काठमाडौं– बागमती प्रदेशको आठौं अधिवेशन जेठ १६ गतेदेखि शुरु हुने भएको छ। प्रदेश प्रमुख विष्णु प्रसाईंले जेठ १६ गतेका लागि प्रदेशसभाको आह्वान गरेका हुन्।
प्रदेश सरकारको शुक्रबार सम्पन्न मन्त्रिपरिषद् बैठकको निर्णयानुसार भएको सिफारिसमा अधिवेशन अह्वान गरिएको हो।
संविधानको धारा १८३ को उपधारा १ बमोजिम अपराह्न ३ बजेका लागि आठौँ अधिवेशन यही आह्वान गरेको प्रदेश प्रमुख प्रसाईंको सचिवालयले जनाएको छ।
अधिवेशनको पहिलो दिन नै सरकारले प्री बजेट प्रस्तुत गर्ने र क्रमशः नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गर्ने जनाइएको छ।
संविधानमा व्यवस्था भएअनुरुप प्रदेश सरकारले आगामी असार १ गते बजेट प्रस्तुत गर्नेछ।
असार १ गते प्रस्तुत हुने बजेट निर्माणका लागि सरकार लागिपरेको प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।