• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मुसुमुसु हाँस्दै प्रधानन्यायाधीशले सोधिरहे– प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुरा संविधानमा कहाँ छ? 

64x64
दुर्गा दुलाल बिहीबार, जेठ १३, २०७८  २१:३९
1140x725

काठमाडौं– प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले जेठ ७ गते मध्यरातमा गरेको प्रतिनिधि सभा विघटनसम्बन्धी सबै मुद्दा अब सर्वोच्च अदालतको संवैधाननिक इजलासमा पुगेका छन्। यसबारे दायर भएका १९ थान रिट निवेदनलाई बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको एकल इजलासले ती सबैलाई संवैधानिक इजलासमा पठाउन आदेश दिएको हो। दर्ताकै क्रममा ११ वटा रिटमा संवैधानिक इजलासको माग गरिएको थियो। अब तीसहित ३० वटै निवेदनको सुनुवाई संवैधानिक इजलासमा हुनेछ। प्रधानन्यायाधीशसहित पाँच न्यायाधीश संलग्न हुने संवैधानिक इजलासमा शुक्रवार यसबारे बहस हुनेछ। 

विपक्षी गठवन्धनका तर्फवाट  १४६ जना सांसदको हस्ताक्षरसहित दायर भएको यससम्बन्धी निवेदनको पेसी यसअघि शुक्रबारका लागि संवैधानिक इजलासमा तोकिसकिएको छ। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्तिका लागि सो निवेदनमा माग गरिएको छ। 

बिहीबार प्रधानन्यायाधीशको इजलासमा करिब तीन घण्टा बहस भएको थियो। बहसपछि राणाले सबै निवेदनमा गम्भीर संवैधानिक ब्याख्या जरुरी भएको भन्दै संवैधानिक इजलासमा  पठाउने आदेश गरेका थिए।

बहसमा माग भए पनि प्रधानन्यायाधीशको इजलासले लिखित जवाफ मगाउने आदेश गरेन। विपक्षीहरुसँग कारण पनि सोधेन। सिधै संवैधानिक इजलासमा पठाउने आदेश गर्‍यो। यसअघि पुस ५ गते भएको प्रतिनिधि सभा विघटन सम्वन्धी मुद्दा पनि राणाले शुरुमा आफ्नै इजलासमा राखेर संवैधानिक इजलासमा पठाएका थिए। 

प्रधानन्यायाधीशको प्रश्न: प्रधानमन्त्रीले राजीनामा नै गर्नुपर्छ भनेर कहाँ लेखिएको छ? 
करिव साढे ११ वजे इजलासमा बहस शुरु भएपछि अधिवक्ता वीरभद्र जोशीले शुरुमा बहस गरे। जोशीले सरकार गठनका लागि राष्ट्रपतिले २१ घन्टाको मात्र समय दिएर भोलिपल्ट मध्यरातमा संसद् विघटन गर्नु असंवैधानिक भएको तर्क गरे। मध्यरातमा समय नदिई विघटन गर्ने कार्यले गैरसंवैधानिक अभ्यास भएको उनको दावी थियो। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को ३ अनुसार सरकारको नेतृत्व गरिरहेकै समयमा उपधारा ५ अनुसारको सरकार गठनको प्रक्रिया पनि अघि वढेकाले यो संवैधानिक भएको दावी गरे। 

जोशीपछि बहस गरेका अधिवक्ता तुलसी पराजुलीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत नलिई उपधारा ५ अनुसार जानु गैरसंवैधानिक भएको दाबी गरे। विश्वासको मत नलिई र राजीनामा नदिई धारा ७६ को उपधारा ५ अनुसार सरकार गठनको प्रक्रिया सुरु हुन नसक्ने उनको दाबी थियो ।  

