• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर १५, २०८२ Mon, Dec 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

नेपालमा खोप पठाउन अहोरात्र खटिरहेका छौँ, अब चाँडै नै अमेरिकाबाट खोप जानसक्छ : राजदूत खतिवडा

64x64
रासस सोमबार, जेठ १०, २०७८  १९:२६
1140x725

काठमाडौं- अमेरिकी सरकारले नेपाललाई कोरोना भाइरससँग जुध्नका लागि विभिन्न तरिकाले सहयोग गर्दै आएको छ। विदेश मन्त्री एन्थोनी व्लिकेनले हालसालै नेपाललाई सहयोग गरिएको विषयलाई सामाजिक सञ्जालमा समेत उल्लेख गरेका थिए। अमेरिकी सहयोग नियोग युएसएआइडीले नेपाललाई सहयोग गर्दै आएको छ र आगामी दिनमा अझ सहयोग बढाउने जानकारी उच्च अधिकारीहरुले सिनेटको कमिटिमा समेत दिएका छन्। वहुराष्ट्रिय देशहरुलाई सर्वसुलभ रुपमा अमेरिकाले उपलब्ध गराउने खोप आयोजना कोभ्याक्सको लागि नेपाल पनि लाभान्वित देश हो। यो प्रक्रियामा रहेको छ भने नेपालले अमेरिकाबाट खोप खरिद गर्ने प्रक्रिया पनि अगाडि बढाइरहेको छ। 

अमेरिकी सरकारलाई नेपालको आवश्यकताअनुसारका सामाग्रीहरु, खोपलगायतको माग गर्ने कार्यमा अमेरिकाका लागि नेपाली राजदूत डा.युवराज खतिवडासँग अमेरिकाको वाशिङ्गटन डिसीस्थित मधुकर अधिकारीले गरेकाे कुराकानीको सम्पादित अंश तल प्रस्तुत छ।  

कोरोना भाइरसका कारणले नेपाल यतिबेला आक्रान्त छ। नेपाली नागरिकले अमेरिकामा उत्पादित खोप ल्याउन आग्रह गरिरहेको देखिन्छ। दूतावासले अमेरिकी सरकारी निकायसँग कसरी काम गरिरहेको छ? 

स्वाभाविक रुपमा म तीन महिना अगाडि अमेरिकामा आफनो कार्यभार सम्हाल्न आउँदै गर्दा अमेरिकामा कोरोना भाइरसको प्रकोप ज्यादै नै थियो र नेपालमा केही कम जस्तो देखिएको थियो। म आफैँ पनि यहाँ आएर केही समय आइसोलेशनमा बसेको थिएँ। भ्याक्सिन लिएपछि मात्रै काममा आएका हौँ। अमेरिकामा कोरोना विरुद्धको खोपको प्रयोग पर्याप्त भइसकेको छ त्यसैले यहाँ नियन्त्रणतर्फ अगाडि बढेको देखिन्छ। 

नेपालको सन्दर्भमा कुरा गर्नुपर्दा अमेरिकी सरकारले युएसआइडीमार्फत् उदारतापूर्वक स्वास्थ्य सामाग्री सहयोग गरिरहेको छ। थप बजेट पनि दिएको बाहिर आइसकेको छ। हामीसँग छलफल हुँदा युएसआइडीमार्फत् थप वित्तीय सहयोग गर्छौं भन्नुभएको छ।

खोपको विषयमा कुरा गर्नुपर्दा अमेरिकाले विदेशी मुलुकलाई दिने पाँच अर्ब डलरको करिब आठ करोड डोज खोपको विषयमा नेपालले पाउने खोप पाउने नै छ। अष्ट्राेजेनिका खोपको नेपालले पाउने मात्रा राम्रोसँग पाउन सकोस भनेर हामीहरुले भनिरहेका छौँ। 

