दार्चुला– यार्सागुम्बा संकलनका क्रममा अपी हिमाल गाउँपालिका–५ का एक महिलाको मृत्यु भएको छ। यार्सागुम्बा संकलनका लागि अपी हिमाल गाउँपालिकाको सातगङ्गा वनमा गएको बेला ४० वर्षीया चुन्धरी धामीको मृत्यु भएको हो।
यार्सागुम्बा संकलनका लागि गत वैशाखमै पाटन पुगेकी धामीको पेट दुख्ने समस्या थियो। दुई÷तीन दिनसम्म पेट दुख्न निको नभएपछि मृत्यु भएको आफन्तले जनाएका छन्।
मृतकको शवलाई आइतबार घर ल्याइएको छ। मृतकका दुई छारा र दुई छोरी छन्। यसअघि अपी हिमाल गाउँपालिका–४ का एक मोहनसिंह ठेकरेको पनि यार्सागुम्बा संकलनका क्रममा हिउँ पहिरामा परी मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।