अधिवक्ताहरुले आफ्नो तर्क राखिरहँदा प्रधानन्यायाधीश राणा मुसुमुसु हाँसेर प्रश्न सोधिरहेका थिए। अघिल्लो पटकको वहसका क्रममा संविधानको धारा ७६ को उपधारा १ र २ अनुसारको प्रधानमन्त्रीलाई विघटनको अधिकार हुन्छ कि हुँदैन भनेर निकै चासोका साथ उनले अधिकांश अधिवक्ताहरुलाई प्रश्न सोधेका थिए। यसपटक उनले प्रधानमन्त्रीले अर्को उपधारामा जानका  लागि राजीनामा दिनुपर्छ भनेर कहाँ लेखेको छ भनेर चासो राखे। अधिवक्ताहरु अजय बुढाथोकी, ज्ञानेन्द्रराज आरण, शालिकराम सापकोटा र वद्रीराज भट्टले पनि इजलाशमा विघटनको निर्णय असंवैधानिक हुनुकासाथै प्रधानमन्त्री ओली संविधानको धारा ७६ को ३ अनुसारको प्रधानमन्त्रीको रुपमा पदमुक्त नभई उपधारा ५ को प्रक्रियामा पुगेको तर्क गरे। 

उनीहरुको वहसका क्रममा प्रधानन्यायाधीश जबराले रोक्दै प्रश्न गरे, ‘संविधानमा कुन प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेर कतै केही लेखिएको  छ? त्यस्तै ७६ को १,२,३,४ हुदै ५ मा जाँदा कुन धाराको प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ? राजीनामा नै गर्नुपर्छ भन्ने प्रावधान संविधानको कुनै धारामा लेखिएको छ?’ 

Ncell 2
Ncell 2
nimb
nimb

प्रधानन्यायाधीशको प्रश्नपछि अधिवक्ता वुढाथोकीले प्रधानमन्त्रीले राजिनामा नदिएसम्म पद रिक्त नहुने भएकाले अर्को आह्वान गर्न नमिल्ने जवाफ दिए। अन्य अधिवक्ताहरुले पनि यस्तै उत्तर दिए। उनीहरुको उत्तरमा सन्तुष्ट नभएका प्रधानन्यायाधीशले फेरि प्रतिप्रश्न गरे, ‘७६ को उपधारा १, २, ३ सबैको आधारमा केपी शर्मा ओली प्रधानमन्त्री भएपछि, उपधारा ४ को लागि मार्गप्रशस्त गरेपछि उपधारा (५) को प्रक्रियामा जानुभएको हो कि होइन? बाँकी सबै उपधाराको आधारमा प्रधानमन्त्री बन्नुभएका ओली ७६ (५)को आधारमा किन बन्न सक्नुहुन्न?’ 

प्रधानन्यायाधीशको प्रतिप्रश्नमा अधिवक्ताहरुले उपधारा ३ अनुसार हुँदा राजीनामा दिएर धारा ७७ को प्रक्रिया पुरा भएको तर उपधारा ५ मा नभएको जवाफ दिए। यो जवाफमा पनि राणाको चित्त वुझेन। उनले फेरि प्रश्न तेस्र्याए, ‘संविधानको धारा ७६ (२) र (५) एउटै भएको भए अलग अलग उपधारा किन लेख्नुपर्ने आवश्यकता थियो होला त?’ यसमा अधिवक्ताहरुले स्पष्ट जवाफ दिन सकेनन्। 

प्रधानन्यायाधीशले फेरि संविधानमा आफूले वुझेको ब्याख्या भन्दै थपे, ‘७६ (५) अनुसार सरकार गठन गर्नका लागि प्रतिनिधि सभाभित्रका २७५ जना सदस्यमध्ये एकजना सदस्य योग्य भए पनि दलमा नै जाने हो, दलको आधारमा फेरि उपधारा २ बमोजिम समर्थन जुटाउने हो।’ 

प्रधानन्यायाधीश राणाले थप व्याख्या गर्दै दलिय व्यवस्थाप्रति कानुन व्यवसायीको राय वुझ्न चाहे। 

