पनि मनसुनजन्य विपद्बाट नेपाल उच्च जोखिममा रहेको जानकारी दिए।  नेपालमा गत वर्ष ४०० भन्टा बढी क्षेत्रमा पहिरो गएको थियो। धेरै बढी गण्डकी प्रदेशमा गएको देखिएको छ। यो क्षेत्र बढी पानी पर्न सक्ने क्षेत्र पनि रहेको उनले बताए। विभागले गत वर्ष १०० भन्दा बढी पहिरो हेरेर अध्ययन गरेर गृहमा प्रतिवेदन बुझाएको जानकारी दिए। 

गृह मन्त्रालयका सहसचिव गोविन्द रिजाल विपद्को समयमा धनजनको क्षति रोक्ने र आवश्यक राहत तथा पुनःस्थापन कार्यक्रम नै प्रमुख रहेको जानकारी दिँदै सबै मिलेर पूर्वतयारी र प्रतिकार्यका योजनामा लाग्नुपर्नेमा जोड दिए। गृहको निर्देशनअनुसार सबै जिल्लाले आवश्यक प्रतिकार्य योजना तयार गरी लागू भइसकेको उनले जानकारी दिए। 
आवश्यक स्रोत सामग्री ठाउँठाउँ पुर्‍याउने कार्य पनि जारी राखिएको छ। रिजालले भने, “यसपालि राहत वितरणमा रकमको अभाव नहुने गरी व्यवस्था मिलाएको छ ।” 

रिजालले अन्य विभिन्न साना ८५ वटा खोलामा समेत पूर्वसूचना प्रणाली राख्न निर्दशन दिइसकिएको बताए। कुल १९७ स्थानमा नदीको सतहबारे सूचना दिने गरी व्यवस्था मिलाइएको छ। आज भएको प्रतिकार्य योजनासम्बन्धिको भर्चुअल बैठकमा समेत प्राधिकरणले विशेष सावधानी अपनाउन आम नागरिकमा अनुरोध गरेको छ।
 

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  १४:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि मतदान जारी चार उपाध्यक्षसहित, विषयगत समूहतर्फको केन्द्रीय सदस्यका लागि राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा मतदान सुरु भइरहेको छ । सोमबार ललितपुरको ग... मंगलबार, वैशाख २२, २०८३
बाढी र पहिरोका कारण यी राजमार्ग पूर्णरुपमा अवरुद्ध (सूची) नेपाल प्रहरीले मंगलवार बिहान अद्यावधिक सूचना जारी गर्दै यो जानकारी दिएको हो । मंगलबार, वैशाख २२, २०८३
व्यवसायी शेखर गोल्छा रिहा लगत्तै पक्राउ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पुनः पक्राउ गरेको हो । मंगलबार, वैशाख २२, २०८३
ताजा समाचारसबै
वैशाख २८ गतेका लागि राष्ट्रपति पौडेलद्वारा संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान मंगलबार, वैशाख २२, २०८३
डब्ल्यूएचओद्वारा दोस्रो हान्टाभाइरस सङ्मणको पुष्टि मंगलबार, वैशाख २२, २०८३
विपद् जोखिममा यात्रु सुरक्षा कडाइ गर्न ७७ वटै जिल्ला प्रशासनलाई निर्देशन मंगलबार, वैशाख २२, २०८३
खुर्कोट–भकुन्डेबेँसी सडकमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी चलाउन रोक मंगलबार, वैशाख २२, २०८३
गुलशन झाको ५ विकेटमा ओमानमाथि नेपाल ८१ रनले विजयी मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
पश्चिम बंगालमा पनि भाजपा सत्ता, मुख्यमन्त्री ममता बेनर्जी पराजित मंगलबार, वैशाख २२, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
संवैधानिक परिषद्को बैठक बस्न गणपूरक संख्या ४, निर्णय ३ जनाले गर्नसक्ने मंगलबार, वैशाख २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्