• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
ब्लग

कोरोनाभन्दा ठूलो आतंक सामाजिक सञ्‍जाल!

64x64
हंशराज जोशी शनिबार, जेठ २२, २०७८  १९:१०
1140x725

म आफैं पनि सामाजिक सञ्‍जालमा सक्रिय छु। यसको सक्दो उपयोग गर्ने गर्छु। यसलाई कति उपयोगी बनाउने भन्‍ने विषय सबै प्रयोगकर्ताको आ-आफ्नो विवेकको कुरा हो। अहिलेको कठिन समयमा र अरु बेला पनि सामाजिक सञ्‍जालको प्रयोगका कारण केही मन बिझाउने घटनाहरु भएका छन्। त्यहीकारण कतिपयले सामाजिक सञ्‍जाल केही दिन नहेर्ने नै घोषणा गरेका थिए।

केही महिना पहिले नवीन्द्रराज जोशीलाई मृत्यु हुनुभन्दा दुई हप्ता अगाडि र यही हप्ता उज्वल थापालाई मृत्यु हुनुभन्दा तीन चार घन्टा अगाडि नै श्रद्धाञ्‍जलि दिनेहरु र अस्पतालमा छटपटाइरहेका बिरामीका फोटाहरु सामाजिक सञ्‍जालमा जस्ताको तस्तै पोस्ट गर्नेहरुका कारण स्वयं ती व्यक्ति, तिनका परिवार, आफन्त र समाजमा कस्तो किसिमको नकारात्मक प्रभाव पर्‍यो होला भन्‍ने अनुमान गर्न सामाजिक सञ्‍जालका प्रयोगकर्तालाई सहयोगी होस् भन्‍ने मनसायले यो ब्लग लेख्दै छु।

सामाजिक सञ्‍जालको सकारात्मक योगदान 
सामाजिक सञ्‍जालले समाज र विचार निर्माणमा दिएका केही सकारात्मक योगदानहरुको चर्चा गरौं। म आफैंले केही समय अगाडि ‘बदलिँदो नागरिक समाज’ भन्‍ने शीर्षकमा नागरिक दैनिकमा लेखेको थिएँ। त्यसमा नागरिक समाजले राज्यलाई गर्नुपर्ने खबरदारीको काम हिजोआज नागरिकले भौतिक रुपमा मात्रै एकत्रित नभएर पनि सामाजिक सञ्‍जालका माध्यमले पनि गरिरहेका छन् भन्‍ने मैले लेखमा उल्लेख गरेको थिएँ। सामाजिक सञ्‍जालले निर्माणात्मक रुपमा योगदान दिइरहेका यस्ता तमाम उदाहरण छन्। करिब तीन वर्ष अगाडि रवीन्द्र अधिकारी पर्यटनमन्त्री हुँदा विमानस्थलको आन्तरिक टर्मिनलमा बस्ने कुर्सीहरु नपुगेको कुरा कसैले उनलाई ट्वीटरमा लेखे र तुरुन्तै थप कुर्सीको व्यवस्था गरिएको थियो। तमाम राम्रा उदाहरणमध्येको यो पनि एउटा हो।

दूरदराजमा समाचारको मुख्य स्रोत पनि यही बनेको छ। तसर्थ, सामाजिक सञ्‍जालको प्रयोग कुन रुपमा गर्ने, केका लागि गर्ने र कसरी यसको प्रयोगले अरुलाई हानी नहोस् भन्‍ने कुरा हरेक व्यक्तिले आफैं सचेत भएर थाहा पाउन जरुरी छ। कहिलेकाहीँ राज्यले सामाजिक सञ्‍जालमा आएका विकृतिहरुलाई आधार बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्न खोज्छ। त्यस्ता कदम उठ्नुका पछाडि हामी पनि जिम्मेवार छौं। राज्यलाई त्यो मौका किन दिने? 

