प्रतीकात्मक तस्वीर
बाँके– नेपालगञ्जको भेरी अस्पतालमा उपचारका लागि आएका बिरामी तथा कुरुवाले २० रुपैयाँमै खाना पाएका छन्। कोरोना सङ्क्रमित, अन्य रोगका बिरामी र कुरुवालाइ सहज तथा सुलभ मूल्यमा खाना उपलब्ध भएपछि उनीहरुका आफन्तलाई राहत मिलेको छ।
अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा भरपेट खाना उपलब्ध भएपछि बिरामीका कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्यासमेत अन्त्य भएको छ।
अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोईका नामबाट साँझ–बिहान दुवै छाक भरपेट खाना खुवाउन शुरु गरेको हो।
शुरुआती चरणमा बिहानको छाक मात्रै खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल क्षेत्रका होटल बन्द भएपछि बिरामी तथा कुरुवाको समस्यालाई दृष्टिगत गरी साँझको पनि खाना खुवाउन शुरु गरिएको मण्डलका संरक्षक विजय गुप्ताले बताए।
धार्मिक एवं मानवीय भावनाले साँझ, बिहान खानाको व्यवस्था गर्दै आएको मण्डलीद्वारा सञ्चालित रसोई घरलाई सहयोग गर्ने दाताको सङ्ख्या पनि बढ्दै गएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।