हामीहरुले नेपालको स्वास्थ्य मन्त्रालयको अनुरोधमा अमेरिकाको हेल्थ एण्ड ह्युमन रिसोसर्् सर्भिस्लाई हालै एउटा अनुरोध गरिएको छ। त्यसमा हामीले बजारको प्रतिस्पर्धी मूल्यमा जोन्सन एण्ड जोन्सनको खोप खरीद गर्न चाहन्छौं भनेका छौँ। अहिले खोप खरिद गर्नको लागि अमेरिकी सरकारले स्वीकृत दिनुुपर्ने हुन्छ। त्यो विषय मैले स्टेट् डिपार्टमेन्ट्स्मा उठाएको छु। 

हामीहरुको अपेक्षा के हो भने कोभ्याक्सको मोडालिटीबाटभन्दा बाहिरबाट पनि करिव ६० देखि ७० लाख डोज लिन सक्यौँ भने त्यसले हामीहरुलाई एउटा तहमा कोराना विरुद्ध लड्न सफल बनाउँछ।  

Ncell 2
Ncell 2

मलाई के विश्वास छ भने निकट भविष्यमा नै नेपालमा अमेरिकाबाट खोप जान सक्छ। यसको लागि हामी अहोरात्र खटिरहेका पनि छौँ। 

अमेरिकी सरकारले खोपका अतिरिक्त अन्य उपकरणहरु पनि सहयोग गर्ने भनेर सिनेटमा समेत सिनेटरहरुले आवाज उठाइरहनु भएको छ, खासमा कस्ता खालका उपकरणहरु नेपाल जाँदैछन् ? 

निश्चय नै अमेरिकामा रहनुभएका विभिन्न तह र तप्काका नेपाली अमेरिकनहरुले गर्नु भएको पहलकदमीको कारणले सिनेटमा आवाज उठेको छ। त्यो एउटा स्तुतीयोग्य कदम हो भन्ने मलाई लागेको छ। त्यसको लागि यस विषयमा सहभागी सम्पूर्णलाई म दूतावासको तर्फबाट हार्दिक धन्यवाद दिन चाहन्छु। जहाँसम्म अमेरिकाले दिएको सहयोगको विषय छ त्यसमा दुई तरीकाको सहयोग गइरहेको छ। 

तपाईलाई थाहा नै छ, एक चरणको सामाग्री युएसएआइडीमार्फत् नेपाल पुगिसकेको छ। त्यो आगामी दिनमा पनि जाँदैछ। अमेरिकाले हरेक साता जस्तो त्यस्ता सामाग्री नेपालमा पठाउने गरी काम भइरहेको छ। त्यसैगरी अर्को डिपार्टमेन्ट अफ डिफेन्सबाट पनि नेपालमा स्वास्थ्यकर्मीहरुको सुरक्षाका सामानहरु धेरै गएका छन्। साथै हामीहरुले अनुरोध गरेको खण्डमा स्पेशल चार्टड विमान पनि नेपाल जानसक्ने भनेर हामीलाई स्टेट एजेन्सीबाट पनि जानकारी आएको छ। यसका लागि गैरआवासीय संघदेखि डाक्टर एशोसियसन, नर्सिङ एसोसियसन स्थानीय संघसंस्थाहरुमार्फत् सहकार्य गरेर यहाँ सङ्कलन गरिएका सामाग्रीहरु नेपाल लैजान हामी आतुर छौँ। हामी अहिले महामारीको चपेटामा परेकोले एक सेकेण्ड पनि बिलम्व नगरी अमेरिकाबाट स्वास्थ्य सामाग्रीहरुदेखि खोप सम्म लैजान दूतावासले सम्पूर्ण संयन्त्र परिचालन गर्न कुनै कसर वाँकी राखेको छैन।  

अमेरिकी सरकारको पक्ष एउटा भयो अर्को यहाँ रहेका नेपाली स्थानीय संघसंस्थाहरुको पहललाई कसरी समन्वय गर्नुहुन्छ ? 

