• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १९, २०८३ Sat, May 2, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संवैधानिक कानुनका जानकार भन्छन्– प्रतिनिधि सभा विघटन असंवैधानिक

64x64
नेपाल लाइभ शनिबार, जेठ ८, २०७८  ०९:१३
1140x725

काठमाडौं– सवैधानिका कानुनका जानकारहरुले दोस्रो पटक भएको प्रतिनिधि सभा विघटन पनि गैर संवैधानिक भएको दाबी गरेका छन्। राष्ट्रपति विद्यादेवि भण्डारीले बहुमत दाबी गरेका दलहरुको प्रस्तावलाई बस्तुनिष्ट आधार नदेखाई खारेज गरेर विघटनको वाटोमा जाने वातावरण बनाएको उनीहरुको तर्क छ।

सर्वोच्च अदालतका पूर्व न्यायाधीश बलराम केसीले प्रतिनिधि सभाको विघटन असंवैधानिक मात्र नभई यसले संविधान समाप्त पार्ने वाटो लिएको टिप्पणी गरे।

तत्काल सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरेर मुद्दा लैजानुपर्ने अनि पुनःस्थापना गर्दै राष्ट्रपतिलाई महाअभियोग लगाउनुपर्ने उनले बताए। ‘संविधानमाथि पटक–पटक भएको अत्याचारको अब हिसाव लिनुपर्ने समय आएको छ,’ उनले भने ‘संविधान र संविधानवाट प्राप्त उपलब्धीहरुलाई खोस्ने प्रयास भएको छ।’

यो पनि पढ्नुहोस्

राष्ट्रपति कदमका ५ कमजोरीशनिबार, जेठ ८, २०७८

अधिवक्ता टिकाराम भट्टराईले संसद विघटनको निर्णय गलत भएको बताए। ‘अर्को सरकार गठन हुने विकल्प प्रष्ट रुपमा देखिएको थियो। राष्ट्रपतिले बस्तुनिष्ट आधारमा निर्णय गर्नुपर्नेमा आत्म निरीक्षण आधारमा गर्नु भयो,’ भट्टराईले भने ‘राष्ट्रपतिलाई शंका लागेको भए दुवै पक्षलाई बोलाएर  सनाखत गर्न सकिन्थ्यो तर जे मन लाग्यो त्यही गर्ने यो त निजी विचार भयो।’ 

यो विघटन संविधानको धारा ७६ को ७ विपरित रहेको उनले बताए। उनले २०५१ सालमा पनि अल्पमतरको सरकारले गरेको विघटनलाई बदर गरेको बताए।

‘अल्पमतमा रहेको प्रधानमन्त्रीलाई विघटनको अधिकार नै हुँदैन,’ भट्टराईले भने ‘२०५१ सालमा मनमोहन अधिकारीको मुद्दामा पनि अल्पमतको सरकारले विघटन गर्न नसक्ने भनेको छ। ’ 

अधिवक्ता सुनिलकुमार पोखरेलले पनि विघटन गर्न नमिल्ने अवस्थामा फेरि गरिएको बताए। ‘राष्ट्रपति कार्यालय मालपोत कार्यलय जस्तो होइन,’ पोखरेलले भने ‘कसैको जग्गामा दाबी पुगेन त्यसैले कसैको हुँदैन भन्न मिल्दैन।’ दाबी गर्ने दुवै मध्ये एकलाई सरकारको जिम्मेबारी दिन सकिन्थ्यो तर राष्ट्रपतिले संविधान समाप्त पार्ने वाटो समाएको उनको टिप्पणी छ। केपी शर्मा ओली वा शेरबहादुर देउवा मध्ये एकलाई सनाखत गराएर प्रधानमन्त्री बनाउनुपर्नेमा राष्ट्रपतिले गलत बाटो लिएको उनले बताए। दलहरुले पेश गरेको दाबीमा राष्ट्रपति सन्तुष्ट हुन नसकेमा हस्ताक्षर गरेका सांसदहरुलाई उपस्थित गराएर भएपनि सरकार गठन गर्ने विकल्पमा जानुपर्नेमा गलत बाटो लिएको उनले बताए। 

