• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, फागुन १७, २०८२ Sun, Mar 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

एसईई र कक्षा १२ को परीक्षामा अन्योल– कार्यदलले आज प्रतिवेदन बुझाउँदै

64x64
रासस बिहीबार, जेठ १३, २०७८  १४:४९
1140x725

भक्तपुर– कोभिड–१९ सङ्क्रमणको महामारीले स्थगित नभएको भए आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइर्ई) शुरु हुन्थ्योे। देशव्यापी रुपमा कोरोना महामारीको दोश्रो लहर फैलिएसँगै जारी भएको निषेधाज्ञा र भाइरसको प्रकोप बढ्दै गएपछि राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरेसँगै परीक्षाको अन्योल छाएको छ। परीक्षाको अन्योल र महामारीको प्रकोपका कारण एसइई परीक्षाका लागि तयारी गरेका विद्यार्थीहरुमा मानसिक असर पर्न सक्ने त्रास पनि बढेको छ।

एकातिर अब परीक्षा कहिले हुन्छ भनेर चिन्ता र अर्कोतर्फ कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ताले परीक्षाको तयारीमा रहेका विद्यार्थी तनाबबाट गुज्रनु परेको बताउछिन् मध्यपुर थिमि नगरपालिका–४ राधेरोधेकी एलिशा श्रेष्ठ।

सइईको भन्दा कोरोना भाइरसको त्रास बढी रहेको उनको भनाइ छ। परीक्षाको तयारी गर्दै नियमित अनलाइन कक्षामा बस्दै अएकी उनलाई अब परीक्षा कहिले होला, कसरी होला भन्ने चिन्ता त छदैछ, त्यसमाथि कोरोना सङ्क्रमणबाट कसरी बच्ने भन्ने चिन्ता लागिरहेको बताउँछिन्।

आफ्नै छिमेकीमा रहेकी अस्मिता थापालाई कोरोना सङ्कंमणले गाह्रो पारेपछि एलिसालाई समेत मनोबैज्ञानिक असर परेको छ। एउटै विद्यालयमा अध्ययनरत साथीलाई केहीदिन अगाडि कोरोना सङ्क्रमणले उनको अनलाइन कक्षा त छुट्यो र निकै सास्ती भएको उनलाई थाहा छ। 

अस्मिता भन्छिन्, “कोरोनासङ्क्रमण भइहाल्यो, पढाई पनि छुट्यो, मलाई निकै कमजोर बनाएको छ, यहीबीचमा परीक्षा भयो भने कसरी दिने भन्ने चिन्ता धेरै छ, हामीले खोप पनि पाएका छैनौँ, खोइ कसरी बाच्ने र परीक्षा दिने जस्तो भयो।” बाबुलाई सङ्क्रमण पुष्टि भएको दुई दिनपछि ज्वरो आएको उनलाई पनि भाइरसले आक्रमण गर्यो। 

यतिखेर विद्यालयका प्रिन्सिपल, शिक्षक, शिक्षिकादेखि परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थीहरुलाई कोरोना सङ्क्रमण भएको प्याब्सनको भनाइ छ। भक्तपुरमा मात्रै ९२ प्याब्सनसँग आवद्ध भएका शिक्षक, कर्मचारीलाई सङ्क्रमणभएको बताउँछन् प्याब्सन भक्तपुरका अध्यक्ष चन्द्र अधिकारी।

देशको यो विषम परिस्थितिमा कसरी परीक्षा हुन्छ भन्ने चिन्ता आम विद्यार्थीमा रहेको र अनलाइन परीक्षा लिदा पनि अगाडि नै प्रश्नपत्र बाहिरिने खतरा रहेको उनी बताउँछन्। प्याब्सन अध्यक्ष एवं भक्तपुर निष्टका प्रिन्सिपल अधिकारीले परीक्षा कसरी हुन्छ भनेर अभिभवाक र विद्यार्थीले चिन्ता व्यक्त गरिरहेको बताउँछन्। 

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले अहिलेको अवस्थामा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित भएर परीक्षा सञ्चालन गर्ने अबस्था नभएको बताए।