श्रद्धाञ्‍जलि दिन हतार? 
केहीसमय अगाडि नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको उपचार भइरहेकै बेला त्यही पार्टीका सक्रिय कार्यकर्ताहरु लगायत अन्य सर्वसाधारणले सामाजिक सञ्‍जालमा श्रद्धाञ्‍जलि दिए। त्यसको केही समयपश्चात् अस्पतालले विज्ञप्ति निकालेर उनको उपचार भइरहेको कुरा बतायो। त्यसको लगभग दुई हप्तापछि मात्र उनको निधन भयो। त्यसैगरी विवेकशील नेपाली दलका पूर्वअध्यक्ष उज्वल थापाको पनि उपचार भइरहेका बेला केही अनलाइन समाचार माध्यममा र सामाजिक सञ्‍जालमा उनलाई श्रद्धाञ्‍जलि दिनेको लर्को नै देखियो। गत मंगलबार मध्यान्ह १ बजेतिर सामाजिक सञ्‍जालमा यस्तो देखियो जबकि अस्पतालले र केही भरपर्दा अनलाइन माध्यमले उनको मृत्यु ४ बजे पछाडि भएको कुरा उल्लेख गरे। यो कुराको थप पुस्ट्याइँका लागि विवेकशील साझा पार्टीले निकालेको शोक वक्तव्यमा मृत्यु ४ बजेर १५ मिनेटमा भएको उल्लेख गरिएको छ।

हंशराज जोशी

यी दुई प्रतिनिधिमूलक घटना हुन्। एउटा अचम्मको कुरा त के भने सामाजिक सञ्‍जालमा हृदयस्पर्शी रुपमा शीघ्र स्वास्थ्यलाभको कामना गर्नेहरु नै आधिकारिकताविनाको सूचनाकै भरमा श्रद्धाञ्‍जलि दिने लाइनको अग्रपंक्तिमा देखिन्छन्। यीमध्ये धेरैजसो विभिन्‍न त्यस्ता अनधिकारिक सूचनाहरुको शिकार भएका पनि हुन सक्छन्। र, कतिपयले अनावश्यक होडबाजी गरेको जस्तो देखिन्छ। यस बीचमा हामी सबैले आफन्त, इस्टमित्र र चिनजानका साथीहरु गुमाउनुपरेको छ। श्रद्धाञ्‍जलि नदिने भनेको होइन र पहुँच हुँदासम्म सामाजिक सञ्‍जाल चलाउने व्यक्तिको स्वतन्त्रताको कुरामा पनि प्रश्न गर्न खोजेको होइन। तर, महामारीका बेलामा कसरी संयमित हुने र संकटमा रहेको समाजलाई कसरी सकारात्मक ऊर्जा दिन सकिन्छ भन्‍ने कुरामा जोड दिन खोजेको हो।

यसबीचमा सञ्‍जालमै आएको एउटा भनाइ निकै प्रेरक लागेको थियो। नातागोता, इस्टमित्र र टाढा रहेका छोराछोरीहरुलाई स्वास्थ्य अवस्था नाजुक छ भनेर घर बोलाउने चलन छ। यो भनेको बाटोमा केही गाह्रो नहोस् र घर आइपुगेपछि थाहा होस् भन्‍नका लागि यसरी मृत्युको सूचना लुकाइएको हुन्छ। हाम्रो समाजका प्रायः हरेक घरबाट टाढा वा वैदेशिक रोजगारीमा आफन्तहरु छन्। ती व्यक्तिहरु घर आइपुग्दासम्म त्यो बाटोमा तपाईं हामीले पोस्ट गरेका कुरा हेर्दा तिनको अवस्था के हुन्छ होला भन्‍ने आकलन त गरौं न।

कोरोना, मिथ्याङ्‍क र होडबाजी 
कोभिडको दोस्रो लहर सुरु भएपश्चात् वैशाख महिना साँच्चिकै कहालीलाग्दो थियो। दैनिक करिब १० हजारको संख्यामा संक्रमितहरु थपिन्थे र अस्पतालहरुमा बेड नपाएर, अक्सिजन नपाएर र आवश्यक औषधि नपाएर तड्पिएका संक्रमितका आफन्तहरुको चित्कारले समाचारका शीर्षक र सामाजिक सञ्‍जाल भयावह अवस्थामा थिए। आफन्तहरुको चित्कार सुन्दा लाग्थ्यो औषधि, बेड, आईसीयू पाउनका लागि गरेको आलापविलाप जीवनमा कहिल्यै अरु केही चिज पाउनका लागि गरेनन् होला।