‘अहिले देशमा कोरोना महामारी चलिरहेको छ, जनता स्वास्थ्य उपचार नपाएर मरेका छन् यस्तो अवस्थामा कसरी निर्वाचन भन्न मिल्छ,’ उनले भने,‘यो अवस्थामा राष्ट्रपतिले सवै दलहरुलाई राखेर ७६को ५ अनुसार सरकार बन्न सकेन त्यसैले सवै दल मिलेर सरकार चलाउनुस् भनेर भन्नुपर्ने थियो।’ तर कर्मकाण्डी रुपमा सवै धाराको प्रयास गरेर बदनियत पूर्ण रुपमा विघटन गरिएको उनले बताए ।

nimb
nimb
Ncell 2
Ncell 2

यसबाट विघटन गर्नकै लागि विभिन्न धाराहरुको सरकार गठनको प्रयास भएको देखिएको उनले बताए।  अधिवक्ता राजुप्रसाद चापागाईले राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संविधान मिच्ने कार्य भएको बताए। अहिलेमात्र नभई यसअघि संविधानमाथि प्रहार भएको र यो पछिल्लो कार्यले निरंकुशता तिर जान खोजेको देखिएको उनले बताए। 

‘राष्ट्रपतिको भूमिका संविधान अनुसार देखिएन संविधानलाई मिच्न अध्यादेश ल्याएर सक्ने काम भयो, राष्ट्रपतिबाट नियन्त्रण र सन्तुलनकोे काम नै भएन,’ उनले भने,‘राष्ट्रपतिको काम चेक एण्ड ब्यालेन्स हुनुपर्ने थियो तर अध्यादेशदेखि दोस्रो विघटनसम्म कुनै पनि कुरामा  त्यो भूमिका देखिएन।’  

प्रधानमन्त्रीले जवरजस्ती संविधानलाई आफू अनुकुल  हिँडाउने काम गरेको उनले टिप्प्णी गरे। ‘तानाशाहहरुले यस्तै बाटो हिँड्ने गर्दछन्,’ उनले भने,‘संविधान ठूलो संकटमा परेको छ। भविष्यमा निरकंशुता हावी हुने अवस्था बनाइँदैछ।’ 

सरासर निर्वाचन हुने र त्यसले राजनीतिक कोर्स लिन्छ भन्ने नदेखिएको भन्दै अब झन् देश गम्भीर संकटमा फस्ने देखिएको उनको भनाइ छ। ‘संविधानका उपलव्धी उल्टाउन खोजेको देखिन्छ। देश संवेदनशील मोडमा पुगेको छ,’ उनले भने,‘महामारीको अवस्था तिर ध्यान कसैको गएको छैन। सत्ताका लागि अनेक खेलमात्र भएका छन्।’

लोकतन्त्रवादी शक्तिहरुले कसरी हुन्छ क्षति कम गर्नेतिर लाग्नुपर्ने उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, जेठ ८, २०७८  ०९:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर
कुन कुन राजमार्ग अवरुद्ध छन्?
सम्बन्धित सामग्री
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले सुशासन, सेवा प्रवाह, आर्थिक विकास, उद्यमश... शनिबार, वैशाख १९, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश सरकारकाे सिफारिसमा राष्ट्रपति पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेकाे राष्ट्र... शुक्रबार, वैशाख १८, २०८३
सरकारले सुकुम्वासीलाई युद्ध अपराधीजस्तो व्यवहार गर्‍यो : सभापति थापा नेपाल ट्रेड युनियनको कार्यक्रमलाई सम्बोधन गर्दै वास्तविक सुकुम्वासीको पहिचान नै नगरी डोजर लगाएकोप्रति आपत्ति जनाए। शुक्रबार, वैशाख १८, २०८३
ताजा समाचारसबै
लेबनानमा भएको इजरायली आक्रमणमा १३ जनाको मृत्यु शनिबार, वैशाख १९, २०८३
स्वयम्भु क्षेत्रमा पनि चल्यो डोजर शनिबार, वैशाख १९, २०८३
कुन कुन राजमार्ग अवरुद्ध छन्? शनिबार, वैशाख १९, २०८३
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य शनिबार, वैशाख १९, २०८३
‘सुरक्षित, समावेशी तथा दिगो ‘डिजिटल इकोसिस्टम’ निर्माण सरकारको प्रमुख प्राथमिकता हो’ : सञ्चार मन्त्री तिमिल्सिना शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
सम्पत्ति शुद्धीकरण ऐन पनि संशोधन, अध्यादेश राष्ट्रपति कार्यालय पठाइयो शुक्रबार, वैशाख १८, २०८३
ट्राफिकलाई लाइसेन्स, ब्लुबुक, चाबी नियन्त्रणमा लिने कार्य नगर्न सर्वोच्चको निर्देशन शुक्रबार, वैशाख १८, २०८३
यूएईविरुद्धको थ्रिलिङ खेलमा नेपाल ६ रनले विजयी शुक्रबार, वैशाख १८, २०८३
यस्तो रहनेछ आज देशभरको मौसम शनिबार, वैशाख १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश मंगलबार, वैशाख १५, २०८३
थप तीनवटा अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस बुधबार, वैशाख १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्