Ncell 2
Ncell 2

विद्यार्थीको स्वास्थ्यभन्दा परीक्षा ठूला नभएको भन्दै उनले विद्यार्थीको स्वास्थ्यलाई ध्यानमा राख्दै यही महिनामा एसइई र कक्षा १२ को परीक्षाको बारेमा उपयुक्त बिकल्पसहित निर्णय हुने उनले जानकारी दिए।

यसवर्ष एसइई परीक्षाको तयारीमा रहेका धेरै विद्यार्थी आफै कोरोना सङ्क्रमित रहेको र यो क्रम अझै बढ्ने अबस्थामा अनलाइन परीक्षामा पनि धेरै विद्यार्थी सहभागी हुन नसक्ने अभिभावकहरुको धारणा छ। कतिपय विद्यार्थीले मोवाइलबाट अनलाइन कक्षा लिएका छन्। सबै विद्यार्थीसँग इन्टरनेट, कम्प्युटर र ल्यापटपको पहुँच छैन, मोवाइलबाट अनलाइन परीक्षा दिन सकिन्न। त्यसैले अनलाइन परीक्षाको प्रभाव नरहने अभिभावकको भनाइ छ।

अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले परीक्षामुखी शिक्षालाई जोड दिनु गलत भन्दै विद्यार्थीको भौतिक उपस्थिति र अनलाइन परीक्षा यतिखेर दुबै उपयुक्त नभएको बताउँछन्। यसवर्ष कोरोना सङ्क्रमण जटिल रहेको र धेरै विद्यार्थी तथा अभिभावक सङ्क्रमित रहेकाले गतवर्ष जस्तै विद्यालयको आन्तरिक मूल्याङ्कन बिधिमै यसवर्ष पनि जानुपर्ने उनको धारणा छ। 

विद्यालयले सञ्चालन गर्ने कक्षा नौ सम्मको परीक्षालाई सरकारले विश्वास गर्ने अनि कक्षा १० को पढाई र मूल्याङ्नलाई किन विश्वास नगर्ने भन्दै उनले स्वदेश मै उच्चशिक्षा अध्ययन गर्ने र कतिपय विदेश जाने भएकाले कक्षा १२ को परीक्षालाई भने फरक बिधि अपनाउन सकिने बताए।

“यसवर्ष धेरै विद्यार्थी सङ्क्रमित भएका छन्, यो क्रम बढ्दै छ, अनलाइन परीक्षाका लागि देशभरका सबै विद्यार्थीको पहुँच पुग्दैन भरपर्दो पनि छैन,” संघका अध्यक्ष पुरीले भने, “त्यसैले कक्षा १० माआन्तरिक मूल्याङ्कन गर्ने र कक्षा १२ को हकमा भने अनलाइन परीक्षा प्रणाली उपयुक्त हुन्छ।” अभिभावकका लागि सन्तानको स्वास्थ्यभन्दा ठूलो परीक्षा हुन नसक्ने भन्दै कडाईका साथ बिधि बनाएर यसवर्ष पनि विद्यालयलाई जिम्मा दिनुपर्ने उनको भनाइ छ।

प्याब्सन केन्द्रीय उपाध्यक्ष दीपिका थापा रिमालले कोरोनाले अभिभावकदेखि परीक्षाको तयारीमा रहेका विद्यार्थीमा निकै त्रास बढेको बताउँछिन्। उनले विद्यार्थीहरुले परीक्षा अगाडि पढिरहेको र परीक्षा पछाडि शव बोकेको जस्ता तस्बिर र त्रसित भनाइहरु सामाजिक सञ्जालमा राख्ने गरिएको भन्दै अभिभावक र विद्यार्थीमा भाइरस सङ्क्रमण बढ्दा जटिल अबस्था आएको बताए। गतवर्ष जस्तो पूर्ण रुपमा विद्यालयलाई जिम्मा दिन नहुने भन्दै उनले हचुवाको भरमा मूल्याङ्कन गर्ने गरी जान नहुने बताए ।