‘उपधारा ५ बमोजिम एकजना व्यक्तिलाई भनिए पनि आखिर त्यो पनि दलमै आएर हुने हो, होइन?’, राणाले जिज्ञासा राखे। तर अधिवक्ताहरुले प्रष्ट रुपमा उनलाई जवाफ दिन सकेनन्। उपधारा ५ को व्यवस्था दल होइन, स्वतन्त्र रुपमा सरकार दिनका लागि सांसदहरु स्वतन्त्र हुने कुरा त्यहाँ बुझाउन सक्नुपथ्र्यो। तर, बहस गरिरहेका अधिवक्ताहरु त्यसमा अल्मलिए।  

बहसका लागि बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी इजलासमा आए। त्रिपाठीले वहसका क्रममा सर्वोच्चको फागुन ११ गतेको फैसलाको अवहेलना भएकाले प्रधानमन्त्री ओलीमाथि अवहेलनामा तत्काल कारवाही चलाउन माग गरे। उनले धारा ७६ को ३ अनुसार प्रधानमन्त्री भएर उपधारा ४ लाई जम्प गर्दै ५ मा दाबी गरेको तर्क गरे। उनको तर्कलगत्तै राणाले फेरि पनि राजीनामाको कुरा उठाए। र सोधे, ‘राजीनामा दिएर मात्र उपधारा ५ मा दाबी गर्न पाउने व्यवस्था कहाँ उल्लेख छ?’

जवाफमा त्रिपाठीले एकपछि अर्को सरकार गठनको प्रस्ताव आह्वान हुन पद रिक्त हुनुपर्ने तर अहिले रिक्त नभएकाले उनले जम्प गरेको देखिएको जवाफ दिए। त्रिपाठीको जवाफपछि राणाले हाँस्दै धारा ७६ को व्यवस्थामा केही कन्फ्युजन रहेको भन्दै आफ्ना कुरा अघि वढाए। त्रिपाठीले राष्ट्रपतिले पनि संविधानको व्यवस्थामा गलत अभ्यास गरेको तर्क गरे। उनको तर्कलगत्तै राणाले रोक्दै भने, ‘संविधानमा राष्ट्रपतिलाई के अधिकार छ वा छैन भन्ने कुरा हामी नगरौं, त्यो छुट्टै छलफलको विषय हो। संविधानको धारा ६६ मा राष्ट्रपतिको काम, कर्तव्य र अधिकारको बारेमा प्रस्ट लेखिएको छ नि, होइन?’ 

उनले अगाडि थपे, ‘राष्ट्रपतिले जुनसुकै कार्य मन्त्रिपरिषद्को सिफारिसमा, प्रधानमन्त्रीको सिफारिशमा गर्नेछ भन्ने उल्लेख छ नि, होइन ?’  

उनको प्रश्नमा त्रिपाठीले राष्ट्रपति संविधानको संरक्षक भएकाले केही दायित्व हुने जिकीर गरे। 

उनीपछि अधिवक्ताहरु लोकेन्द्र ओली, तुलसी पराजुली र सुलभ खरेलले निवेदकको रुपमा वहस थाले। खरेलको वहसका क्रममा प्रधानन्यायाधीश राणाले फेरि प्रधानमन्त्रीेले राजीनामा दिनुपर्ने कुरा कहाँ उल्लेख छ भनेर प्रश्न गरे। खरेलले अघिल्लो पटक विश्वासको मत लिन असफल भएर कामचलाउ भएको र अहिले संविधानको धारा ७७ मै नपुगेकाले उपधारा ५मा भाग लिन नपाउने अवस्था बनेको जवाफ दिए। उनले राष्ट्रपतिले उनलाई प्रधानमन्त्रीको दाबीमा स्वीकार गर्न नहुनेमा गरेकाले संविधानको उल्लंघन राष्ट्रपतिवाट पनि भएको दाबी गरे। 

राणाले उनलाई सोधे, ‘राष्ट्रपतिले के गर्नहुन्थ्यो वा के गर्न हुन्नथ्यो भन्ने कुरालाई संविधान बनाउँदा प्रिज्युम गरिएन त?’ 