खासमा हामीहरुले विगतको पाठ सिकेर के गरेका छौँ भने यहाँबाट जाने जे सुकै सहयोग पनि स्वास्थ्य मन्त्रालयमार्फत् बुझने व्यवस्था गरिएको छ। हामीले यसमा केही मापदण्ड समेत तय गरेका छौँ। हामी स्वास्थ्य सामाग्री बाहेक अरु सामान लिदैनौँ, एक पटक प्रयोग गरिएका सामानहरु लिदैनौँ। त्यसको लागि हामीहरुले आवश्यक सामानहरुको ३२ वटा सूची दूतावासको वेभसाइटमा नै राखेका पनि छौँ। साथै हामीहरुले दाताहरुलाई के पनि भनेका छौँ भने यदि कसैले यहाँबाट दोहा या आवुधावीसम्म सामान पठाउने व्यवस्था गर्नुहुन्छ भने हामीले त्यहाँबाट नेपाल लैजाने व्यवस्था समेत मिलाएका छौँ। यस विषयमा मैले सम्मानीय प्रधनमन्त्रीज्यूसँग समेत छलफल गरिसकेको छु।

गैर सरकारी संघसंस्थाहरुले गर्ने सङ्कलन गरेका सामाग्रीहरुको व्यवस्थापन र ढुवानीको व्यवस्थालगायत यावत काम गर्न दूतावासले निरन्तर समन्वय र सहकार्य गर्नेछ। तर कतिपय सामानहरु अमेरिकाबाट नेपालसम्म पुरयाउन सुरक्षाको दृष्टिकोणदेखि प्राविधिक कारणले समेत वभिन्न कठिनाई आएको अवस्थामा नजिकको बजारवाट खरिद गर्ने सोचाइमा समेत काम गरिरहेका छौँ। यसमा अमेरिकी सरकारी अधिकारीहरुले समेत उपयुक्त माध्यम भएको भन्दै आवश्यक परेको खण्डमा वित्तीय सहयोग समेत गर्ने आश्वासन दिनुभएको छ।

अमेरिकी सरकारले गरेको ऐतिहासिक सहयोग एमसीसीको कार्यान्वयनमा किन ढिलाई भएको हो ? त्यस विषयमा यहाँ केही छलफल भएको छ ? 

यो एउटा सहज स्थिति रहेन। यो सहायतालाई हामीले अलि बढी नै राजनीतिकरण गर्यौं। जे सम्झौता गरेका छौं, त्यहाँभित्र लेखेका कुराहरुमा वौद्धिक सम्पत्तिको कुरा होला, आयोजनापछि त्यसको सुरक्षाको कुरा होला या लेखा परीक्षणको अवस्थाको कुरा होला या कुनै अवस्थामा कानूनहरु बाझिएको कुरासमेत ‘लेटर अफ एक्सचेञ्ज’बाट सल्टाउन सकिन्छ। तर अनावश्यक रुपमा यस आयोजनालाई अमेरिकाको सुरक्षा नीतिभित्र पर्छ भनेर एकातिर हल्ला गरियो भने अर्कोतर्फ दुई दुई वर्षसम्म संसदमा प्रवेश नै नगराई हलो अड्काउने काम भयो।

यसमा कुनै विवादको विषय नै छैन। राजनीतिक दलका नेताहरुले भेटमा एउटा र व्यवहारमा अर्को कुरा गर्ने जस्तो द्धैध चरित्रको कुरा गर्नुभएकाले पनि संसदमा यो सहायता कार्यक्रम टेवल हुन पाएन। टेवल नभएपछि छलफल भएन, त्यो नभएपछि अनुमोदन हुने कुरै आएन। जवकी उहाँहरु सबै सरकारमा भएको बेला ‘थ्रेसहोल्ड’ हुँदै हामी ‘कम्प्याक्ट’मा प्रवेश गरेका थियौँ। यो सम्झौताअनुसार अनुमोदनको अन्तिम समय दिएको पनि डेढ वर्ष भयो। 

हामीहरुको लागि विद्युत वितरणको आयोजना लाइफलाइन नै हो नि। यो नेपालको वृहत्तर विकासको लागि अपरिहार्य पनि छ। त्यसैले यो राष्ट्रिय गौरवको आयोजनामा राखेका छौँ। हामीले यसलाई तीन वर्षदेखि बजेटमा राखेका छौँ। यो संसदले पास गरेको बजेट हो। यसैले यसलाई कार्यान्वयनमा लैजाउँ भनेका छौँ। तर उहाँहरुले अनुमोदन नभई यो ‘फोर्स’ हुँदैन भन्नुभएको हो। यो होल्डमा रहेको छ।