प्याब्सनसँगको छलफलमा यस वर्षको परीक्षामा सरकारले चारवटा बिधिमा परीक्षा सञ्चालन गर्ने बारेमा छलफल गरेको बताउदै सिद्धार्थ विद्यापीठकी प्रिन्सिपल एवं प्याब्सन उपाध्यक्ष थापा भन्छिन् “एउटा गतवर्षको जस्तो आन्तरिक मूल्याङ्कन गर्ने, दोश्रो विद्यार्थीलाई प्रश्नपत्र दिएर अनलाइनबाट परीक्षा दिलाउने, तेश्रो आफैँ परीक्षा गराउने र चौथो भारतमा जस्तै परीक्षा नै नगरी कक्षा १० माआन्तरिक मूल्याङ्न गर्ने र कक्षा ११ को भर्ना लिदा प्रवेश परीक्षालाई कडाई पार्दै ती विद्यार्थीले कक्षा १२ को परीक्षा दिदा कडाई गर्ने भन्ने बारेमा प्याब्सन र शिक्षा मन्त्रालयको टोलीसँग चारवटा ‘मोडालिटी’मा छलफल भएको छ ।”

एसइईको हकको निर्णयमा ढिलाइ गर्न नहुने बताउदै आन्तरिक मूल्याङ्कन बिधि गतवर्षको जस्तो नभइ सुधारिनुपर्ने उनको छ। राष्ट्रिय परीक्षा बोर्डले वैशाख २७ गते एसइई र कक्षा १२ को परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालको संयोजकत्वमा गठन गरेको कार्यदलले आज आफ्नो प्रतिवेदन बोर्डलाई बुझाउने भएको छ। 

कार्यदलका संयोजक अर्यालले कक्षा ८ को परीक्षा आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरे पनि कक्षा १० र १२ को बारेमा कार्यदलले तयार पारेको प्रतिवेदन बोर्डलाई बुझाउने तयारी गरेको बताए। उनलेभने, “कार्यदलले बिभिन्ने सरोकार भएका निकायहरुसँग समेत छलफल गरेर बिभिन्न मोडालिटीसहित प्रतिवेदन तयार पारेको छ, यो आज बोर्डलाई बुझाउँछौ, त्यो बोर्डको सम्पत्ति हो, कहिले, कसरी परीक्षा गर्नेे भन्ने अन्तिम निर्णय बोर्डको हुन्छ।”

गत वर्ष एसइई परीक्षा सञ्चालनको अन्तिम समयमा सरकारले परीक्षा स्थगित गरेर पछि आन्तरिक मूल्याङ्कन गर्ने निर्णय गरेको थियो। यसवर्ष भने कसरी गर्ने भन्ने बारेमा बोर्डलाई जिम्मेवारी दिएको छ। कार्यदलले आज बुझाउने भनिएको प्रतिवेदन अन्तिम नभई ड्राफ्ट मात्रै भएको बताउँछन् परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल। उनका अनुसार प्रतिवेदन बुझेपछि त्यसलाई अध्ययनका लागि बोर्ड सदस्यहरुलाई पठाउने र अहिलेको अबस्थामा परीक्षा सञ्चालन गर्न सम्भव हुने या नहुने, कसरी अगाडि बढ्ने भन्ने बारमो बोर्ड बैठकमा छलफल हुन्छ।

“गतवर्ष परीक्षा स्थगित भएपछि सरकारले नै निर्णय गरेको थियो, यसवर्ष बोर्डलाई दिएको छ, बोर्डले कार्यदलको मस्यौदाको अध्ययनपछि छलफल गरेर केही दिनमा अन्तिम निर्णय कार्यान्वयनमा लैजान्छ,” अध्यक्ष पौडेलले भने, “त्यसअघि शिक्षा मन्त्रालयमा समन्वय गर्छौं, अन्तिम निर्णय हुनुअगाडि मन्त्रालय र मन्त्रिपरिषदसम्म पुग्यो भने पनि यो महिनासम्ममा सबै निर्णय हुन्छ।”