राष्ट्रपतिको क्षेत्राधिकारबारे प्रश्न उठाएकोप्रति इंगित गर्दै राणाले नेपालको संविधानले राष्ट्रपतिलाई धेरै आधिकार दिएकोले त्यसमा अलग छलफल हुने भन्दै विषयान्तर गरे। उनले फेरि धारा ७६ मा धेरै प्रश्न रहेको कुरा उठाए।  खरेलले पनि इजलासवाट उठेका प्रश्नमा सकेसम्म जवाफ दिने प्रयास गरे।  

‘धारा ७६ मा कहीँ न कहीँ कन्फ्युजन त छ। त्यसैले त विवाद आइरहेको छ नि?’, राणाले त्रिपाठी, सुलभ र अजयलाई वहसका क्रममा यही प्रश्न तेस्र्याए। 

बहसकै क्रममा प्रधानन्यायाधीश र कानुन व्यवसायीबीच संवैधानिक नैतिकताको प्रश्न पनि उठेको थियो। धारा ७६ को उपधारा ३ अनुसारको प्रधानमन्त्रीले उपधारा ४ अनुसार विश्वासको मत ३० दिनभित्र लिनुपर्ने र विश्वासको मत लिन नसकेमा धारा ७७ अनुसार पद खाली गर्नुपर्ने तर्क कानुन व्यवसायीले उठाइरहे। अधिवक्ता रुपकराज कर्णले प्रधानमन्त्री ओलीले  उपधारा ५ को सरकारको दाबी गर्नका लागि राजीनामा दिनैपर्ने तर्क गरे। उनको तर्कलगत्तै प्रधानन्यायाधीशले फेरि प्रश्न तेस्र्याए, ‘७६ को उपधारा १, २, ३, ४ आदिको प्रक्रिया पूरा गर्दा राजीनामा दिनु पर्छ र? त्यस्तो व्यवस्था त संविधानमा छैन होला  नि? अनि कसरी राजीनामा दिनुपर्छ भन्न सकिन्छ ?’ 

उनको प्रश्नलगत्तै अधिवक्ता कर्णले संवैधानिक नैतिकताको प्रश्न उठाए। ‘श्रीमान्, नैतिकताको विषय पनि हुन्छ नि’ कर्णले राणालाई जवाफ दिए। 
उनको जवाफपछि फेरि राणाले हाँस्दै भने, ‘त्यो बेग्लै कुरा हो।’ 

वहसका क्रममा अधिकांश समय यस्तै सवाल जवाफभएको थियो। त्यस्तै प्रधानमन्त्री ओलीको पक्षमा रिट दायर गरेका अधिवक्ता कृष्णप्रसाद भण्डारीसहितका रिट निवेदकले प्रधानमन्त्री ओलीलाई नै उपधारा ५ अनुसारको प्रधानमन्त्री नियुक्त गर्नुपर्ने विषय बहसमा उठाए। तर, प्रधानन्यायाधीशले वहस सक्न हतार देखाए। अन्तिमक्रममा वहसका लागि आएका अधिवक्ताहलाई राणाले अब संवैधानिक इजलाशमा विस्तृत वहस हुने भन्दै छिटो वहस सक्न आग्रह गरे। संवैधानिक इजलासमा अन्य मुद्दा पनि रहेको भन्दै राणाले संविधानको धारा ७६ को  गम्भीर ब्याख्या गर्नुपर्ने अवस्था रहेको बताए। 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  २१:३९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति आज बसेको केन्द्रीय कार्य संयोजन समितिको बैठकले तीन सदस्यीय वार्ता समिति गठन गरेको हो । समितिमा देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण... मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद दुलालले ट्राफिक प्रहरी र चालकबीच विवाद भएपछि बसमा आगलागी भएको र चालकको मृत्यु भएको... मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
चिसो जुम्लामा तात्नेछ क्रिकेट, २४ सय मिटर उचाइमा पहिलो टी–२० प्रतियोगिता मंगलबार, असोज ६, २०८३
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्