काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरू सिंहदरबारमा जम्मा हुँदैछन्। उनीहरू संसद् सचिवालयको सार्वजनिक लेखा समितिको हलमा भेला हुँदैछन्।
उनीहरू आउने क्रम जारी छ। नेता नेपाल भने आइपुगिसकेका छन्।
बहुमत सांसदको हस्ताक्षर बुझाउँदा पनि राष्ट्रपतिले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त नगरेको र प्रतिनिधि सभा विघटन गरेकोविरुद्ध विपक्षी दलहरूले आज सर्वाेच्च अदालतमा रिट दायर गर्दैछन्।
साेही प्रयोजनका लागि हस्ताक्षर संकलन र छलफल गर्न नेपाल समूहका सांसदहरू भेला हुन लागेका हुन्। उनीहरूले आइतबार बानेश्वरस्थित संसद् भवनमा छलफल गरेका थिए।
विपक्षी गठबन्धनलाई नेपाल समूहको समर्थन रहेको छ। नेपाल समूहका कम्तिमा पनि ३० जना सांसदले रिटका लागि हस्ताक्षर गर्ने सांसद निरुदेवी जैरुले दाबी गरिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।