कैलाली- सेती प्रादेशिक अस्पताल धनगढीमा कोरोना भाइरसका संक्रमितको मृत्युदर पछिल्लो २४ घण्टामा शून्यमा झरेको छ।
कोरोनाको दोस्रो लहर फैलिएसँग सो अस्पतालमा उपचाररत रहेका मध्ये पहिलो पटक मृत्युदर बिहीबार शून्यमा झरेको हो।
अस्पतालको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले पछिल्लो २४ घण्टामा ८११ को नमूना परीक्षण गरिएकोमा १३४ मा संक्रमणको पुष्टि भएको छ।
अघिल्ला दिनको तुलनामा संक्रमणदर पनि आज घटेको छ। अस्पतालमा४४ संक्रमित उपचाररत रहेकोमा तीन जनाको भेन्टिलेटरमा, १५ को सघन उपचार कक्ष, २५ जनाको अक्सिजनको सहयोगमा उपचार व्यवस्थापन भइरहेको छ।
यस वाहेक मोड्रेट केशका चार र आकस्मिक कक्षमा पाँच जनाको उपचार भइरहेको छ। सो अवधिमा २८ उपचार व्यवस्थापन पछि घर फर्किनु भएको छ भने छ जना भर्ना हुएका छन्।
यसैबीच आज सुदूरपश्चिम प्रदेशभर नौ संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार कञ्चनपुर र कैलालीका चार /चार तथा अछामका एक संक्रमितको मृत्यु भएको हो।
पछिल्लो २४ घण्टमा प्रदेशमा एक हजार ९८७ जनाको एन्टिजेन र पीसीआर परीक्षण हुँदा ४८७ नयाँ सक्रमित थपिएका छन्। यो अवधिमा ५६९ उपचार व्यवस्थापन पछि घर फर्किएका छन्।
प्रदेश भरीको तथ्याङ्क विश्लेषण गर्दा केही दिन यता कोरोना भाइरसको संक्रमण र मृत्यु हुने दर घटको छ।
दोस्रो लहरको कारोना भाइरस फैलिएयता यही जेठ ७ गते एकै दिन प्रदेशमा सबै भन्दा बढी ९८४ नयाँ सङक्रमित थपिएका थिए। प्रदेशमा सबैभन्दा बढी एकै दिन ३१ जना संक्रमितको मृत्यु भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।