Ncell 2
Ncell 2
nimb
nimb

यही भयावह अवस्थाका बीचमा म पनि आफ्नो परिवारका सदस्य संक्रमित भएर उनीहरुलाई ढाडस दिनकै लागि भए पनि आफू बलियो र मनोसामाजिक रुपमा स्थिर भएको देखाउनुपर्ने अवस्थामा थिएँ। यस्तो अवस्थामा भित्रैबाट कति कमजोर भइन्छ भन्‍ने अवस्थाको आकलन कि त संक्रमित स्वयंलाई हुन्छ वा स्याहारसुसार गर्ने जिम्मेवारीको पहिलो घेरामा रहेको आफन्तलाई।

कोरोनाले यति भवावह अवस्था सिर्जना त गरेकै छ र यस्तो बेलामा ‘श्रद्धाञ्‍जलि दिन किन हतार’? ‘किन भयावह फोटोहरु पोस्ट गर्नु पर्ने’?

यस्तो बेलामा समाचार माध्यम र सामाजिक सञ्‍जालमा आउने प्राय: सामग्रीहरु मनस्थितिलाई झन् कमजोर पार्न मुख्य भूमिका खेल्दा रहेछन्। मिथ्याङ्‍क र सामाजिक सञ्‍जालबाट आक्रान्त भएर नेपाल युवा संस्था सञ्‍जालका अध्यक्ष मित्र जगदीश ऐरले युवाहरुले मिथ्याङ्कबाट कसरी सुरक्षित रहने र सामाजिक सञ्‍जालको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्‍ने विषयमा नियमित पैरवी गर्न थाल्नुभएको छ। उहाँले लेखेको एउटा स्तम्भमा उहाँका आफन्तहरुले सामाजिक सञ्‍जालमा नै कोरोनाको सन्त्रास र अस्तव्यस्त राजधानीका बारेमा चिन्तित भई राजधानी जतिसक्दो छिटो छाडेर गाउँ फर्कन आमाबुवाले अनुरोध गरेको कुरा उल्लेख छ। उहाँले सामाजिक सञ्‍जालमा अस्पतालहरुको अस्तव्यस्तता र मृत्युका खबरहरु मात्र आउने गरेका कारण गाउँमा रहनुभएका आमाबुवा आत्तिनुभएको कुरा थाहा पाएपछि यस अभियानमा लाग्नुपरेको कुरा सुनाउनुभयो।

केही हप्ता अगाडितिर सामाजिक सञ्‍जालमै कोरोना संक्रमित व्यक्तिहरुले खाने औषधि भनेर करिब १० वटा औषधिको नाम लेखिएको एउटा फोटो आयो। त्यो फोटो व्यापकरुपमा सेयर पनि गरिएको थियो र राम्रै पढेलेखेका व्यक्तिहरुले सेयर गरेका थिए। एउटा त असल मनसायले सबैसामू सो सूचना पुगोस् भनेर सेयर गरेको हुनसक्छ। सञ्‍जालमा आएका कति सूचना त लाभदायी पनि भएका छन् धेरैका लागि। तर, स्वास्थ्य जस्तो संवेदनशील विषयमा कुनै सूचना वा कसैलाई औषधिको बारेमा केही सुझाव दिनु अगाडि सबैले विवेक पुर्‍याउन जरुरी छ। सामाजिक सञ्‍जालकै सूचनामा भर पर्ने र विश्वास मान्‍नेको संख्या ठूलो छ। यदि ती औषधि सेवन गरेर कसैको स्वास्थ्य अवस्था झन् बिग्रेको भए तपाईं हामी साझारुपमा त्यसको जिम्मेवार हौं नि। बिहान उठ्नेबित्तिकै सञ्‍जालमा कसैको फोटो देखियो भने सबैको ध्यान 'हँ के भएछ ?' भनेर सोच्न थालेको धेरै जनाले भनेको र सञ्‍जालमै लेखेको पनि देखियो। 

