• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, पुस २१, २०८२ Mon, Jan 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

थैलो खाली भएपछि पेट भोक्कै

64x64
रासस आइतबार, जेठ १६, २०७८  २२:५५
1140x725

सप्तरी: सप्तरीको राजविराज नगरपालिका–४ स्थित भलुवाही किनारका डेरी बस्ने ६० वर्षीय इस्लामलाई चियामा भुजा (मुरही) भिजाएर खान असाध्यै मन पर्छ।  छोरी ४० वर्षीया प्रवीणा खातुनले कालो चियामा भुजा नहालेर ल्याएमा उनि चियामात्रै पिउदिनन्। 

दुःखको कुरा, हिजोआज इस्लामले चिया र भुजा खाएर नै पेट भर्ने गर्छन्। लकडाउन अघिसम्म दाल, भात तरकारीले उनको पूरै परिवारको पेट भरिन्थ्यो। 

लकडाउनले आम्दानी खोसिएपछि चिया र भुजाले पेट भर्ने गरेको उनले बताइन्।भारतको मधुबनी नरैया विवाह गरेर दिएकी छोरीको श्रीमानको १० वर्षअघि मृत्युभयो। उनको जेठाजु, देवरले साथ, सहयोग गरेनन्, सासुससुराले पाल्न सकेनन्। 

दुःख पाएर प्रवीणा चार सन्तानसहित माइतघर फर्किए। इस्लामको श्रीमतीको तीन वर्ष अघि मृत्यु भएपछि उनकि छोरी, नाती, नातिनीको संरक्षण गर्दै बसेकि छिन्।सासुससुरालाई पाल्न कर नलागे पनि आफूले जन्माएको  छोरीलाई कसरी अलपत्र छाड्नु भनेर सँगै राखेको उनले बताइन्। भारतको जोगबनीबाट आएका इस्लामले राजविराजमा निकै काम खोजे। कुनै काम नपाएपछि दिदी सकिना खातुनले गर्दै आएको कवाडी संकलनको काम रोजिन्। 

उनको काँधमा ठूलो थैलो बोकेर विराटनगर, इटहरी, झुम्का, इनरुवा, राजविराज ओहोरदोहोर गर्छिन्। त्यो काममा उनीसँगै नातीहरूले पनि पालो लगाएर सहयोग गर्छन्। प्लाष्टिक, पन्नी, कार्टुनहरू खोज्न शहर–शहर डुलेर कवाडी संकलन गर्ने उनको पेशा लकडाउनसँगै बन्द भएको छ। 

Ncell 2
Ncell 2

डेरा लिएको एक कोठे झुप्राे घरमा चार बालबालिकासहित बुवा र छोरी बस्छन्। कोठा अगाडि ठूला–ठूला बोरोका थैलो राखिएका छन्। त्यसैमाथि निन्याउरो अनुहार लगाएर चारै जना नाती नातिनीहरू बसेका छन्। 

कोरोना संक्रमणको जोखिम बढेपछि गत वैशख २५ गते रातिदेखि सप्तरीमा निषेधाज्ञा जारी छ। औषधिलगायत अत्यावश्यकीय सेवाबाहेक सबै सेवाहरू ठप्प छन्। सर्वसाधारणका दैनिक क्रियाकलाप ठप्प छ। 

सवारीसाधन बन्द रहेकाले वायु र ध्वनी प्रदुषण हुन पाएको छैन। पसलहरू बन्द रहेकाले सडक फोहोर भएको छैन्। बजार सुनसान रहँदा इस्लामको रित्तो थैलो पनि कवाडीले भरिन पाएको छैन्। रित्तो थैलो नभरिएकाले उनको परिवारको पेट पनि खाली रहन थालेको छ। 

सरकारले नागरिकलाई घर बाहिर नआउन गरेको आग्रह अटेर गर्दै इस्लाम साँझ विहानका लागि खानाको जोहो गर्न अहिले पनि बजार निक्लन खोज्छन्। ‘सरकारको आग्रह त मान्नुपर्ने हो तर के गर्नु सरकारको आग्रहले भोको पेट भरिदैन्,’ उनले नाती, नातिनीतर्फ पुलुक्क हेरेर भनिन्। 

नियम नमान्ने माथि प्रहरीले डण्डा वर्साउने र जरिवाना तिराउने गरेको सुनेका इस्लामले भने, ‘यो कवाडी उठाउने मान्छे हो भनेर होकी ? प्रहरीले जरिवाना तिराउने र डण्डा वर्साउने काम गरेको छैन।’ भित्री बस्ती र टोल छेउ–छाउका गल्ली–गल्ली भने डुल्न त्यति समस्या छैन। 

इस्लामले भने, ‘बजारमा पसलले फ्याँक्ने गरेको प्लाष्टिक र कार्टुनले एक दिनमै थैलो भरिन्थ्यो, अहिले त चार दिन खोजे पनि थैलो भरिदैन।’ निषेधाज्ञापछि कवाडी संकलन गर्न मात्र होइन कवाडी किन्ने पसलसम्म पुर्‍याउन पनि समस्या छ। 

आर्थिक वर्षमा सरकारले कस्तो बजेट ल्यायो भनेर इस्लाम परिवारलाई कुनै चासो छैन्। इस्लामलाई त मात्र चासो छ, कवाडी बोक्ने थैलो बोकेर कहिले बजार जान पाइन्छ ? 

प्रकाशित मिति: आइतबार, जेठ १६, २०७८  २२:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
झापामा भेटिएको शंकास्पद वस्तु सेनाद्वारा निष्क्रिय शनिबार, पुस १९, २०८२
आजदेखि एकमहिने स्वस्थानी व्रत र माघ स्नान सुरु आजदेखि वैदिक सनातन धर्मावलम्बीले घरघरमा विधिपूर्वक गरिने माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर यी देवीदेवताको पूजा आराधना... शनिबार, पुस १९, २०८२
भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना, सबै यात्रु सकुशल झापाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) शिवराम गेलालले जहाज रन-वेभन्दा बाहिर गएको भए पनि यात्रु र चालक दल सुरक्षित छन् । तर, जहाजमा क्ष... शुक्रबार, पुस १८, २०८२
ताजा समाचारसबै
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
भेनेजुएलाका राष्ट्रपति अमेरिकाको कब्जामा शनिबार, पुस १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवेकशील साझाबाट आएका समीक्षा र रञ्जुसहित ७ जना रास्वपा केन्द्रीय सदस्य मनोनीत आइतबार, पुस २०, २०८२
दोहोरो अंकले घट्यो नेप्से आइतबार, पुस २०, २०८२
रास्वपाको समानुपातिक उम्मेदवारीबाट नाम फिर्ता लिने छ जना पुगे सोमबार, पुस २१, २०८२
रास्वपाको वृहत् राजनीतिक समायोजन घोषणा सभाः नागरिक उन्मुक्तिका असन्तुष्टहरु समेटिँदै सोमबार, पुस २१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
यस्तो छ रास्वपा पक्षका ११० जना समानुपातिक उम्मेदवारको सूची मंगलबार, पुस १५, २०८२
रवि लामिछाने र छविलाल जोशीलाई धरौटीमा छाड्ने आदेश उच्च अदालतद्वारा सदर बिहीबार, पुस १७, २०८२
राप्रपाबाट को–को समेटिए समानुपातिकको बन्दसूचीमा ? (नामावलीसहित) मंगलबार, पुस १५, २०८२
आज यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना बुधबार, पुस १६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्