मकवानपुर- बागमती प्रदेशको मन्त्रिपरिषद्को आजको बैठकले प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्ष २०७८/७९ को लागि प्रदेशसभामा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको छ।
बैठकले सरकारको नीति कार्यक्रम तथा बजेटको प्राथमिकताको सम्बन्धमा छलफल गरी निर्णय गरिएको प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।
उनका अनुसार यही जेठ २७ गते अपराह्न ३ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेशप्रमुख विष्णुप्रसाद प्रसाईंले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।