हुन पनि हो, बिहान मृत्यु भएका व्यक्तिहरुको फोटोसहितका श्रद्धाञ्‍जलिहरु देखेर दिनभरि अवाक हुँदै मानसिकरुपमा थप कमजोर भएर बस्नुको विकल्प थिएन र हुँदैन पनि। झन् अस्पतालमा उपचाररतहरुको मानसिकता कस्तो हुँदो हो? मैले मनमनै सोचेँ, कम्तीमा त्यसरी साह्रै सक्रिय भएर पोस्ट गर्नेहरुले बिहानको नित्य कर्म सकेर, चिया खाजा खाएर, अलि दिउँसो हुँदातिर गरेको भए पनि हुँदैन्थ्यो?

कोरोनाले यति भवावह अवस्था सिर्जना त गरेकै छ र यस्तो बेलामा ‘श्रद्धाञ्‍जलि दिन किन हतार’? ‘किन भयावह फोटोहरु पोस्ट गर्नु पर्ने’? ‘किन अस्तव्यस्तता मात्र देखाउनुपर्ने’? जस्ता प्रश्नहरु चिच्याएर सोध्न मन लागेको छ। यदि तपाईंले यो प्रश्न मलाई पनि सोध्नुभयो भने यसको उत्तर कुनै सूत्रमा छैन। तर, यो हरेक व्यक्तिको स्वविवेकको कुरा हो। अलि गम्भीर भएर आफूले गरेका कामले कसैलाई हानि गरेको छ कि छैन होला भनेर आफैं सोचविचार गर्ने कुरा हो। यसमा केही सूत्र नभए पनि केही सामान्य मान्यताहरु स्थापित गरेर सोहीबमोजिम गर्न त सकिन्छ। अस्पतालको आधिकारिक सूचना कुर्ने वा नजिकको आफन्तले प्रेषित गर्ने सूचना कुर्ने र फोटोहरु राख्दा अचेल सबैको मोबाइलहरुमा उपलब्ध स्केच बनाउने सुविधा प्रयोग गरेर स्केच फोटोहरु राख्ने तौरतरिकाहरु अलिकति गम्भीर र उपयुक्त हुन् कि?

आतङ्‍क नमच्चाऔं
कोरोना संक्रमण भई मेरा पनि आफन्त, चिनजानका छरछिमेकी, सँगै पढेका साथीहरु गुमाएको छु। तपाईंको पनि यस्तै कहानी छ। अस्पतालहरुको अवस्था ठीकठाक छैन जुन सुधार्नका लागि नियमित खबरदारी आवश्यक छ तर जे भए पनि हामीले उपचार गर्न जाने ठाउँ त्यही हो भन्‍ने पनि नबिर्सौं। दुर्घटना र कोरोनाको संक्रमण जो कोहीलाई पनि हुनसक्छ।

एउटा भनाइ छ नि, 'हरेक मान्छे सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित छैन' (नो वान इज सेफ अन्टिल एभ्री वान इज सेफ)। यति भनेर अन्तिममा एउटा कुरा दोहर्‍याएर भन्‍न चाहन्छु- श्रद्धाञ्‍जलि दिन, फोटो राख्न र मिथ्याङ्‍क बाँड्न हतार नगरौं र आतंक नमच्चाऔं। 

ट्वीटर: @joshihanshu

प्रकाशित मिति: शनिबार, जेठ २२, २०७८  १९:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
हंशराज जोशी
लेखकबाट थप
कोरोनाभन्दा ठूलो आतंक सामाजिक सञ्‍जाल!
सम्बन्धित सामग्री
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ भक्तपुर क्यान्सर अस्पतालमा उनको परीक्षण भयो। मनको त्यो डर तीतो सत्यमा परिणत भयो। उनलाई ठूलो आन्द्राको क्यान्सर रहेछ, त्यो पनि चौथो च... आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता ओखलढुंगा र दैलखकी यी दुई जना मात्र होइन, नेपालमा अझै पनि ५३ प्रतिशत गर्भपतन असुरक्षित रुपमा हुने गरेको तथ्यांक छ। नेपाल सरकारले सन्... शनिबार, असोज ११, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्