ओखलढुंगा– जिल्लामा कोरोना संक्रमितको संख्या बढेपछि गाउँगाउँमा अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारिएको छ। स्थानीय तहले आफ्नो क्षेत्रभित्रका सङ्क्रमित नागरिकलाई राखेर उपचार गर्न अक्सिजनसहितको आइसोलेसन केन्द्र तयार पारेका हुन्।
सुनकोशी गाउँपालिकाले च्यानम स्वास्थ्य चौकीमा १० शैय्याको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ। समुदायस्तरमा कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै गएपछि सङ्क्रमितलाई पालिकाभित्रै राखेर उपचार गर्ने उद्देश्यले सुनकोशीले अक्सिजनसहितको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष रुद्रप्रसाद अधिकारीले बताए।
आइसोलेसन केन्द्रमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका बिरामीलाई स्वास्थ्यकर्मीको निगरानीमा राखिने उनले बताए ।
लक्षण नदेखिएपनि सङ्क्रमण पुष्टि भएकाबाट समुदायमा फैलिन नदिन आइसोलेसन केन्द्रमै राख्ने व्यवस्था मिलाइएको अध्यक्ष अधिकारीले बताए।
गाउँपालिका—७ च्यानम स्वास्थ्य चौकीमा अक्सिजन सिलिन्डर र दुई वटा कन्सन्टे«टसहितको १० शैय्याको आइसोलेसन केन्द्र तयार गरिएको छ । पालिकाले गाउँमै अक्सिजनसहितको आइसोलेसन तयार गरेपछि स्थानीय खुसी भएका छन्
त्यसैगरी, मोलुङ गाउँपालिकाले पनि रामपुरमा ७ शैय्याको आइसोलेसन तयार गरेको छ। जिल्लामा सबैभन्दा पहिलो बढी संक्रमित भेटिएको मोलुङमा दुई वटा अक्सिजन कन्सनट्रटेरसहित सात शैय्याको आइसोलेसन बनाइएको गाउँपालिकाका सूचना प्रविधि अधिकृत गोपाल नेपालले बताए
खिजीदेम्बा गाउँपालिकाले पनि खिजीफलाटेमा आइसोलेसन केन्द्र सञ्चालनमा ल्याएको छ । कोभिड अस्पताललाई थप व्यवस्थित बनाउने र थप आइसोलेसन व्यवस्थापन गरेर नागरिकलाई सेवा शुरु गरिएको खिजीदेम्बाका प्रमुख प्रशासकीय अधिकृत सुवास पौडेलले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।