वालिङ- स्याङ्जामा जारी निषेधाज्ञा एक हप्ता लम्ब्याइएकाे छ। आज रातिसम्मको लागि जारी यसअघि तोकिएको निषेधाज्ञालाई जिल्ला सुरक्षा समितिको बैठकले जेठ ३१ गते राति १२ बजेसम्मका लागि लम्बाएको हो।
जिल्लामा कोराेना संक्रमणदर उच्च भएकाले रोकथाम तथा नियन्त्रणका लागि जेठ मसान्तसम्म लागू हुने गरी निषेधाज्ञा लम्ब्याइएको स्याङ्जाका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले बताए।
बैठकले दैनिक उपभोग्य अत्यावश्यक वस्तुहरुको बिक्री वितरण दैनिक बिहानमा मात्रै सञ्चालन गर्ने, बिहान ५ बजेदेखि ९ बजेसम्म दैनिक उपभोग्य खाद्य सामग्रीहरु दूध, तरकारी, फलफूल, माछा, मासु, पानी, ग्याँस, पेट्रोलियम पदार्थ अत्यावश्यक निर्माणजन्य सामग्रीहरु सञ्चालन गर्न पाउने भएका छन्।
राजस्व सङ्कलन, विपद् व्यवस्थापन, सरकारी कामकाजको प्रयोजनबाहेक सबै बैंक तथा वित्तीय संस्थाहरु बन्द गर्नुपर्ने, अत्यावश्यक काम परी बैकिङ सेवा सञ्चालन गर्नुपरेमा सम्बन्धित पालिकाकाको लिखित अनुमतिमा सञ्चालन गर्न सकिने निर्णय भएको छ भने एटिएम सेवा भने २४ सै घण्टा उपलब्ध गराउनुपर्ने छ।
निषेधाज्ञाका समयमा पहिलाजस्तै यसपटक पनि औषधि तथा अत्यावश्यक सेवाहरु २४ सै घण्टा खुल्ने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।