यसवर्ष करिब पाँच लाख १७ हजार विद्यार्थी एसइईको तयारीमा छन्। परीक्षाका लागि प्रश्नपत्र छपाईसँगै देशभरका दुई हजार १९ परीक्षा केन्द्र निर्धारण भएको थियो। त्यस्तै जेठ २६ बाट हुने कक्षा १२ को परीक्षा स्थगितभएसँगै प्रश्नपत्र छपाइ भने रोकिएको छ। गतवर्ष कोरोना महामारीका कारण एसइईका परीक्षार्थीलाई विद्यालयले गरेको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा दिएको थियो भने कक्षा १२ माअनलाइनबाटै प्रश्नपत्र पठाएर घरपायक परीक्षा केन्द्रमा परीक्षा सञ्चालन गरिएको थियो। यो वर्ष इन्टरनेट सुविधा पुगेका निश्चित परीक्षा केन्द्रमा मात्रै प्रश्नपत्र पठाएर परीक्षा लिने तयारी बोर्डले गरेपनि स्थगित भएपछि कसरी जाने भन्नेबारेमा निर्णय भएको छैन।
 

प्रकाशित मिति: बिहीबार, जेठ १३, २०७८  १४:४९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
त्रिभुवन विमानस्थलले भन्यो- सम्बन्धित एयरलाइन्ससँग उडानको अवस्था बुझेर मात्र आउनू मध्यपूर्व क्षेत्रको पछिल्लो हवाई क्षेत्र प्रतिबन्धका कारण केही अन्तर्राष्ट्रिय उडानहरू ढिलाइ, पुनः तालिका वा रद्द हुन सक्ने सम्भावना... शनिबार, फागुन १६, २०८२
हिमालयन एयरलाइन्सले रद्ध गर्‍यो कतार, साउदी र युएईको उडान एयरलाइन्सले एक सूचना जारी गर्र्दै मध्यपूर्वको हवाई क्षेत्रको हालको परिस्थितिका कारण, दुबई, दमाम र दोहा जाने सबै उडानहरू अर्को सूचना... शनिबार, फागुन १६, २०८२
सतर्क रहन इजरायलस्थित नेपालीलाई दूतावासको आग्रह राजदूतावासले जारी गरेको सूचनाअनुसार हाल इजरायलमा रहेका नेपाली नागरिकलाई सुरक्षा सम्बन्धी सबै निर्देशन कडाइका साथ पालना गर्न अनुरोध ग... शनिबार, फागुन १६, २०८२
ताजा समाचारसबै
सरकारी टेलिभिजनबाट रुँदै दिइयो खामेनीको मृत्युको खबर, इरानमा ४० दिने राष्ट्रिय शोकको घोषणा आइतबार, फागुन १७, २०८२
इरानको राजनीतिक उतारचढावः पहलवी वंशको पतनदेखि खामेनीसम्म आइतबार, फागुन १७, २०८२
खामेनीको मृत्युको खबरपछि इरानका पूर्व युवराजको प्रतिक्रिया: अब राष्ट्रिय उत्सवको समय आयो आइतबार, फागुन १७, २०८२
इरानका सर्वोच्च नेता खामेनेई मारिएको ट्रम्पको दाबी आइतबार, फागुन १७, २०८२
इरानको दक्षिणी प्रान्तमा कम्तीमा ७० जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
इरानमाथि अमेरिका र इजरायलको संयुक्त आक्रमण, खामेनेईलाई सुरक्षित स्थानमा सारियो शनिबार, फागुन १६, २०८२
इरानद्वारा नागरिकलाई तेहरान छोड्न निर्देशन शनिबार, फागुन १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
मध्यपूर्वमा अमेरिकी बेसमा इरानद्वारा आक्रमण, कहाँ कहाँ बनाइयो निशाना? शनिबार, फागुन १६, २०८२
इरानी आक्रमणमा अबुधाबीमा एक जनाको मृत्यु शनिबार, फागुन १६, २०८२
अमेरिका–इजरायलको संयुक्त आक्रमणपछि इरानले पनि गर्‍यो जवाफी आक्रमण शनिबार, फागुन १६, २०८२
बीबीसीले सार्वजनिक गरेको भिडियो डकुमेन्ट्री हटाउन निर्वाचन आयोगले लेख्यो प्रेस काउन्सिललाई पत्र बिहीबार, फागुन १४, २०८२
बीबीसीको रिपोर्ट– तत्कालीन आईजीपी खापुङले दिएका थिए गोली चलाउने आदेश बिहीबार, फागुन १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्