काठमाडौं– नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दै छ। एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताए।
दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा बस्ने बैठकले पार्टी अनुशासन तथा निर्देशन विपरीत कार्य गर्ने केही नेतालाई कारबाही गर्ने तामाङले बताए।
पार्टीभित्रकै केही व्यक्तिका कारण पछिल्लो राजनीतिक घटनाक्रम विकास भएकाले कस्तो कारबाही गर्नेभन्नेबारे बैठकले निर्णय गर्ने उनको भनाइ छ।
बैठकमा पछिल्लो राजनीतिक अवस्था तथा आसन्न मध्यावधि निर्वाचनबारे समेत छलफल हुने नेता तामाङको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।