अव संसद नभएको अवस्थामा कसरी कुन विकल्पमा जाने भनेर हामीले छलफल गरिरहेका छौँ। हामीले यसको लागि काम गर्दै  आएका पनि छौँ, आयोजनाको स्थान छनौट, वातावरण मूल्याङ्कन जस्ता काम सम्पन्न गरिसकेका छौँ। ‘क्रस कन्ट्रि टान्समिशन लाइन’को लागि कम्पनी स्थापना गर्न क्याविनेटमा प्रस्ताव पुगेको पनि छ। 

यसै विषयमा यसै साता मात्रै मैले एमसीसी डिपार्टमेन्ट अफ कम्प्याट अपरेशनकी उपाध्यक्ष फतिमा सुमर र उपाध्यक्ष जोनाथनसँग छलफल गरेको थिएँ। संसद नरहेको अवस्थामा वैकल्पिक विषयमा पनि हामी छलफल गर्ने नै छौँ। उहाँहरु काठमाडौँ भ्रमण गरेर यसलाई निरन्तरता दिने विषयमा पनि छलफल भएको छ।  अमेरिका नेपाल बीच यति राम्रो सम्वन्धका वावजुद यसलाई रोकिनु कुनै पनि दृष्टिकोणले उपयुक्त होइन अब हामी अनुमोदनको वैकल्पिक प्रक्रियामा जाने तयारी गरिरहेका छौँ। 

दूतावासले यहाँ दिने सेवाको विषयमा अत्याधिक गुनासो आइरहेकोमा तपाईंले कार्यभार सम्हालेपछि के कस्ता सुधार भएका छन् ? 

 विगतमा के भयो त्यसमा म जान चाहन्न तर अहिले पछिल्लो तीन महिनामा हामीले विभिन्न सुधार गरेका छौँ। मैले पछिल्ला दिनहरुमा टेक्सास, शिकागोलगायतका स्थानमा भ्रमण गरेर उहाँहरुले गर्नुभएको गुनासो नोट गरेको छु। त्यो हिजो थियो अव छैन भनेर उहाँहरुलाई भनेको पनि छु। मैले यस अवधिमा पहिला बाँकी रहेका सबै काम सम्पन्न गराउने काम गरेँ। अब दूताबासबाट प्राप्त हुने सेवा सहज र सुलभ होस् भनेरै काम गर्ने हो।  

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  १९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
बाँकेमा ११९ एचआइभी सङ्क्रमित फेला सोमबार, मंसिर १५, २०८२
स्रोत नखुलेको १८ लाख नगदसहित  किशोर पक्राउ सोमबार, मंसिर १५, २०८२
जेनजी आन्दोलनका नौ घाइतेले लिए राहत र परिचयपत्र सोमबार, मंसिर १५, २०८२
एड्स महामारीकाे अन्त्य गर्ने कार्यमा एकजुट हुन स्वास्थ्यमन्त्रीको आह्वान सोमबार, मंसिर १५, २०८२
बालेन शाहलाई पितृशोक सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
पुसको अन्तिम साता महाधिवेशनको कार्यतालिका ल्याउने कांग्रेस संस्थापन पक्षको तयारी आइतबार, मंसिर १४, २०८२
डिजेल/मट्टितेलको मूल्य घट्यो सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
ज्येष्ठ नागरिक स्वास्थ्य सेवाः अझै छैन सरकारको प्राथमिकतामा लक्ष्मी चौलागाईं
जेन–जेड आन्दोलनपछि नेपालको राजनीति: अस्थिरता रोक्न संवैधानिक सुधार अपरिहार्य सागर पौडेल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल इंग्ल्यान्डसँग मंगलबार, मंसिर ९, २०८२
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर आइतबार, मंसिर १४, २०८२
रास्वपाले ७ वटै प्रदेश इन्चार्जलाई जिम्मेवारीबाट हटायो बुधबार, मंसिर १०, २०८२
प्रभु बैंकका सिइओ शेरचन पक्राउ आइतबार, मंसिर १४, २०८२
पार्टी कार्यालयमै कर्ण थापामाथि दुर्व्यवहार आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्