रामपुर (पाल्पा)- पाल्पामा जारी निषेधाज्ञाको समयावधि पुनः एक हप्ता थप गरिएको छ। यही जेठ २४ गते सम्म कायम गरिएको निषेधाज्ञालाई लम्ब्याइ जेठ मसान्तसम्म पुर्याइएको छ।
जिल्ला प्रशासन कार्यालयमा आइतबार बसेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिको बैठकले बन्द रहेका वाणिज्य बैंकहरु बिहान ७ वजेदेखि १० सम्म खोल्ने निर्णय गरेको छ। अन्य वित्तीय संस्थाका सेवा भने पूर्णरुपमा बन्द गरिने जनाइएको छ।
कोभिडविरुद्धको खोप लगाउने स्थान पालिका भित्रका सबै वडामा व्यवस्थापन गर्ने र खोप लगाउने उमेर समूह ६०-६४ वर्ष भनिएकामा खोप कम उपलब्ध भएकाले ६२-६४ उमेरका लागि मात्र लगाइने निर्णय भएको समितिले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।